नेपालको रक्षा मन्त्री को हो, संसदमा ल्याइदिनुपर्यो’ :साम्पाङ

काठमाडौं,२९ जेठ । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले नेपाल–भारत सीमासम्बन्धी विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले प्रधानमन्त्रीले सीमाबारे विवादास्पद अभिव्यक्ति दिएको भन्दै त्यसको विरोधमा आफूले प्लेकार्ड प्रदर्शन गरेको ११ दिन बितिसक्दा पनि प्रधानमन्त्री संसदमा उपस्थित नभएको टिप्पणी गर्नु भएको छ ।

उहाँले भन्न्ुा भयो, ‘प्रधानमन्त्रीज्यूले सीमाबारे विवादित अभिव्यक्ति दिइसकेपछि प्लेकार्ड लिएर विरोध गरेको पनि आज ११ दिन भइसकेको छ । ११औँ दिनमा पनि उहाँ संसदमा आउने छाँटकाँट देखिएन ।’

उहाँले वर्तमान रक्षा मन्त्री को हुन् भन्ने प्रश्न उठाउँदै सभामुखमार्फत रक्षा मन्त्रीलाई संसदमा उपस्थित गराउन माग गर्नुभयो। साम्पाङले सुस्ता क्षेत्रमा भारतीय पक्षको सशस्त्र सीमा बल (एसएसबी) का अधिकारीहरूले नेपाली नागरिकलाई हप्कीदप्की गरेको तथा स्थानीय बासिन्दा आफ्नो भूमिको संरक्षणका लागि संघर्षरत रहेको देखिने भिडियोहरू सार्वजनिक भएको उल्लेख गर्नु भयो ।

उहाँले भन्नु भयो, ‘म प्रश्न राख्न चाहन्छु, नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ रु रक्षा मन्त्रीलाई सभामुखले बोलाइदिनुपर्छ । उहाँलाई म प्रश्न सोध्न चाहन्छु, यो सुस्ता भन्ने ठाउँमा भारतीय पक्षको एसएसबी (सशस्त्र सीमा बल) आएर नेपाली दाजुभाइहरूलाई हप्कीदप्की गर्दै गरेको र नेपाली दाजुभाइहरू आफ्नो भूमिको लागि लड्दै, भिड्दै गरेको अवस्थाका भिडियोहरू सार्वजनिक भएका छन् ।’

उहाँले उक्त घटनाप्रति नेपाल सरकार र रक्षा मन्त्रालयको गम्भीर ध्यान जानुपर्ने आवश्यकता औंल्याए । प्रधानमन्त्री संसदमा उपस्थित नभएको अवस्थामा रक्षा मन्त्रीलाई बोलाएर सीमासम्बन्धी विषयमा जवाफ दिनुपर्ने उहाँको माग थियो ।

उहाँले भन्न्ुाभयो, ‘यसतर्फ नेपाल सरकारले र रक्षा मन्त्रीले ध्यान दिनुपर्यो । संसदमा प्रधानमन्त्री त आउनुहुन्न, रक्षा मन्त्री छन् भने खोजेर ल्याइदिनुपर्यो ।’

सांसद साम्पाङले सुस्ता क्षेत्रमा देखिएको अवस्थाबारे सरकारले स्पष्ट धारणा सार्वजनिक गर्दै नेपाली भूमिको संरक्षणका लागि आवश्यक कदम चाल्नुपर्ने बताउनु भएको हो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जर्मनीबाट ८ सयभन्दा बढी ऐतिहासिक नेपाली दस्तावेज नेपाल फिर्ता

काठमाडौं , असोज १६। जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गर्दै ३ हजार ५ सय ६ जना प्रहरी परिचालन गर्ने जनाएको छ।शुक्रबार

लेखक दीपेन्द्रको स्मृतिमा साहित्यिक साँझ हुने

पथरी, १६ असोज / मोरङको पथरी शनिश्चरेमा रहेर खोजमूलक पुस्तकमार्फत राष्ट्रि चिनारी बनाउन सफल दीपेन्द्रराज तिम्सिनाको स्मृतिमा पथरी जेसीजले शनिबार साहित्यिक साँझ कार्यक्रमको आयोजना गरेको

एमालेलाई बलियो बनाए अहिलेको धक्काबाट माथि उठ्न सकिन्छ : ओली

 काठमाडौं , १६ असोज। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर अघि बढाए अहिलेको धक्काबाट धेरै माथि उठ्न सक्ने दाबी गर्नुभएको छ ।

मुस्ताङका स्याउ बारीमा लटरम्म फल, सडक बन्द हुँदा किसानको चिन्ता बढ्यो

मुस्ताङ ,१६ असोज। मुस्ताङका बारीमा स्याउ लटरम्म पाकेका छन्, तर बजारसम्म पुर्‍याउने बाटो बन्द भएपछि किसान र व्यापारी चिन्तित बनेका छन्। बाढी, पहिरो र नदी

काठमाडौंमा चाडपर्वलक्षित विशेष सुरक्षा योजना : साढे ३ हजार बढी प्रहरी परिचालन गरिने

काठमाडौं , असोज १६। जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्वलक्षित सुरक्षा योजना सार्वजनिक गर्दै ३ हजार पाँच सय ६ प्रहरी परिचालन गर्ने जनाएको छ।शुक्रबार आयोजित पत्रकार

बद्री अर्यालका दुई पुस्तक ‘आर्थिक दिग्दर्शन’ र ‘राजनीतिक दिग्दर्शन’ सार्वजनिक

काठमाडौं , १६ असोज। बद्री अर्यालद्वारा लिखित ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ र ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ काठमाडौंमा सार्वजनिक गरिएको छ । जय नेपाल फाउन्डेशनको आयोजनामा राष्ट्रिय