पेलेर जाने कि सम्हालेर लाने ? हर्क साम्पाङ

 

काठमाडौं,२८ जेठ । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेनको सिमा विवाद सम्बन्धी धारणा लिखितरुपमा भएपनि आउनुपर्ने बताउनु भयो ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले प्रधानमन्त्रीलाई जिम्मेवारी बनाउन निरन्तर विरोध गरिरहेको उल्लेख गर्दै जसको गल्ति उसैले सच्चाउनुपर्ने बताउनु भएको छ ।

उहाँले भन्न्ुा भयो, ‘प्रधानमन्त्रीलाई जिम्मेवारी बनाउने कुरा हो, अरु केही हैन, उहाँ यहाँ आउनै नहुने उहाँले गर्नुभएको जुन गल्ति छ त्यसलाई सच्चाउन अरु मान्छे लागिदिनुपर्ने भन्ने खालको कुरा न्यायसम्मत छैन । संविधानसम्मत पनि छैन । हामीले विधिद्धारा संसदलाई सञ्चालन गर्नुपर्ने हो या के हो ? यहाँ प्रश्न गर्न चाहान्छु। हाम्रो माग सम्बन्धित व्यक्ति जसले गल्ति गर्नुभएको हो उहाँको तहबाट नै उहाँको धारण के हो प्रधानमन्त्रीको धारणा के हो? लिखितरुपमा भएपनि धारणा राख्नुपर्छ ।’

यस्तै उहाँले प्रधानमन्त्री भन्ने पद संसदप्रति उत्तरदायी हुनुपर्ने भन्दै संविधानसम्वत संसद चल्नुपर्ने बताउनु भएको छ ।

‘त ठूलो कि म ठूलो? अहंकार ठूलो कि संस्कार ठूलो ? आकार ठूलो कि प्रकार ठूलो ? पेलेर जाने कि सम्हालेर लाने ? पद ठूलो कि देश ठूलो? प्रश्नै प्रश्न छन् यहाँ यो प्रश्न म राख्न चाहान्छु । हाम्रो आन्दोलन, माग एउटै उद्देश्य छ प्रधानमन्त्री भन्ने पद व्यक्तिसँग सरोकार राख्दैन । प्रधानमन्त्री भन्ने पद संसदप्रति उत्तरदायी हुनैपर्छ। संविधानको धार ७६ को उपधारा १० अन्तर्गत यो संसद चल्ने कि नचल्ने ?’, उहाँले भन्न्ुा भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जर्मनीबाट ८ सयभन्दा बढी ऐतिहासिक नेपाली दस्तावेज नेपाल फिर्ता

काठमाडौं , असोज १६। जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गर्दै ३ हजार ५ सय ६ जना प्रहरी परिचालन गर्ने जनाएको छ।शुक्रबार

लेखक दीपेन्द्रको स्मृतिमा साहित्यिक साँझ हुने

पथरी, १६ असोज / मोरङको पथरी शनिश्चरेमा रहेर खोजमूलक पुस्तकमार्फत राष्ट्रि चिनारी बनाउन सफल दीपेन्द्रराज तिम्सिनाको स्मृतिमा पथरी जेसीजले शनिबार साहित्यिक साँझ कार्यक्रमको आयोजना गरेको

एमालेलाई बलियो बनाए अहिलेको धक्काबाट माथि उठ्न सकिन्छ : ओली

 काठमाडौं , १६ असोज। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर अघि बढाए अहिलेको धक्काबाट धेरै माथि उठ्न सक्ने दाबी गर्नुभएको छ ।

मुस्ताङका स्याउ बारीमा लटरम्म फल, सडक बन्द हुँदा किसानको चिन्ता बढ्यो

मुस्ताङ ,१६ असोज। मुस्ताङका बारीमा स्याउ लटरम्म पाकेका छन्, तर बजारसम्म पुर्‍याउने बाटो बन्द भएपछि किसान र व्यापारी चिन्तित बनेका छन्। बाढी, पहिरो र नदी

काठमाडौंमा चाडपर्वलक्षित विशेष सुरक्षा योजना : साढे ३ हजार बढी प्रहरी परिचालन गरिने

काठमाडौं , असोज १६। जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्वलक्षित सुरक्षा योजना सार्वजनिक गर्दै ३ हजार पाँच सय ६ प्रहरी परिचालन गर्ने जनाएको छ।शुक्रबार आयोजित पत्रकार

बद्री अर्यालका दुई पुस्तक ‘आर्थिक दिग्दर्शन’ र ‘राजनीतिक दिग्दर्शन’ सार्वजनिक

काठमाडौं , १६ असोज। बद्री अर्यालद्वारा लिखित ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ र ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ काठमाडौंमा सार्वजनिक गरिएको छ । जय नेपाल फाउन्डेशनको आयोजनामा राष्ट्रिय