अलपत्र गम्हरिया पोखरीको ठेक्का रद्द प्रक्रिया अघि बढाउदै नगरपालिका

सप्तरी,२४ जेठ । खडक नगरपालिका वडा नं। ६ स्थित गम्हरिया पोखरी सौन्दर्यीकरण आयोजनाको निर्माण कार्य लामो समयदेखि अलपत्र पारेको भन्दै सप्तरीको खडक नगरपालिकाले निर्माण कम्पनीसँगको ठेक्का सम्झौता रद्द गर्ने प्रक्रिया अघि बढाएको छ । नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित निर्माण व्यवसायीसँग सात दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।

नगरपालिकाका अनुसार उक्त आयोजनाका लागि डाक्नेश्वरी–९, सप्तरीस्थित रविना ओम गणेशाय जेभीसँग ठेक्का सम्झौता गरिएको थियो । तर दोस्रो पटकसम्म म्याद थप गरिँदा पनि कम्पनीले निर्माण कार्य पूरा नगरेको, पेश्की रकम लिएर समेत अपेक्षित प्रगति नगरेको तथा लामो समयदेखि कार्यस्थलमा अनुपस्थित रहेको आरोप नगरपालिकाले लगाएको छ ।

निर्माण कार्य समयमै सम्पन्न गर्न नगरपालिकाले पटक पटक पत्राचार र ताकेता गरे पनि कम्पनीले कामलाई निरन्तरता नदिएको जनाएको छ। निर्माण सम्पन्न गर्नुपर्ने अवधि सकिन अब आठ दिन मात्र बाँकी रहेकाले पनि नगरपालिकाले थप कडाइ गरेको हो। साथै, निर्माण व्यवसायीले नियमानुसार म्याद थपका लागि कुनै निवेदनसमेत नदिएको सूचनामा उल्लेख गरिएको छ । सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली, २०६४ बमोजिम ठेक्का सम्झौता किन अन्त्य नगर्ने र कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस किन नगर्ने भन्ने विषयमा विश्वसनीय आधारसहितको स्पष्टीकरण सात दिनभित्र पेश गर्न नगरपालिकाले आग्रह गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाम दुर्घटना: धन्न मानवीय क्षति भने भएन

इलाम १५ असार । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा आइतबार दिउँसो गोलिया (काठ) लोड गरेको ट्रक अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा दुर्घटना भएको छ।

त्रिविका क्याम्पसहरूबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सबै आंगिक क्याम्पसहरूबाट दलनिकट विद्यार्थी संगठनका संरचनाहरू हटाउन निर्देशन दिएको छ। विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार

किसानलाई राहत कि केवल सरकारी औपचारिकता ?

काठमाडौं १५ असार ।  नेपालमा आज (असार १५) २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हर्षोल्लासका साथ मनाइँदै छ । ‘मानो रोपेर मुरी फलाउने’ महिनाको

प्र्यांकको नाममा समाजलाई त्रास बनाउने खेल कहिलेसम्म

झापा १५ असार । पछिल्लो समय सामाजिक सञ्जालमा प्र्यांकको नाममा देखाइने केही गतिविधिले एउटा गम्भीर प्रश्न खडा गरेको छ—हामी मनोरञ्जन गरिरहेका छौँ कि समाजमा डर

सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन सकेन : भीम रावल

काठमाडौं ,१५ असार । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताउनु

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं , १५ असार । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताउनु