जेष्ठ नागरिक भवन

सम्मान जनक रुपमा बाँच्न पाउने अधिकारलाई सुनिश्चीत गर्न झापा गाउँपालिकाद्वारा नवनिर्मित जेष्ठ नागरिक भवनको उद्घाटन

झापा/ जेष्ठ नागरिक संघ झापा गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । गाउँपालिका प्रमुख जयनारायण साहले भवनको उद्घाटन गर्नुभएको हो । झापा गाउँपालिका वडा नं ६ को शरणामतिमा निर्माण गरिएको १ तले भवनको उद्घाटन गर्दै गाउँपालिका प्रमुख शाहले जेष्ठ नागरिकहरुले सम्मान जनक रुपमा बाँच्न पाउने अधिकारलाई सुनिश्चीत गर्नका लागि भवन निर्माण गरिएको बताउनु भयो ।

उहाँले जेष्ठ नागरिकको सम्मान गर्ने झापा गाउँपालिकाको नीति अनुसार जेष्ठ नागरिकका लागि भवन निर्माण गरिएको बताउनु भयो । सहारा साकोस शरणामती जेष्ठ नागरिक चौतारी नामक उक्त भवन सहारा नेपाल साकोसले रु १० लाख, झापा गाउँपालिकाबाट ११ लाख र स्थानीय स्रोत जन सहभागिताबाट ३ लाख गरेर कुल २४ लाखमा निर्माण गरिएको हो ।

भवन उद्घाटनकै अवसर पारेर भवन निर्माणमा सहयोग गर्ने जग्गादाताको समेत सम्मान गरिएको छ । स्थानीय लक्ष्मी उप्रेती, धनमाया बजगाई, रुद्र बहादुर खड्का, इन्द्र प्रसाद कोइराला र निर्मला कटुवाललाई सम्मान गरिएको हो । भवन उद्घाटन कार्यक्रमको अवसर पारेर श्रीमद भागवत ज्ञान महायग्य पुराणको समेत आयोजना गरिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर