विश्वकप २०२६ महाकुम्भ सुरु हुँदैः कुन–कुन स्टार खेलाडी देखिने छैनन् ?

काठमाडौं,२८ जेठ । विश्व फुटबलको महाकुम्भ मानिने फिफा विश्वकप २०२६ आज मध्यरातिबाट मेक्सिकोमा सुरु हुँदैछ । ४८ टोली, अमेरिका, मेक्सीको र क्यानडाका १६ आयोजक सहर र १०४ खेल समावेश भएको यो विश्वकप जुलाई १९ मा न्यूयोर्कमा सम्पन्न हुनेछ । लियोनल मेसी, क्रिस्टियानो रोनाल्डो, किलियन एम्बाप्पे र लामिन यामालजस्ता सुपरस्टारको उपस्थितिले प्रतियोगिताको आकर्षण थप बढाएको छ । तर यसपटक पनि विश्व फुटबलका केही चर्चित अनुहार भने विश्वकपको रंगमञ्चमा देखिने छैनन् ।

 

क्लब फुटबलमा उत्कृष्ट प्रदर्शन गरे पनि राष्ट्रिय टोलीको अन्तिम सूचीमा स्थान बनाउन नसकेका वा आफ्नो देश नै छनोट हुन नसकेका कारण धेरै स्टार खेलाडी विश्वकपबाट बाहिरिएका छन् । यसले फुटबल समर्थकलाई केही निराश बनाएको छ । यस पटकको विश्वकपमा मिस हुने सबैभन्दा चर्चित नाममध्ये एक हुन् इटालीका गोलकिपर जियानलुइजी डोनोरुम्मा । युरोपक २०२१ मा इटालीलाई उपाधि दिलाउने क्रममा प्रतियोगिताकै उत्कृष्ट खेलाडी बनेका डोनोरुम्माले अहिलेसम्म विश्वकप खेल्न पाएका छैनन् । इटाली लगातार तेस्रो संस्करणका लागि विश्वकपमा छनोट हुन असफल भएपछि २७ वर्षीय गोलकिपर डानोरुम्माको विश्वकप सपना फेरि अधुरै रहेको हो ।

नेदरल्यान्ड्सका राइटब्याक जेरेमी फ्रिमपोङ पनि अन्तिम टोलीमा अटाउन सकेनन् । जाबी अलोन्सोको नेतृत्वमा बायर लेभरकुसेनको ऐतिहासिक सफलताका मुख्य पात्र रहेका फ्रिमपोङले लिभरपुलमा भने अपेक्षाअनुसार प्रदर्शन गर्न सकेनन् । यही कारण प्रशिक्षक रोनाल्ड कोमानले उनलाई अन्तिम टोलीमा समावेश गरेनन् । स्पेनका युवा सेन्टरब्याक डीन होइसन र लेफ्टब्याक आल्भारो क्यारेरास पनि विश्वकप टोलीमा स्थान बनाउन असफल भएका छन् । रियल मड्रिडका यी दुई खेलाडीले सिजनभर राम्रो प्रदर्शन गरे पनि स्पेनका प्रशिक्षक लुइस डे ला फुयन्टेले अनुभवलाई प्राथमिकता दिँदै अन्य विकल्प रोजे ।

 

इङ्ल्यान्डका अनुभवी सेन्टरब्याक ह्यारी मग्वायर पनि यसपटक टोलीबाहिर छन् । ६६ अन्तर्राष्ट्रिय खेल खेलेका मग्वायरले आफ्नो तेस्रो विश्वकप खेल्ने आशा गरेका थिए । तर प्रशिक्षक थोमस टुचेलले नयाँ पुस्ताका डिफेन्डरलाई अवसर दिएपछि मग्वायरको विश्वकप सपना पूरा हुन सकेन । मिडफिल्डमा फ्रान्सका एड्वार्डो कामाभिंगाको अनुपस्थिति पनि चर्चाको विषय बनेको छ । इन्जुरीका कारण उनले सिजनभर निरन्तर खेल्न नसकेपछि प्रशिक्षक डिडियर डेस्च्याम्पले उनलाई अन्तिम टोलीमा समावेश गरेनन् । त्यस्तै, पोर्चुगलका युवा मिडफिल्डर म्याटियस फर्नान्डेज पनि उत्कृष्ट क्लब प्रदर्शनका बाबजुद विश्वकप टोलीमा अटाउन सकेनन् ।

 

आक्रमणतर्फ इङ्ल्यान्डका कोल पाल्मर र फिल फोडेन बाहिरिनु धेरै समर्थकका लागि अप्रत्याशित रह्यो । पछिल्ला दुई सिजन प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेका दुवै खेलाडीलाई प्रशिक्षक टुचेलले अन्तिम टोलीमा समावेश नगरेपछि यसको व्यापक चर्चा भइरहेको छ । ब्राजिलका फरवार्ड जाओ पेड्रो पनि टोलीबाट बाहिरिएका छन् । चेल्सीबाट उत्कृष्ट सिजन बिताएका पेड्रोले ३२ गोलमा योगदान दिए पनि प्रशिक्षक कार्लो एन्सेलोटीले अन्य युवा खेलाडीलाई प्राथमिकता दिए। उनीसँगै गाब्रियल जेसुस र रिचार्लिसन पनि विश्वकप टोलीमा पर्न सकेनन् ।

जर्मनीका स्ट्राइकर करिम अडेमी पनि यसपटक विश्वकपमा देखिने छैनन् । बोरुसिया डर्टमन्डका प्रमुख आक्रमणकारीमध्ये एक मानिने अडेमीले पछिल्लो समय इन्जुरी र फिटनेस समस्याका कारण निरन्तर खेल्न नसक्दा राष्ट्रिय टोलीमा स्थान गुमाएका हुन् । यसबाहेक, पेरिस सेन्ट जर्मेनका जर्जियन विंगर क्भिचा क्वारात्स्खेलिया पनि विश्वकपबाट बाहिर छन् । जर्जिया समूह चरणबाट छनोट हुन नसक्दा बालोन डी’ओर प्रत्याशी मानिएका उनी उत्तर अमेरिकाको विश्वकपमा देखिने छैनन् । त्यस्तै, इटाली छनोट हुन नसकेपछि निको बारेला जस्ता उत्कृष्ट मिडफिल्डर पनि प्रतियोगिताबाट टाढा भएका छन् ।

 

विश्वकप २०२६ मा नयाँ पुस्ताका खेलाडीले आफ्नो प्रतिभा देखाउने अवसर पाए पनि यी चर्चित स्टारहरूको अनुपस्थितिले प्रतियोगिताको रोमाञ्चमा केही कमी महसुस गराउने निश्चित छ । फुटबल समर्थकले आगामी चार वर्षपछि हुने अर्को विश्वकपमा उनीहरूलाई विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा हेर्ने आशा भने कायम राख्नेछन् ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाजुराका विभिन्न खेतमा पहेँलपुर भएर पाकेको धानबाली

बाजुराका ९ वटै स्थानीय तहमा यतिवेला धानवाली पाकेर पहेँलुपर अवस्थामा छ। यहाँका किसानलाई एकातिर दशैँ तिहारको रौनकता छ, भने अर्कोतिर पाकेको धानवाली भित्र्याउन चटारो छ

यमनमा क्षेप्यास्त्र प्रहार, पाँच जनाको मृत्यु

एजेन्सी। इरान समर्थित हुथी विद्रोहीले बिहीबार यमनको अदेन सहरस्थित राष्ट्रपति भवन ‘अल मासिक प्यालेस’लाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको छ । हुथीले पाँचवटा ब्यालिस्टिक क्षेप्यास्त्र

 आज झापामा सात अव्यवस्थित परिवारले पाए लालपुर्जा

झापा अर्जुनधारा,३० असोज । अर्जुनधारा नगरपालिका वडा नम्बर ११ का सात अव्यवस्थित बसोबासी परिवारलाई लालपुर्जा वितरण सम्पन्न भएको छ। जिल्ला भूमि समस्या समाधान समिति झापाको

नवरात्रको छैटौँ दिन,माता कात्यायनीको विशेष पूजाआराधना गरिदैँ

काठमाडौं, ३० असोज । बडा दसैँ अन्तर्गत नवरात्रको छैटौँ दिन दुर्गा पक्षका नवदुर्गा मध्ये छैटौँ स्वरूप माता कात्यायनीको विशेष पूजाआराधना गरिन्छ। माता कात्यायनीको धार्मिक, पौराणिक

कांग्रेस महाधिवेशन स् मतगणना सकियो, शपथग्रहण दशैँपछि

काठमाडौँ ,३० असोज। नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत भएको नयाँ नेतृत्व चयनको लागि भएको चुनावको सबै मतगणना शुक्रबार बिहान सकिएको छ । मधेस प्रदेश

काम र नतिजाकै आधारमा प्रहरीको मूल्याङ्कन हुनेछ : गृहमन्त्री

काठमाडौं, ३० असोज। गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुन प्रतिस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने तयारी भइरहेको