मुस्ताङका स्याउ बारीमा लटरम्म फल, सडक बन्द हुँदा किसानको चिन्ता बढ्यो

मुस्ताङ ,१६ असोज। मुस्ताङका बारीमा स्याउ लटरम्म पाकेका छन्, तर बजारसम्म पुर्‍याउने बाटो बन्द भएपछि किसान र व्यापारी चिन्तित बनेका छन्।

बाढी, पहिरो र नदी कटानका कारण बेनी–जोमसोम सडक एक सातादेखि अवरुद्ध हुँदा दसैँअघि स्याउ बजार पठाउने योजना प्रभावित भएको हो।
मुस्ताङमा यस वर्ष करिब ७ हजार मेट्रिकटन स्याउ उत्पादन हुने अनुमान छ। तीजअघि केही स्याउ बजार पुगिसके पनि ८० प्रतिशतभन्दा बढी स्याउको बजारीकरण अझै बाँकी रहेको किसान तथा व्यापारीले बताएका छन्।

म्याग्दीको राहुघाट, बैसरी, सिरुवारी, भिरकाँटे, पोखरेबगर, नौनीबगर, तातोपानी र खामभित्तालगायत क्षेत्रमा बाढी–पहिरोले सडकमा क्षति पुर्‍याएपछि मुस्ताङको स्याउ ढुवानी रोकिएको हो।
किसानका अनुसार सडक बन्द हुँदा टिपिसकेको स्याउ बजार पठाउन नसक्दा कुहिने जोखिम बढेको छ भने बोटमै पाकेका स्याउ झर्न थालेका छन्। चिस्यान गृहमा राख्नसमेत इन्धन र विद्युत् आपूर्तिमा समस्या देखिएको उनीहरूको भनाइ छ।

चिम्ले अचार्ड कृषि फार्मका सञ्चालक कर्म गुरुङले झन्डै ७ सय मेट्रिकटन स्याउ उत्पादन भए पनि सडक अवरुद्ध हुँदा बजार पठाउन नसकिएको बताइन्। उनका अनुसार बाटो नखुले किसानको ठूलो मेहनत खेर जाने जोखिम छ।

यस्तै, आइपिएम एप्पल फार्मका सञ्चालक नीरज तुलाचनले तीजसम्म करिब ५० प्रतिशत स्याउ बिक्री भए पनि दसैँअघि बाँकी स्याउ पठाउने तयारी भइरहेका बेला सडक बन्द भएको बताए। उत्पादन राम्रो भएकाले यस वर्ष किसान र व्यापारी दुवै लाभान्वित हुने अपेक्षा भए पनि ढुवानी रोकिँदा समस्या भएको उनको भनाइ छ।

धादिङकी स्याउ व्यापारी ऊर्जा तामाङले पनि मुस्ताङमा संकलन गरिएको स्याउ एक सातादेखि बजार पठाउन नपाएको बताइन्। उनले घरपझोङ र बारागुङ मुक्तिक्षेत्रका विभिन्न बगैँचाबाट एक करोड रुपैयाँभन्दा बढी मूल्यको स्याउको ठेक्का लिएकी छन्।

सडक अवरुद्ध हुँदा बाहिरी बजार मात्र होइन, मुस्ताङकै स्थानीय बजारसमेत प्रभावित भएको छ। दसैँअघि मुस्ताङ पुग्ने पर्यटकलाई बिक्री हुने स्याउको मागसमेत घटेको स्थानीय व्यापारीले बताएका छन्।

कृषि तथा पशु विकास कार्यालय मुस्ताङका प्रमुख डा। लालमणि अर्यालले सडक नखुलेसम्म तत्काल स्याउ नटिप्न किसान तथा व्यापारीलाई सुझाव दिइएको बताए।

बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख तेजस्वी शर्माका अनुसार धेरै स्थानमा सडकमा क्षति पुगेकाले पूर्ण रूपमा सडक सञ्चालनमा आउन एक साताभन्दा बढी समय लाग्न सक्ने अवस्था छ।

सडक अवरुद्ध हुँदा मुस्ताङको स्याउ व्यापारसँगै कोरला नाकाबाट हुने चीनसँगको आयात–निर्यात र सरकारी राजस्व सङ्कलनसमेत प्रभावित भएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जर्मनीबाट ८ सयभन्दा बढी ऐतिहासिक नेपाली दस्तावेज नेपाल फिर्ता

काठमाडौं , असोज १६। जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गर्दै ३ हजार ५ सय ६ जना प्रहरी परिचालन गर्ने जनाएको छ।शुक्रबार

लेखक दीपेन्द्रको स्मृतिमा साहित्यिक साँझ हुने

पथरी, १६ असोज / मोरङको पथरी शनिश्चरेमा रहेर खोजमूलक पुस्तकमार्फत राष्ट्रि चिनारी बनाउन सफल दीपेन्द्रराज तिम्सिनाको स्मृतिमा पथरी जेसीजले शनिबार साहित्यिक साँझ कार्यक्रमको आयोजना गरेको

एमालेलाई बलियो बनाए अहिलेको धक्काबाट माथि उठ्न सकिन्छ : ओली

 काठमाडौं , १६ असोज। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर अघि बढाए अहिलेको धक्काबाट धेरै माथि उठ्न सक्ने दाबी गर्नुभएको छ ।

मुस्ताङका स्याउ बारीमा लटरम्म फल, सडक बन्द हुँदा किसानको चिन्ता बढ्यो

मुस्ताङ ,१६ असोज। मुस्ताङका बारीमा स्याउ लटरम्म पाकेका छन्, तर बजारसम्म पुर्‍याउने बाटो बन्द भएपछि किसान र व्यापारी चिन्तित बनेका छन्। बाढी, पहिरो र नदी

काठमाडौंमा चाडपर्वलक्षित विशेष सुरक्षा योजना : साढे ३ हजार बढी प्रहरी परिचालन गरिने

काठमाडौं , असोज १६। जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्वलक्षित सुरक्षा योजना सार्वजनिक गर्दै ३ हजार पाँच सय ६ प्रहरी परिचालन गर्ने जनाएको छ।शुक्रबार आयोजित पत्रकार

बद्री अर्यालका दुई पुस्तक ‘आर्थिक दिग्दर्शन’ र ‘राजनीतिक दिग्दर्शन’ सार्वजनिक

काठमाडौं , १६ असोज। बद्री अर्यालद्वारा लिखित ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ र ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ काठमाडौंमा सार्वजनिक गरिएको छ । जय नेपाल फाउन्डेशनको आयोजनामा राष्ट्रिय