रास्वपाका सांसद गजुरेलको पानीजन्य दुर्घटना रोक्न सरकारलाई ध्यानाकर्षण

काठमाडौं,१२ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद आशिष गजुरेलले पानीमा डुबेर हुने मृत्युका घटनाप्रति सरकारको ध्यानाकर्षण गराउनुु भयो ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले नेपालमा पानीजन्य दुर्घटनाबाट हुने मृत्यु चिन्ताजनक रहेको बउनु भयो । नेपाल प्रहरीको तथ्यांकअनुसार हरेक वर्ष करिब ४ सय जनाको डुबेर वा बगेर मृत्यु हुने गरेको उल्लेख गर्दै उहाँले विश्व स्वास्थ्य संगठन को अनुमानअनुसार यो संख्या वार्षिक १५ सयसम्म पुग्न सक्ने बताउनु भयो ।

उहाँले भन्न्ुा भयो, ‘नेपाल प्रहरीको तथ्यांक अनुसार वर्षनी करिब ४ सय जनाको पानीमा डुबेर अर्थात बगेर मृत्यु हुन्छ भने विश्व स्वास्थ्य संगठनको तथ्यांक हेर्ने हो भने वार्षिक रुपमा १५ सय सम्मको मृत्यु हुने अनुमान गरिएको छ । पीडितमध्ये आधाभन्दा बढी २५ वर्ष मुनिको युवा र बालबालिका छन् ।’
उहाँका अनुसार पीडितमध्ये आधाभन्दा बढी २५ वर्षमुनिका युवा तथा बालबालिका रहेका छन् । उहाँले गत जेठ १० गते सिन्धुली जिल्ला को सुनकोशी गाउँपालिका–५ सित्खा स्थित सुनकोशी नदीमा डुबेर ९ वर्षीय सफल पुलामी मगर र १० वर्षीय युकेश विकको मृत्यु भएको घटनालाई स्मरण गर्दै यस्तो दुर्घटनाले जनचेतना, सुरक्षा व्यवस्था र पूर्वसतर्कतामा कमी रहेको स्पष्ट देखाएको बताउनु भएको छ ।

उहाँले भन्न्ुाभयो, ‘गत जेठ १० गते सिन्धुली जिल्लाको सुनकोशी ५ सित्खामा सुनकोशी नदीमा डुबेर दुई नाबालक सफल पुलामी मगर, युकेश विक १० वर्षका उहाँको दुखत निधन भयो । यसमा जनचेतना, सुरक्षा, व्यवस्था र पूर्व सर्तकताको कमि स्पस्ट देखाउँछ । विद्यालय, अभिभावक, स्थानिय तह र समुदायले बालबालिकाको पानीजन्य जोखिमबारे सचेत गराउनुपर्छ । जोखिमयुक्त क्षेत्रमा चेतावनी बोर्ड, बार सुरक्षा व्यवस्था तथा जनतेतना मुलुक कार्यक्रम प्रभावकारिताका साथ सञ्चालन गर्नुपर्छ ।’

सांसद गजुरेलले विद्यालय, अभिभावक, स्थानीय तह र समुदायले बालबालिकालाई पानीजन्य जोखिमबारे सचेत गराउनुपर्ने आवश्यकता औंल्याउनु भयो । साथै जोखिमयुक्त क्षेत्रमा चेतावनी बोर्ड, बार तथा सुरक्षा व्यवस्था गर्न र जनचेतनामूलक कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न सरकारसँग माग गर्नुभएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

उद्योग वाणिज्य क्षेत्रका समस्या समाधान गर्न संसदीय समितिको पहल

काठमाडौं,१९ असोज । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उद्योग तथा वाणिज्य क्षेत्रमा देखिएका नीतिगत तथा व्यवहारिक समस्या समाधानका लागि सरकार र

प्रधानमन्त्री र कांग्रेस नेता आङदेम्बे बीच भेटवार्ता

काठमाडौं,१९ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्नु भएको छ । सोमबार भएको भेटवार्तामा रसुवाका

मन्त्रिपरिषद्का पाँच निर्णय स् नर्वेबाट १० करोड अनुदानदेखि जेनजी आन्दोलनका मुद्दासम्म

काठमाडौं ,१९ असोज। मन्त्रिपरिषद्को गत असोज ९ गते बसेको बैठकले विभिन्न पाँच वटा महत्वपूर्ण निर्णय गरेको छ । सोमबार पत्रकार सम्मेलन गर्दे सरकारका प्रवक्ता सस्मित

हतियारसहित काँकडभिट्टा नाकाबाट भारतीय नागरिक पक्राउ

झापा,असोज १९ । नेपालमा हतियार भित्र्याउन खोज्ने एकजना भारतीय पक्राउ परेका छन् । काँकडभिट्टा नाका हुँदै नेपालमा हतियार भित्र्याउन खोज्ने भारतीय नागरिक सीमावर्ती पानीट्यांकीस्थित नयाँ

संविधान संशोधन गरेर ब्रिटिश गोर्खाहरुलाई वंशजको नागरिकता दिन माग

काठमाडौं ,१९ असोज। ब्रिटिश गोर्खा सैनिक तथा तिनका सन्तानहरूले नेपाली वंशजको नागरिकता निरन्तरता हुनुपर्ने सरोकारवालाहरुले माग गर्नुभयो । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनिहरुले संविधान संशोधन

झलनाथ खनालले नेकपाबाट अलग, ‘समाजवादी जागरण अभियान’ को घोषणा

काठमाडौं, । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले पार्टीबाट अलग हुँदै ‘समाजवादी जागरण अभियान’ घोषणा गर्नु भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन