पूर्वका बस कर्मचारीको बदमासी, गन्तव्यसम्म पु¥याउने वाचा, बीच बाटोमै धोका

दमक १ असार । यात्रु भनेको भाडा तिर्ने ग्राहक हो कि बाटोमा जहाँ मन लाग्यो त्यहीँ झार्न मिल्ने सामान ? यो प्रश्न यतिबेला काँकरभिट्टा देखी धरान बिराटनगर तर्फ चल्ने केही बस र हायसहरु तर्फ सोझीएको छ। यसखालको हर्कतका कारण यात्रुहरू आजित भइरहेका छन् ।

गाडी चढाउँदा “काकरभिट्टा पु¥याउँछु“, “घर नजिकै झारिदिन्छु“ भनेर आश्वासन दिने अनि आधा बाटोमा झारेर आफ्नो जिम्मेवारी सकिएको ठान्ने अधिकार यिनीहरूलाई कसले दिएको हो ? यदि गन्तव्यसम्म पु¥याउन सकिँदैन भने किन झुटो आश्वासन दिएर यात्रु चढाइन्छ ?

कुनै यात्रुसँग अतिरिक्त पैसा नहुन सक्छ, कोही वृद्धवृद्धा हुन सक्छन्, कोही सानो बच्चा बोकेकी आमा हुन सक्छिन्। उनीहरूलाई बीच बाटोमा अलपत्र पार्दा त्यसको जिम्मेवारी कसले लिन्छ ? अझ रातको समय भयो भने ? अनी नयाँ ठाउँ भयो भने ? र त्यहाँ कुनै दुर्घटना वा अप्रिय घटना भयो भने त्यसको जवाफ कसले दिने ?

अझ अचम्म त के छ भने केही बसले विद्यार्थी देख्नासाथ चढाउन आनाकानी गर्छन्। विद्यार्थी भनेका यात्रु होइनन् ? उनीहरूको अधिकार हुँदैन ? सार्वजनिक सेवा चलाउनेहरूले सेवा दिने कि अपमान गर्ने ?

र ट्राफिक प्रहरी र सम्बन्धित निकाय आखिर के हेरेर बसेका छन् ? यात्रुहरू वर्षौंदेखि एउटै समस्या भोगिरहेका छन् भने अनुगमन कहाँ छ ? प्रत्येक स्टेसनमा यात्रु सहायता बनाएर यात्रुलाई सोध्न सकिँदैन—“तपाईंलाई कुनै गुनासो छ ?“ भनेर ?

सबै चालक र सहचालक खराब छैनन्। केही बस कम्पनीले इमान्दारीपूर्वक यात्रुलाई गन्तव्यसम्म पु¥याइरहेका छन्। तर केहीको गैरजिम्मेवार व्यवहारले सिंगो यातायात क्षेत्र बदनाम भइरहेको छ।

सार्वजनिक बस भनेको यात्रु बोक्ने साधन मात्र होइन, समाजको ऐना पनि हो। त्यही बसमा एउटा सानो बालकले बुढाबुढीलाई कसरी सम्मान गर्ने सिक्छ। त्यही बसमा मानिसले सभ्यता र संस्कार देख्छ। तर जब सहचालककै मुखबाट अपशब्द, दुव्र्यवहार र धम्की सुन्नुपर्छ, तब त्यो बालबालिकाले के सिक्ने ?

के सार्वजनिक यातायातमा यात्रुको सम्मान भन्ने कुरा समाप्त भइसकेको हो ? के भाडा तिरेपछि यात्रुले अपमान पनि सहनैपर्ने हो ? के बीच बाटोमा झारेर अलपत्र पार्नु सामान्य कुरा हो ?

यात्रुहरू दया होइन, आफ्नो अधिकार मागिरहेका छन्। गन्तव्यसम्म सुरक्षित यात्रा, सम्मानजनक व्यवहार र इमान्दार सेवा मात्रै उनीहरुले मागिरहेका छन्।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जर्मनीबाट ८ सयभन्दा बढी ऐतिहासिक नेपाली दस्तावेज नेपाल फिर्ता

काठमाडौं , असोज १६। जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गर्दै ३ हजार ५ सय ६ जना प्रहरी परिचालन गर्ने जनाएको छ।शुक्रबार

लेखक दीपेन्द्रको स्मृतिमा साहित्यिक साँझ हुने

पथरी, १६ असोज / मोरङको पथरी शनिश्चरेमा रहेर खोजमूलक पुस्तकमार्फत राष्ट्रि चिनारी बनाउन सफल दीपेन्द्रराज तिम्सिनाको स्मृतिमा पथरी जेसीजले शनिबार साहित्यिक साँझ कार्यक्रमको आयोजना गरेको

एमालेलाई बलियो बनाए अहिलेको धक्काबाट माथि उठ्न सकिन्छ : ओली

 काठमाडौं , १६ असोज। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर अघि बढाए अहिलेको धक्काबाट धेरै माथि उठ्न सक्ने दाबी गर्नुभएको छ ।

मुस्ताङका स्याउ बारीमा लटरम्म फल, सडक बन्द हुँदा किसानको चिन्ता बढ्यो

मुस्ताङ ,१६ असोज। मुस्ताङका बारीमा स्याउ लटरम्म पाकेका छन्, तर बजारसम्म पुर्‍याउने बाटो बन्द भएपछि किसान र व्यापारी चिन्तित बनेका छन्। बाढी, पहिरो र नदी

काठमाडौंमा चाडपर्वलक्षित विशेष सुरक्षा योजना : साढे ३ हजार बढी प्रहरी परिचालन गरिने

काठमाडौं , असोज १६। जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्वलक्षित सुरक्षा योजना सार्वजनिक गर्दै ३ हजार पाँच सय ६ प्रहरी परिचालन गर्ने जनाएको छ।शुक्रबार आयोजित पत्रकार

बद्री अर्यालका दुई पुस्तक ‘आर्थिक दिग्दर्शन’ र ‘राजनीतिक दिग्दर्शन’ सार्वजनिक

काठमाडौं , १६ असोज। बद्री अर्यालद्वारा लिखित ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ र ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ काठमाडौंमा सार्वजनिक गरिएको छ । जय नेपाल फाउन्डेशनको आयोजनामा राष्ट्रिय