दार्चुलामा भारतीय हेलिकोप्टर आएको प्रति सांसद दुलालको आपक्ति

काठमाडौं,१ असार । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति राष्ट्रहितविपरीत रहेको भन्दै त्यसलाई संसद्को रेकर्डबाट हटाउन माग गर्नुभचएको छ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै दुलालले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिबारे सभामुखले रुलिङ गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो। उहाँले प्रधानमन्त्री स्वयं सदनमा उपस्थित भएर आफ्नो अभिव्यक्तिबारे स्पष्टिकरण दिनुपर्ने आफ्नो दलको माग जायज रहेको बताउनु भएको छ।

‘प्रधानमन्त्रीज्यूले दिनुभएको सीमा सम्बन्धी अभिव्यक्ति राष्ट्रहित विपरीत छ । यो रेकर्डबाट हटाउनुपर्छ र सभामुखले यसका लागि रुलिङ गर्नुपर्छ । सदनमा आएर प्रधानमन्त्रीले आफ्नो स्पष्टिकरण दिनुपर्छ भन्ने हाम्रो दलको माग जायज नै रहेको छ,’ दुलालले भन्नु भयो ।

त्यसैगरी उहाँले दार्चुलामा भारतीय सेनाको हेलिकोप्टर अवतरण गरेको भन्ने समाचारप्रति सरकारको ध्यानाकर्षण गराउँदै यसबारे स्पष्ट जवाफ माग गर्नु भएको छ । भारतीय सुरक्षा निकायका उच्च अधिकारी सवार रहेको भन्ने सूचना सार्वजनिक भएको उल्लेख गर्दै उहाँले घटनाको वास्तविकता सार्वजनिक गर्न सरकारसँग आग्रह समेत गर्नु भएको छ ।

‘हिजो भर्खरै एउटा समाचार आयो, भारतीय सेनाको हेलिकोप्टर दार्चुलाको एउटा भूमिमा अवतरण गरेको र त्यहाँ भारतीय सुरक्षा निकायका कुनै प्रमुख व्यक्तित्व सवार भएको भन्ने सूचना आएको छ। यसबारे के हो, म सरकारको जवाफ चाहन्छु,’ उहाँले भन्न्ुा भयो।

सांसद दुलालले सीमा र राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषयमा सरकार स्पष्ट हुनुपर्नेमा जोड दिनु भएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जर्मनीबाट ८ सयभन्दा बढी ऐतिहासिक नेपाली दस्तावेज नेपाल फिर्ता

काठमाडौं , असोज १६। जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गर्दै ३ हजार ५ सय ६ जना प्रहरी परिचालन गर्ने जनाएको छ।शुक्रबार

लेखक दीपेन्द्रको स्मृतिमा साहित्यिक साँझ हुने

पथरी, १६ असोज / मोरङको पथरी शनिश्चरेमा रहेर खोजमूलक पुस्तकमार्फत राष्ट्रि चिनारी बनाउन सफल दीपेन्द्रराज तिम्सिनाको स्मृतिमा पथरी जेसीजले शनिबार साहित्यिक साँझ कार्यक्रमको आयोजना गरेको

एमालेलाई बलियो बनाए अहिलेको धक्काबाट माथि उठ्न सकिन्छ : ओली

 काठमाडौं , १६ असोज। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर अघि बढाए अहिलेको धक्काबाट धेरै माथि उठ्न सक्ने दाबी गर्नुभएको छ ।

मुस्ताङका स्याउ बारीमा लटरम्म फल, सडक बन्द हुँदा किसानको चिन्ता बढ्यो

मुस्ताङ ,१६ असोज। मुस्ताङका बारीमा स्याउ लटरम्म पाकेका छन्, तर बजारसम्म पुर्‍याउने बाटो बन्द भएपछि किसान र व्यापारी चिन्तित बनेका छन्। बाढी, पहिरो र नदी

काठमाडौंमा चाडपर्वलक्षित विशेष सुरक्षा योजना : साढे ३ हजार बढी प्रहरी परिचालन गरिने

काठमाडौं , असोज १६। जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्वलक्षित सुरक्षा योजना सार्वजनिक गर्दै ३ हजार पाँच सय ६ प्रहरी परिचालन गर्ने जनाएको छ।शुक्रबार आयोजित पत्रकार

बद्री अर्यालका दुई पुस्तक ‘आर्थिक दिग्दर्शन’ र ‘राजनीतिक दिग्दर्शन’ सार्वजनिक

काठमाडौं , १६ असोज। बद्री अर्यालद्वारा लिखित ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ र ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ काठमाडौंमा सार्वजनिक गरिएको छ । जय नेपाल फाउन्डेशनको आयोजनामा राष्ट्रिय