क्षयरोगको क्षती

दमकमा ९१ जना क्षयरोगका बिरामी, सचेत नभए कोरोना भन्दा बढी खतरनाक हुने विज्ञको भनाई

दमक/
उमेरले ४ कोरी पुग्नु भएका डम्बर बहादुर तुम्वाहाम्फेले ४ वटा श्रीमती विवाह गर्नु भयो । पहिलो श्रीमतीबाट कुनै सन्तान नभएपछि जेठी श्रीमतीकै बहिनीलाई दोस्रो विवाह गर्नु भयो । उहाँबाट पनि सन्तान भएन । त्यसपछि ती कान्छी श्रीमतीले अर्कोसँग विवाह गर्नु भयो । तुम्वाहाम्फेले पूःन यसरी नै सन्तान जन्माउने आशामा जेठी श्रीमितीको सहमतीमै चार पटक सम्म विवाह गर्नु भयो ।

तर उहाँसँग जेठी बाहेक कोहि पनि श्रीमती टिकेनन । सबैले अर्कै विवाह गरेर छोडे । सन्तान खेलाउने रहर उहाँको कुनैपनि श्रीमतीले पुरा गरेनन । पछि दमक अस्पतालमा एकजना एकल महिलाले बच्चा जन्माएको खवर आयो । अती विपन्न आर्थीक अवस्थाकी महिलाले बच्चा जन्माएपनि हुर्काउन सक्ने स्थिती थिएन । त्यहि भएर त्यो बच्चा डम्बर बहादुरलाई दमक नगरपालिकाकी उप प्रमुख गीता अधिकारी , जन्म दिने आमा र अस्पतालका चिकित्सकसँगको रोहबर तथा सहमतीमा दिइयो ।

तर उनीपनि एच आइ भि एड्स रोगले संक्रमित रहिछन । आमा मार्फत उनमा सो रोग सरेको अस्पतालले जनाएको छ । मजदुरी काम गरेर जिविको पार्जन गर्ने तुम्वाहाम्फेलाई सन्तान खेलाउने रहर त पुरा भयो । तर रोगी । यो रोगी सन्तानको उपचार गराउँदा उहाँले मजदुरी गरेर बचाएको पैसा पनि सकियो । निको नहुने रोग लागेपछि भने अव कसरी उपचार गर्ने र पोषिलो खाना खुवाउने भन्ने चिन्ता उहाँमा छ ।

विश्व क्षयरोग दिवसको सन्दर्भ पारेर दमकमा रहेका क्षयरोग र एच आइभि एड््सका विरामीलाई पोषिलो खाद्यान्न वितरण गरिएको छ । दमक नगरपालिका स्वास्थ्य शाखाले नगरपालिका परिषरमा आयोजित कार्यक्रमका विच अभियान चलाएर क्षयरोगका विरामीलाई पोषिलो खानेकुरा वितरण शुरु गरिएको जानकारी दिएको हो ।

 


यस्ता दिर्घकालीन रोग लागेका परिवारमा पोशीलो खानेकुराको अभाव भएको कुरा थाह पाएपछि दमक नगरपालिकाले पोशीलो खानेकुरा वितरण गरेको छ । एच आइभि एड्स र क्षयरोग लागेका विरामीकालागि दमक नगरपालिकाले विभिन्न प्रकारका पोशिलो खानेकुरा वितरण गरेको हो । विस्व क्षयरोगको अवसर पारेर ती सामाग्री वितरण गरिएको हो ।

कार्यक्रममा नगर स्वास्थ्य अधिकृत नगेन्द्र भट्टराईले दमकमा ९१ जना क्षयरोगका विरामी रहेको जानकारी दिँदै ३० जना क्षयरोगी र २० जना एचआइभी पोजेटिभ भएका गरि ५० जनालाई पोषिलो खानेकुरा वितरण गरिने बताउनु भयो । उहाँले अहिले दमक नगर स्वास्थ्य शाखामार्फत १४७ जना एचआइभी पोजेटिभ भएका विरामीले नियमित औषधी खाइरहेको पनि जानकारी दिनुभयो ।

महिला स्वास्थ्य सेविका मेनुका बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं ६ का वडाअध्यक्ष तथा नगर कार्यवाहक प्रमुख टेकबहादुर थापाले नगरले दिर्घकालिन योजना बनाएर जटिल रोग निराकरण गर्नुपर्ने बताउनु भयो । क्षयरोगको जोखिम र यसको निराकरणकाबारेमा स्वास्थ्य शाखाले वार्षिक रुपमा कार्यक्रम बनाएर पेष गर्न उहाँले आग्रह पनि गर्नु भयो ।

तथ्यांक अनुसार नेपालमा अझै पनि ४० हजारभन्दा बढी क्षयरोगका बिरामी उपचारबाट वञ्चित छन् । हरेक वर्ष क्षयरोगका ६९ हजार नयाँ बिरामी पत्ता लाग्ने गरेकामा आर्थिक वर्ष २०७७/७८ मा २८ हजार ६७७ जनाले मात्र उपचार गराएको थियो । बाँकी बिरामी उपचारको पहुँचबाट बाहिर रहेको जनाइएको छ ।सरकारले प्रत्येक स्थानीय तहलाई क्षयरोगमुक्त गर्दै क्षयरोग निवारणका लक्ष्य हासिल गर्नका लागि यसै आवदेखि २५ वटा स्थानीय तहमा कार्यक्रम सञ्चालन गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भैरहवा विमानस्थल चल्नेमा आशासँगै कार्यान्वयनको चिन्ता

रुपन्देही,८ मंसिर । नेपाल–भारतबीच हवाई रुटलाई दुईतर्फी बनाउने सहमतिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने आशा जगाएपछि लुम्बिनी प्रदेशको निजी क्षेत्र उत्साहित बनेको छ ।प्रधानमन्त्री बालेन्द्र

ब्राउन सुगरसहित कन्काईका एक युवक पक्राउ

कन्काई , मंसिर ८ । लागूऔषध ब्राउन सुगरसहित कन्काईका एक युवक पक्राउ परेका छन् ।आज मंगलबार दिउँसो १२ः३० बजे कन्काई नगरपालिका वडा नं.३ गोहीखाडीमा इलाका

कुमरखोद प्रहरी इन्चार्ज ढुङ्गाना ‘पुलिस अफ द मन्थ’ घोषित

झापा, ८ मंसिर । दक्षिणी सीमावर्ती नाकाबाट भित्रिने गरेको लागूऔषध नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्दै आएका इलाका प्रहरी कार्यालय कुमरखोदका इन्चार्ज प्रहरी नायव निरीक्षक (सई) सुबास

सुनकोसी–मरिण आयोजना रद्द भए मधेस आन्दोलित हुने सांसद झाको चेतावनी

काठमाडौं,८ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले आयोजना अलपत्र पार्ने नभई निर्धारित योजनाअनुसार सम्पन्न गर्न सरकारसँग स्पष्ट कार्ययोजना माग गर्नु भएको

भैरहवा–लखनउ हवाई रुट दुईतर्फी हुने सहमतिले लुम्बिनीमा उत्साह

भैरहवा,८ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच काठमाडौं–भैरहवा–लखनउ हवाई रुटलाई दुवैतर्फी सञ्चालन गर्ने विषयमा सहमति भएसँगै लुम्बिनी क्षेत्रमा उत्साह थपिएको

अयोध्या हवाई सेवा सुरु गर्न मुख्यमन्त्री यादवको आग्रह

जनकपुर ,८ मंसिर। मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले जनकपुरधामदेखि भारतको अयोध्यासम्म हवाई सेवा सुरु हुनु पर्नेमा जोड दिनु भएको छ।अयोध्याबाट जनकपुरधाम आईपुगेको सरयू कमला

भारत भ्रमणमा बालेनः संसदमा चर्को अडान, मोदीसँगको वार्तामा लिपुलेकको प्रसंगै उठेन

काठमाडौँ,८ मंसिर । प्रधानमन्त्री बालेन शाहले कालापानी, लिपुलेकको सीमा विवादबारे सार्वजनिक रूपमा जे बोल्दै आँउनु भएको थियने, त्यसलाई भारतसँगको द्विपक्षीय वार्तामा उठाउन नसकेको खुलेको छ।