मुस्ताङका स्याउ बारीमा लटरम्म फल, सडक बन्द हुँदा किसानको चिन्ता बढ्यो

मुस्ताङ ,१६ असोज। मुस्ताङका बारीमा स्याउ लटरम्म पाकेका छन्, तर बजारसम्म पुर्‍याउने बाटो बन्द भएपछि किसान र व्यापारी चिन्तित बनेका छन्।

बाढी, पहिरो र नदी कटानका कारण बेनी–जोमसोम सडक एक सातादेखि अवरुद्ध हुँदा दसैँअघि स्याउ बजार पठाउने योजना प्रभावित भएको हो।
मुस्ताङमा यस वर्ष करिब ७ हजार मेट्रिकटन स्याउ उत्पादन हुने अनुमान छ। तीजअघि केही स्याउ बजार पुगिसके पनि ८० प्रतिशतभन्दा बढी स्याउको बजारीकरण अझै बाँकी रहेको किसान तथा व्यापारीले बताएका छन्।

म्याग्दीको राहुघाट, बैसरी, सिरुवारी, भिरकाँटे, पोखरेबगर, नौनीबगर, तातोपानी र खामभित्तालगायत क्षेत्रमा बाढी–पहिरोले सडकमा क्षति पुर्‍याएपछि मुस्ताङको स्याउ ढुवानी रोकिएको हो।
किसानका अनुसार सडक बन्द हुँदा टिपिसकेको स्याउ बजार पठाउन नसक्दा कुहिने जोखिम बढेको छ भने बोटमै पाकेका स्याउ झर्न थालेका छन्। चिस्यान गृहमा राख्नसमेत इन्धन र विद्युत् आपूर्तिमा समस्या देखिएको उनीहरूको भनाइ छ।

चिम्ले अचार्ड कृषि फार्मका सञ्चालक कर्म गुरुङले झन्डै ७ सय मेट्रिकटन स्याउ उत्पादन भए पनि सडक अवरुद्ध हुँदा बजार पठाउन नसकिएको बताइन्। उनका अनुसार बाटो नखुले किसानको ठूलो मेहनत खेर जाने जोखिम छ।

यस्तै, आइपिएम एप्पल फार्मका सञ्चालक नीरज तुलाचनले तीजसम्म करिब ५० प्रतिशत स्याउ बिक्री भए पनि दसैँअघि बाँकी स्याउ पठाउने तयारी भइरहेका बेला सडक बन्द भएको बताए। उत्पादन राम्रो भएकाले यस वर्ष किसान र व्यापारी दुवै लाभान्वित हुने अपेक्षा भए पनि ढुवानी रोकिँदा समस्या भएको उनको भनाइ छ।

धादिङकी स्याउ व्यापारी ऊर्जा तामाङले पनि मुस्ताङमा संकलन गरिएको स्याउ एक सातादेखि बजार पठाउन नपाएको बताइन्। उनले घरपझोङ र बारागुङ मुक्तिक्षेत्रका विभिन्न बगैँचाबाट एक करोड रुपैयाँभन्दा बढी मूल्यको स्याउको ठेक्का लिएकी छन्।

सडक अवरुद्ध हुँदा बाहिरी बजार मात्र होइन, मुस्ताङकै स्थानीय बजारसमेत प्रभावित भएको छ। दसैँअघि मुस्ताङ पुग्ने पर्यटकलाई बिक्री हुने स्याउको मागसमेत घटेको स्थानीय व्यापारीले बताएका छन्।

कृषि तथा पशु विकास कार्यालय मुस्ताङका प्रमुख डा। लालमणि अर्यालले सडक नखुलेसम्म तत्काल स्याउ नटिप्न किसान तथा व्यापारीलाई सुझाव दिइएको बताए।

बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख तेजस्वी शर्माका अनुसार धेरै स्थानमा सडकमा क्षति पुगेकाले पूर्ण रूपमा सडक सञ्चालनमा आउन एक साताभन्दा बढी समय लाग्न सक्ने अवस्था छ।

सडक अवरुद्ध हुँदा मुस्ताङको स्याउ व्यापारसँगै कोरला नाकाबाट हुने चीनसँगको आयात–निर्यात र सरकारी राजस्व सङ्कलनसमेत प्रभावित भएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा