सरप्राइज दिएर प्रधानमन्त्रीले संसदमा के बोल्नु भयो : युवराज दुलाल

काठमाडौं ,१८ जेठ। नेपाल कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यसले राष्ट्रहितमा असर पारेको बताउनु भएको छ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले प्रधानमन्त्रीको अभिव्यक्ति अनुभव, कूटनीतिक मर्यादा र जिम्मेवारीबोधको अभावको परिणाम भएको टिप्पणी गर्नु भयो ।
उहाँले भन्नु भयो,‘सभामुखलाई समेत सरप्राइज दिएर प्रधानमन्त्री संसदमा आउनुभयो । आकस्मिक प्रश्नोउत्तरको रुपमा हामीले स्वीकार गरेर भाग लियौं । यसबाट नयाँ भन्ने मित्रहरुलाई गम्भीर शिक्षा मिलेको हुनुपर्छ कि राष्ट्रको प्रमुख पद जोशको मात्र पद होइन् । यो त होस, अनुभव, ज्ञान र जिम्मेवारबोधको पद हो । बहुमतले दिएको मूर्ख बल, अनुभवको अभाव र कुटनीतिक भाषाको महत्वको अनविज्ञता र स्टन्डशैलीको परकास्ट हिजो राज्यले ठूलो क्षति व्यहोर्नुपर्यो ।’

सांसद दुलालले सरकार समर्थक दलका सभापति रवि लामिछानेको भारत भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिमाथि समेत प्रश्न उठाउनु भयो ।
उहाँले भन्न्ुा भयो,‘सरकारवादी दलका सभापति रवि लामिछानेको भारत भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री दौडेर आएर यो अभिव्यक्ति दिनु भारत भ्रमणको अवसरमा भारतलाई दिएको उपहार त होइन् ?

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कांग्रेस महाधिवेशनका लागि प्रतिनिधि, नेता–कार्यकर्ता तथा समर्थक खुलामञ्च तिर अगाडि बढ्दै

काठमाडौं,१८ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटनका लागि प्रतिनिधि, नेता–कार्यकर्ता तथा समर्थक खुलामञ्चमा जमघट हुन थालेका छन् । दिउँसो २ बजे टुँडिखेलस्थित खुलामञ्चमा हुने

स्पेनमा बाढीको जोखिम,यात्रामा प्रतिबन्ध

म्याड्रिड।अत्यधिक वर्षाका कारण उत्तरपूर्वी स्पेनमा बाढीको जोखिम बढेपछि अधिकारीहरूले अत्यावश्यकबाहेकका यात्रामा प्रतिबन्ध लगाएका छन्। कातालोनियामा बाढीसम्बन्धी आपतकालीन योजना सक्रिय गर्दै २० प्रशासनिक क्षेत्रमा आइतबार दिउँसोसम्म

फुइयाको फुरफुर – ३६

उसले नेता हेर्यो। क्रान्ति, त्याग, सङ्घर्ष का गाथा बोकेका। हरेक नेताको आफ्नै कथा छ। आफ्नै गाथा छ। आफ्नै विचार छ, आफ्नै कला छ। कसैले ताली