काठमाडौं,२४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङ जिल्ला समितिको अधिवेशनबाट सभापति पदमा भरत कँडेल निर्वाचित हुनु भएको छ ।
शनिबार भएको जिल्ला अधिवेशनबाट सभापति पदमा कँडेल निर्वाचित हुनुभएको हुो। उपसभापति पदमा बिमला बस्नेत निर्वाचित हुनु भएको छ । यस्तै, सचिव पदमा दिवस नेपाल र सहसचिव पदमा सृजना गिरि आचार्य निर्वाचित हुनु भएको हो ।
रास्वपाका केन्दिय सहकारी विभाग सदस्य वीरेन्द्रकुमार शाहले अधिवेशनबाट निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यलाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत व्यक्त गर्नु भएको छ ।









