प्रधानमन्त्रीको विवादित अभिव्यक्तिलाई लिएर संसदमा विपक्षीको आपत्ति

काठमाडौं,२५ जेठ । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्रीको विवादित अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विरोध गरेका छन् । प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले राष्ट्रिय सार्वभौमिकता र अखण्डतामाथि प्रश्न उठाएको भन्दै विपक्षी सांसदहरूले संसद बैठक अवरुद्ध गर्दै आएका छन् । बैठकमा बोल्दै एमाले सांसद पद्मा अर्यालले प्रधानमन्त्रीले कूटनीतिक मर्यादा र पदीय जिम्मेवारीको उल्लंघन गर्ने गरी अभिव्यक्ति दिएको आरोप लगाउनु भएको छ । उहाँले उक्त विषयमा गम्भीर बहस र विरोध भइरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले संसदमा आएर दिएको भनिएको अभिव्यक्तिप्रति स्पष्टिकरण दिनुपर्ने माग गर्नु भएको छ् ।

 

उहाँले भन्नु भयो, ‘सम्मानीय प्रधानमन्त्रीज्यूले आफ्नो कुटनीतिक मर्यादा, पदीय जिम्मेवारीको उल्लंघन गर्दै जुनखालको राष्ट्रिय सार्वभौमिकता, अखण्डतालाई दखल पुग्नेगरी अभिव्यक्ति दिनुभयो त्यो विषयमाथि गम्भीर ढंगले बहस चलिरहेको छ, विरोध भैइरहेको छ । यसै सन्दर्भमा सम्माननीय सभामुखज्यू महोदयसँग पटक पटक प्रतिपक्षहरुको तर्फबाट आग्रह गरेका छौं । संसदमा आएर प्रधानमन्त्रीले नेपालले पनि भारतको भूमी मिचेको छ भन्नुभयो त्यो भूल सुधार गरियोस्, क्षमायाचन गरियोस् । संसदलाई सुचारु ढंगले अगाडि बढाइयोस् भनेर पटक पटक ध्यानाकार्षण गराएका छौं । यसो हुँदाहुँदै पनि यतातर्फ ध्यान पुग्न नसकेको कुरा महशुस भएको छ ।’

 

अर्यालले सभामुखसमक्ष विपक्षी दलहरूको तर्फबाट पटक–पटक प्रधानमन्त्रीले आफ्नो भनाइ सच्याउन र संसदसँग क्षमायाचना गर्न आग्रह गरिएको बताउनु भएको छ । तर त्यसतर्फ आवश्यक ध्यान नपुगेको महसुस भएको उहाँको भनाइ थियो । उहाँले लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र नेपालको अभिन्न अंग भएको दोहो¥याउँदै ती क्षेत्र निःशर्त रूपमा नेपाललाई फिर्ता हुनुपर्ने धारणा राख्नु भएको छ । राष्ट्रियतासँग जोडिएको यस विषयलाई कुनै एक विपक्षी दलको मात्र मुद्दा नभई समग्र देशको सरोकारको विषयका रूपमा लिनुपर्ने उहाँको भनाइ थियो ।

 

उहाँले भन्नु भयो, ‘लिपुलेक कालापानी र लिम्पियाधुरा क्षेत्र नेपालको अभिन्न अंग हो । निसर्त फिर्ता हुनुपर्छ । आज पनि राष्ट्रियतासँग जुन बहस चलिरहेको छ त्यसमा सत्तापक्षको सांसदहरुलाई पनि म भन्न चाहन्छु यो कुनै एउटा प्रतिपक्षको विषय होइन । तीन करोड नेपाली जनताको विषय हो । सबैको साझा विषय हो। त्यसैले सम्मानित सभाबाट भूल सुधार गरौँ, सबै एकताबद्ध बनौँ, राष्ट्रियताको मामिलामा पक्ष–विपक्ष हामी नहोऔँ। एकताबद्ध भएर भूल सुधार गर्दै हाम्रा तर्फबाट सभामुख महोदयले त्यसको नेतृत्व गर्नुस्, एउटा राष्ट्रिय सङ्कल्पको प्रस्ताव पारित गरौँ। यो संसद्मा उपस्थित गराएर क्षमायाचनासहित त्यो रेकर्ड हटाउने काम गरौँ ।’ उहाँले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भएकाले रेकर्डबाट हटाउनुपर्ने बताउनु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मोटरसाइकल दुर्घटना,उपचारको क्रममा दुई जनाको मृत्यु

तनहुँ १८ असोज । तनहुँको भानु नगरपालिका(१० तल्लो मैदानमा आज भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ४५

सुनसरी–४ को क्षेत्रीय सभापतिमा गफार अन्सारी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा गफार अन्सारी सर्वसम्मत चयन भएका छन्। क्षेत्रीय नेतृत्वका लागि अन्सारी र मनोज साहबीच

शिक्षामन्त्री भन्नुहुन्छ,दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता सर्दैन ढुक्क हुनुहोस्

कर्णाली १८ असोज । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता नसर्नेमा ढुक्क हुन आग्रह गर्नुभएको छ । दशौं खेलकुदको मूल आयोजक समितिको

कोशी प्रदेशमा देउवा समूहका बलिया नेता डम्बर खड्का गगन टीममा, केन्द्रीय सदस्य लड्ने

काठमाडौं,१८ असोज । लामो समय शेर बहादुर देउवा निकट रहेर कांग्रेस राजनीतिमा सक्रिय इलाम जिल्ला सभापति डम्बर खड्काले १५ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी

सत्ता चलाउन होइन, देशका लागि राम्रो काम गर्न प्रतिस्पर्धा हुनुपर्छ : महासचिव राई

काठमाडौं ,१८ असोज। श्रम संस्कृति पार्टीका महासचिव आर्यन राईले राजनीतिक दलहरूबीच सत्ता कति वर्ष चलाउने भन्ने प्रतिस्पर्धाभन्दा देशका लागि कसले राम्रो काम गर्ने भन्ने प्रतिस्पर्धा

कांग्रेस महाधिवेशनका लागि १५ समिति गठन

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न विभिन्न १५ वटा समिति गठन गरेको छ । काठमाडौंको खुलामञ्चमा आजदेखि हुन लागेको महाधिवेशन केन्द्रीय