सृजना अनुष्ठान तथा श्रष्टा सम्मान कार्यक्रम

सृजना प्रवर्द्धनमा पथरी शनिश्चरे

पथरी, १५ जेठ / सृजना क्षेत्रमा सक्रिय मोरङ पथरी शनिश्चरेमा जेठ १५ १६ गते साहित्य र कलाको कार्यक्रम हुने भएको छ ।

 

नगरपालिकाको उपसमितिका रुपमा रहेको कला साहित्य प्रवद्र्धन समितिको आयोजनामा ‘सृजना अनुष्ठान तथा श्रष्टा सम्मान कार्यक्रम’ नामक अन्तर्गत १५ गते स्थानीय सर्जक र विद्यार्थीबीच ‘सृजना विमर्श’ हुने भएको छ । जसमा स्थानीय सर्जकहरुः, कृष्णप्रसाद अधिकारी, विद्रोही साहिला, सुमन राई, गणेश बाछाना राई, राजेन्द्र विवश, रविन भट्टराई सायरी, ओमप्रकाश शर्मा अभिन्न, लक्ष्मीप्रसाद फुयाल, मञ्जरी घिमिरे, केशव निरौला, कमल तिम्सिना, रमेश ओझेल, विवेक कार्कीसहितले आफ्‌ना सृजना प्रस्तुत गर्नुहुनेछ । नगरका विद्यार्थीसमेत सहभागि रहने कार्यक्रममा प्रमुख सहजकर्ताका रुपमा कवि हेमन यात्रीले भूमिका निर्वाह गर्नुहुने कार्यक्रम संयोजक एवम् प्रवद्र्धन समिति सल्लाहकार भूपेन्द्रराज तिम्सिनाले जनाउनु भयो ।


१६ गते कवि मनु मञ्जिल वक्ताका रुपमा रहेको कार्यक्रममा विवश बलिभद्र कोइराला, धनकुटे कान्छा, रेखा सुवेदी, रोहित पराई, हेमन यात्री, दिल भुटानी र पहिलो पथरी शनिश्चरे पोयट आइडल लोकसागर साम्बाले कविता तथा गजल प्रस्तुत गर्नुहुने छ । जसमा पहिलो पथरी शनिश्चरे सिंगिङ आइडल राज लोहार र डान्सिङ आइडल गरिमा मगरको नृत्य तथा १० दिने नाट्य कार्यशालामा उत्पादित नाटकको प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाउने विश्वास गरिएको छ । कार्यशालामा नगरका २० जनाको सहभागिता रहेको छ ।

समिति अध्यक्ष धनराज राई अमीरले सो अवसरमा खोजमूलक पुस्तक लेखनका हिसाबले राष्ट्रिय चिनारी कायम गर्नुभएका नगरमा सबैभन्दा बढी पुस्तक कृति प्रकाशित गर्ने १४ पुस्तकका लेखक दीपेन्द्रराज तिम्सिनालाई २५ हजार नगद, मुहारचित्र, दोसल्ला र सम्मानपत्रले मरणोप्रान्त नगर श्रष्टा सम्मान प्रदान गरिने पनि जानकारी गराउनु भयो ।

संस्थाले २०७५ सालबाट वर्षेनी कला र साहित्य क्षेत्रका गतिविधि सञ्चालन गर्दै आएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

‘संरचना फेरि बनाउन सकिन्छ, गुमेको जीवन फर्काउन सकिँदैन’ : कुलमान घिसिङ

काठमाडौं , भदौ १२ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्राकृतिक विपत्तिबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै अहिलेको पहिलो प्राथमिकता मानव जीवनको रक्षा,

काठमाडौं उपत्यकामा विद्युत आपूर्ति प्रभावित, समस्या कहाँ र किन भयो र ?

काठमाडौं , भदौ १२ । काठमाडौं उपत्यकामा शुक्रबार विद्युत आपूर्तिमा देखिएको समस्याबारे नेपाल विद्युत प्राधिकरणले वास्तविक कारण खुलाएको छ ।निर्माणाधीन हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको

बाढीपीडितको पीडामा ओएनएफको साथ, २० लाख सहयोगसहित विश्वव्यापी राहत अभियान

काठमाडौं , भदौ १२ । बाढी तथा पहिरोले देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भइरहेका बेला प्रवासी नेपाली मञ्च ९ओएनएफ० अन्तर्राष्ट्रिय कमिटीले राहत र उद्धारका

बाढीले बिछोडिएका आफन्तको खोजी, अस्पताल धाउँदै पीडितको एउटै आशा ‘सास नभए लास भेटियोस्’

काठमाडौं , भदौ १२ ।  रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपहिरोपछि आफन्त सम्पर्कविहीन भएका परिवारजन यतिबेला काठमाडौंका विभिन्न अस्पताल धाइरहेका छन् ।बाढीपहिरोपछि नेपाल प्रहरी, नेपाली सेना तथा

८७ वर्षीया राणाद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड ९ लाख सहयोग

काठमाडौं , भदौ १२ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राजी राणाले एक करोड ९ लाख रुपैयाँ आर्थिक सहयोग गरेकी छन् । यो रकम राहत

५४७ जनाको मृत्यु, २७ प्रहरी अझै सम्पर्कविहीन

काठमाडौं ,१२ भदौ। रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि हालसम्म ५४७ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले २०८३ भदौ १२ गते दिउँसो ३ बजेसम्मको