दुग्ध क्षेत्र राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण आधार बन्न सक्छ ? मन्त्री चौधरी

काठमाडौं,१८ जेठ । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले दुग्ध क्षेत्रलाई व्यवसायिक रूपमा प्रवद्र्धन गर्नसके राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण आधार बन्नसक्ने बताउनु भएको छ ।

‘दुग्ध क्षेत्रको दिगो विकासः पोषण सुरक्षा र आर्थिक समृद्धिको आधार’ भन्ने मूल नाराका साथ ‘विश्व दूध दिवस २०८३’ को अवसरमा बोल्दै उहाँले दूध दिवस केवल औपचारिक कार्यक्रम नभई पोषण, स्वास्थ्य, ग्रामीण अर्थतन्त्र, रोजगारी, खाद्य सुरक्षा तथा समृद्धिमा दुग्ध क्षेत्रको महत्व उजागर गर्ने अवसर भएको बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘विश्व दूध दिवस केवल औपचारिकता मात्र होइन पोषण स्वास्थ्य, र ग्रामिण अर्थतन्त्र, रोजगारी, खाद्य सुरक्षा र समृद्धिको आधारको रुपमा दूग्ध क्षेत्रको महत्व उजागर गर्ने अवसर पनि हो । दुधमा आधारित व्यवसाय अधिकांश कृषक परिवारको आयआर्जनको आधार पनि हो ।’
उहाँले दूधमा आधारित व्यवसाय अधिकांश कृषक परिवारको आयआर्जनको प्रमुख आधार रहेको उल्लेख गर्नु भएको छ ।

उहाँका अनुसार ग्रामीण क्षेत्रबाट दैनिक करिब ११ लाख ५० हजार लिटर दूध संकलन हुने गरेको छ, जसबाट दैनिक करिब साढे सात करोड रुपैयाँ नगद प्रवाह भइरहेको छ । यसले साना किसान, महिला, युवा तथा सहकारीमार्फत संगठित समुदायको आर्थिक सशक्तीकरणमा उल्लेखनीय योगदान पुर्याएको उहाँको भनाइ थियो ।

उहाँले भन्नु भयो, ‘औपचारिक रुपमा ग्रामिण क्षेत्रबाट दैनिक करिब साढे ११ लाख लिटर दूध संकलन भइ रु साढे सात करोडको नगद प्रवाह गरी साना किसान महिला, युवा तथा सहकारीमार्फत संगठित समुदायको आर्थिक सशक्तिकरणमा उक्त क्षेत्रले उल्लेखनिय योगदान पुर्याइरहेको छ । साथै घरयासी प्रयोजनमा खपत हुने दूध, दही, घिउ, मोही पनिरलगायतका दूग्ध पदार्थ अझैपनि खाद्य पोषण सुरक्षामा महत्वपूर्ण योगदान दिइरहेको छ । व्यवसायीक पशु पालनलाई प्रवद्र्धन गर्न सकेसम्म दूग्ध क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण आधार बन्नसक्ने सम्भावना पनि रहेको छ । उक्त क्षेत्रका आफ्नै विशिष्ट सम्भावना छन् ।’

मन्त्री चौधरीले घरायसी प्रयोजनमा प्रयोग हुने दूध, दही, घिउ, मोही तथा पनिरलगायत दुग्धजन्य पदार्थले खाद्य तथा पोषण सुरक्षामा महत्वपूर्ण भूमिका खेलिरहेको बताउनु भएको हो । दुग्ध क्षेत्रका आफ्नै विशिष्ट सम्भावना रहेको उल्लेख गर्दै उहाँले व्यावसायिक पशुपालनलाई थप आकर्षक बनाउन आवश्यक रहेको धारणा राख्नु भएको छ। समग्र दुग्ध क्षेत्रको विकासका लागि संघ, प्रदेश र स्थानीय तहका सरकार, कृषक, निजी क्षेत्रका व्यवसायी तथा विकास साझेदार संस्थाबीच सहकार्य र समन्वय आवश्यक रहेको मन्त्री चौधरीले जोड दिनुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जर्मनीबाट ८ सयभन्दा बढी ऐतिहासिक नेपाली दस्तावेज नेपाल फिर्ता

काठमाडौं , असोज १६। जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गर्दै ३ हजार ५ सय ६ जना प्रहरी परिचालन गर्ने जनाएको छ।शुक्रबार

लेखक दीपेन्द्रको स्मृतिमा साहित्यिक साँझ हुने

पथरी, १६ असोज / मोरङको पथरी शनिश्चरेमा रहेर खोजमूलक पुस्तकमार्फत राष्ट्रि चिनारी बनाउन सफल दीपेन्द्रराज तिम्सिनाको स्मृतिमा पथरी जेसीजले शनिबार साहित्यिक साँझ कार्यक्रमको आयोजना गरेको

एमालेलाई बलियो बनाए अहिलेको धक्काबाट माथि उठ्न सकिन्छ : ओली

 काठमाडौं , १६ असोज। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर अघि बढाए अहिलेको धक्काबाट धेरै माथि उठ्न सक्ने दाबी गर्नुभएको छ ।

मुस्ताङका स्याउ बारीमा लटरम्म फल, सडक बन्द हुँदा किसानको चिन्ता बढ्यो

मुस्ताङ ,१६ असोज। मुस्ताङका बारीमा स्याउ लटरम्म पाकेका छन्, तर बजारसम्म पुर्‍याउने बाटो बन्द भएपछि किसान र व्यापारी चिन्तित बनेका छन्। बाढी, पहिरो र नदी

काठमाडौंमा चाडपर्वलक्षित विशेष सुरक्षा योजना : साढे ३ हजार बढी प्रहरी परिचालन गरिने

काठमाडौं , असोज १६। जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्वलक्षित सुरक्षा योजना सार्वजनिक गर्दै ३ हजार पाँच सय ६ प्रहरी परिचालन गर्ने जनाएको छ।शुक्रबार आयोजित पत्रकार

बद्री अर्यालका दुई पुस्तक ‘आर्थिक दिग्दर्शन’ र ‘राजनीतिक दिग्दर्शन’ सार्वजनिक

काठमाडौं , १६ असोज। बद्री अर्यालद्वारा लिखित ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ र ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ काठमाडौंमा सार्वजनिक गरिएको छ । जय नेपाल फाउन्डेशनको आयोजनामा राष्ट्रिय