प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर संसदा चर्को आलोचना

काठमाडौं,१७ जेठ । प्रधानमन्त्री बालेन शाहले नेपालले पनि भारतको केही भूमि मिचेको हुनसक्ने आशय व्यक्त गरेको भनाइप्रति विभिन्न दलका सांसदहरूले तीव्र आपत्ति जनाएका छन् । संसद परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्रीको अभिव्यक्तिलाई दुःखद र खेदजनक भएको बताउनु भयो।
उहाँले भन्नु भयो, ‘संसारभरमा एउटा राष्ट्रप्रमुख यस्तो देखियो जसले हामीले अरुको सिमाना मिचेको छौँ भन्ने अभिव्यक्ति दिनुभयो । मिचेको हो कि होइन भन्नु कुरा सरकारसँग माग गर्छौँ । प्रधानमन्त्री बालेनले अरुको सिमाना हामीले मिचेको छौँ भन्नु दुःखदजनक छ, खेदजनक छ ।’

 

राईले प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालको सीमा सम्बन्धी दाबीलाई कमजोर बनाएको जिकिर गर्नु भएको छ।
उहाँले भन्नु भयो, ‘हाम्रो मिचिएको भूमिहरूमाथि दाबी गर्दा यहाँले कमजोर सावित गर्ने नजिर स्थापना गरिदिनुभयो । हिजोको सरकारलाई गलत भन्थ्यौँ तर हिजोको सरकारले कहिल्यै सीमा मिचेको भनेको थिएन ।’ यस्तै, नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले पर्याप्त अध्ययन र तथ्यबिना नेपालले भारतको भूमि मिचेको निष्कर्षमा पुग्न नसकिने बताउनु भयो।
उहाँले नेपाल–भारत खुला र लामो सीमा भएका कारण कतिपय स्थानमा सीमांकन तथा व्यवस्थापनका विषयहरू हुनसक्ने बताए।

उहाँले भन्नु भयो ‘नेपालले भारतको सीमा मिचेको कुरा अध्ययन नगरी भन्न सकिँदैन । त्यस्तो तथ्य मैंले बुझेको छैन । धेरै ठाउँमा जोडिएको भू–भाग भएको देश भएकाले एकअर्काका सीमाहरू व्यवस्थित गर्नुपर्ने वा यताबाट उता र उताबाट यता मिलाउनुपर्ने विषय हुन सक्छन् । यसमा दुवै पक्ष बसेर गम्भीरतापूर्वक छलफल गरेर निष्कर्ष निकाल्नुपर्ने हुन्छ । प्रधानमन्त्रीले कुन सेन्समा कसरी भन्नुभयो भन्ने कुरा पनि बुझ्नुपर्छ ।’

त्यसैगरी नेकपा एमालेका सांसद गुरु बरालले प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानमा चोट पुगेको बताउनु भयो।
उहाँले भन्नु भयो, ‘प्रधानमन्त्रीले दुई देशको सिमानाको विषयमा, नेपाल र भारतको बीचको सिमानाको विषयमा जे जवाफ दिनुभएको छ, यसले देशको शिर झुकेको छ । हामी नेपालीहरू गम्भीर भएका छौँ ।’

नेपाल–भारत सीमा र विशेषगरी कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्र नेपालको भूमि भएको भन्दै उहाँले सरकारको दायित्व आफ्नो भूमिमाथिको अधिकार स्थापित गर्नु भएको बताउनु भएको छ।
‘नेपालको भूमि रक्षाको लागि नेपालीहरूले उठाइरहेका आवाजहरू र कालापानी, लिम्पियाधुरा र लिपुलेकको भूमि नेपालको हुनुपर्छ र सरकारद्वारा आफ्नो भूमिमाथिको अधिकार स्थापना गरिनुपर्छ भन्दा नेपालले समेत भारतको भूमि मिचेको रहेछ, म प्रधानमन्त्री भएपछि थाहा पाएँ भन्ने अभिव्यक्तिले सबै नेपालीको शिर झुकेको छ,’ उहाँले भन्नु भएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सर्पदंशका बिरामी बचाउन गाउँ–गाउँमा एन्टिस्नेक भेनम पुर्याउन सांसदको माग

काठमाडौं,१७ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष खनालले देशभर सर्पदंशका कारण बढ्दो मृत्यु दरप्रति सरकारको ध्यानाकर्षण गराउनु भएको छ । आइतबार प्रतिनिधि सभा बैठकमा

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर संसदा चर्को आलोचना

काठमाडौं,१७ जेठ । प्रधानमन्त्री बालेन शाहले नेपालले पनि भारतको केही भूमि मिचेको हुनसक्ने आशय व्यक्त गरेको भनाइप्रति विभिन्न दलका सांसदहरूले तीव्र आपत्ति जनाएका छन् ।

बजेटलाई लिएर भएको आलोचनामा अर्थमन्त्री वाग्लेको प्रस्टोक्ति

काठमाडौं,१७ जेठ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३÷८४ को बजेटबारे स्पष्ट पार्दै बजेटको आकार ठूलो नभई राज्यको क्षमता अनुसार सन्तुलित रहेको बताउनु भएको

बिज्ञ भन्छन : संसदमा प्रधानमन्त्रीले झुट बोल्नु भयो , नेपालले भारतको सिमाना मिचेको छैन

काठमाडौँ ,१७ जेठ । प्रधानमन्त्रीले हालै संसदमा दिएको ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भन्ने अभिव्यक्तिले देशको राजनीतिक वृत्त र कूटनीतिक क्षेत्रमा ठूलो बहस सिर्जना

सुकुम्बासी व्यवस्थापन र सहकारीको रकम फिर्तामा सरकार प्रतिबद्धः प्रधानमन्त्री

काठमाडौं,१७ जेठ । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवाद केवल एकतर्फी नभई दुवै देशले केही स्थानमा एक–अर्काको भूमि अतिक्रमण गरेको तथ्य देखिएको बताउनु भएको छ

विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने तयारीः प्रधानमन्त्री शाह

काठमाडौं,१७ जेठ । प्रधानमन्त्री बालेन्द्र शाहले विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार उपलब्ध गराउने विषयमा सरकार अध्ययनरत रहेको बताउनु भयो । आइतबार सांसद महाविर पुनले