लगानीको अभिभावकत्व लिने व्यवस्था राख्नुपर्छ : पाण्डेको माग

काठमाडौं,१३ जेठ । पर्यटन व्यवसायी सुमन पाण्डेले नेपालको संविधानमै नागरिक तथा लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्ने स्पष्ट व्यवस्था आवश्यक रहेको बताउनु भएको छ । राज्यले लगानीको अभिभावकत्व लिने संवैधानिक प्रत्याभूति हुनुपर्ने उहाँको भनाइ थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘संविधान संशोधन बहसपत्र’ तयार पार्न गठन गरेको कार्यदलका संयोजक असिम शाहसँग निजी क्षेत्रका प्रतिनिधिहरूसँग भएको छलफलमा पाण्डेले आर्थिक विकास र उद्यमशीलता प्रवद्र्धनका लागि संविधानले नै लगानी संरक्षण, सुरक्षा र सम्मानको ग्यारेण्टी गर्नुपर्ने बताउनु भयो ।

उहाँले नागरिकको सुरक्षा र लगानीको सुरक्षा एकअर्कासँग जोडिएको विषय भएको उल्लेख गर्दै असुरक्षित वातावरणमा लगानी सुरक्षित हुन नसक्ने धारणा राख्नु भयो । स्वदेशी तथा विदेशी दुवै लगानीलाई समान रूपमा संरक्षण गर्नुपर्नेमा जोड दिँदै उहाँले लगानी असुरक्षित हुँदा उद्यमीको मनोबल कमजोर हुने र त्यसले आर्थिक विकासमा असर पार्ने बताउनु भयो ।

प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) का पूर्व उपाध्यक्ष समेत रहेका पाण्डेले लगानीकर्ताको भौतिक, आर्थिक तथा मनोवैज्ञानिक सुरक्षाको ग्यारेण्टी आवश्यक रहेको बताउनु भयो । व्यवसायीलाई आतंकित बनाउने, अनावश्यक दबाब दिने र विवादमा तान्ने प्रवृत्तिले लगानीमैत्री वातावरण बिग्रँदै गएको उहाँको भनाइ थियो । उहाँले लगानीकर्ताले आफ्ना समस्या राख्न सक्ने संवैधानिक तथा कानुनी संयन्त्र आवश्यक रहेको पनि बताउनु भयो ।

पाण्डेले लगानीका लागि राज्यले जमिन उपलब्ध गराउने व्यवस्था विश्वभर प्रचलित अभ्यास भएको उल्लेख गर्दै नेपालमा भने त्यस्ता अवसरलाई अपराधीकरण गरेर लगानीकर्ता आतंकित पार्ने प्रवृत्ति बढ्दै गएको बताउनु भयो । उहाँले राज्यसँग सहकार्य गरेर उद्योग, पर्यटन तथा पूर्वाधार क्षेत्रमा लगानी गर्ने वातावरणलाई प्रोत्साहित गर्न “राज्यसँग सहकार्यको हक”लाई संविधानको मौलिक हकभित्र समेट्नुपर्ने धारणा राख्नु भयो ।

उहाँले संविधानमा रहेको ‘अभिव्यक्ति स्वतन्त्रता’को नाममा उद्योगी व्यवसायीलाई लक्षित गरी गरिने चरित्रहत्या, सार्वजनिक दबाब र मानसिक त्रासका घटनाले लगानी वातावरण प्रभावित भएको उल्लेख गर्दै लगानीकर्ताको स्वाभिमान, प्रतिष्ठा र मर्यादाको सुरक्षा पनि मौलिक हकका रूपमा सुनिश्चित हुनुपर्ने बताउनु भयो।

त्यस्तै, सरकारसँग कानुनी प्रक्रिया पूरा गरी जमिन करार गरेर उद्योग वा परियोजनामा लगानी गरिसकेपछि पछि गएर त्यही विषयलाई लिएर उद्योगी व्यवसायीलाई अपराधीकरण गर्ने, अनुसन्धानको त्रास देखाउने तथा सार्वजनिक रूपमा आतंकित पार्ने कार्य अन्त्य गर्न संवैधानिक सुनिश्चितता आवश्यक रहेको उहाँको भनाइ थियो । वैधानिक प्रक्रियाबाट भएका सम्झौता र लगानीलाई राज्यले निरन्तर संरक्षण गर्नुपर्नेमा उहाँको जोड थियो ।

छलफलमा उपेन्द्र महतो, अन्जन श्रेष्ठ, अरुण चौधरी, दिव्यमणी भण्डारी, दिपक मल्होत्रा, भवानी राणा, शतिस शर्मा, ज्योत्सना श्रेष्ठलगायत उद्योगी व्यवसायी र व्यापारीहरुको उपस्थिति रहेको थियो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

उद्योग वाणिज्य क्षेत्रका समस्या समाधान गर्न संसदीय समितिको पहल

काठमाडौं,१९ असोज । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उद्योग तथा वाणिज्य क्षेत्रमा देखिएका नीतिगत तथा व्यवहारिक समस्या समाधानका लागि सरकार र

प्रधानमन्त्री र कांग्रेस नेता आङदेम्बे बीच भेटवार्ता

काठमाडौं,१९ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्नु भएको छ । सोमबार भएको भेटवार्तामा रसुवाका

मन्त्रिपरिषद्का पाँच निर्णय स् नर्वेबाट १० करोड अनुदानदेखि जेनजी आन्दोलनका मुद्दासम्म

काठमाडौं ,१९ असोज। मन्त्रिपरिषद्को गत असोज ९ गते बसेको बैठकले विभिन्न पाँच वटा महत्वपूर्ण निर्णय गरेको छ । सोमबार पत्रकार सम्मेलन गर्दे सरकारका प्रवक्ता सस्मित

हतियारसहित काँकडभिट्टा नाकाबाट भारतीय नागरिक पक्राउ

झापा,असोज १९ । नेपालमा हतियार भित्र्याउन खोज्ने एकजना भारतीय पक्राउ परेका छन् । काँकडभिट्टा नाका हुँदै नेपालमा हतियार भित्र्याउन खोज्ने भारतीय नागरिक सीमावर्ती पानीट्यांकीस्थित नयाँ

संविधान संशोधन गरेर ब्रिटिश गोर्खाहरुलाई वंशजको नागरिकता दिन माग

काठमाडौं ,१९ असोज। ब्रिटिश गोर्खा सैनिक तथा तिनका सन्तानहरूले नेपाली वंशजको नागरिकता निरन्तरता हुनुपर्ने सरोकारवालाहरुले माग गर्नुभयो । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनिहरुले संविधान संशोधन

झलनाथ खनालले नेकपाबाट अलग, ‘समाजवादी जागरण अभियान’ को घोषणा

काठमाडौं, । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले पार्टीबाट अलग हुँदै ‘समाजवादी जागरण अभियान’ घोषणा गर्नु भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन