उसले नेता हेर्यो। क्रान्ति, त्याग, सङ्घर्ष का गाथा बोकेका। हरेक नेताको आफ्नै कथा छ। आफ्नै गाथा छ। आफ्नै विचार छ, आफ्नै कला छ। कसैले ताली र कसैले गाली पाउने नेतालाई उसले हेर्यो।
भ्रष्टाचार को आरोप लागेका नेतालाई उसले हेर्यो। विकास विरोधी उपामा पाएका नेतालाई उसले हेर्यो। विकास गर्ने नेतालाई उसले हेर्यो। उसले हरेक प्रकारका नेतालाई हेर्यो।
भाषण गर्ने नेतालाई पनि हेर्यो, भाषण नगर्ने नेतालाई पनि हेर्यो। कुर्सी खोज्ने नेतालाई पनि हेर्यो, कुर्सी नखोज्ने नेतालाई पनि हेर्यो। उसले कुन नेता सही छुट्ट्याउन सकेन। उसले महादेवको कठोर तपस्या गर्यो अनि सोध्यो भोलेनाथलाई, “प्रभु नेतामा असल नेता कुन वर्गका हुन्?”। तब महादेवले भने “असल नेता आमरण अनसन बस्ने नेता हुन्”।
उसले सोध्यो, “किन प्रभु?”। तब महादेवले बोले, “आमरण अनसन बस्नु भने व्रत बस्नु हो”। उसले विचार गर्यो वर्तमान नेपालका असल नेता आमरण अनसन बस्ने डा. गोविन्द केसी रहेछन। नेता बुझ्ने उसको रहर फुइयाको फुरफुर।









