थप अनुसन्धान जारी

बर्दिबास लैजादै गरेकाे १३ केजी चाँदीका गहना लुटपाटमा संलग्न ४ जना पक्राउ

 

 

बर्दिबास लैजादै गरेकाे १३ केजी चाँदीका गहना लुटपाटमा संलग्न ४ जना पक्राउ

बेलबारीमा चाँदीका गहना लुटपाटमा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेहरूमा  दमक नगरपालिका ३ का २५ वर्षीय सबिन बिश्वकर्मा, बर्दिबास नगरपालिका १ का ३४ वर्षीय मनोज ठाकुर, रौतामाई गाउँपालिका ६ उदयपुरका २४ वर्षीय बिशाल बिक र इटहरी ५ का २४ वर्षीय बादल बिक रहेकाे इलाका प्रहरी कार्यालय बेलबारीले जनजाएकाे छ ।

कार्यालयका अनुसार गत ८ गते बेलबारी नगरपालिका ४ को बेतना सिमसार क्षेत्रबाट  पाथिभरा ज्वेलर्स एण्ड सप्लायर्स दमकका कर्मचारीले बर्दिबास लैजादै गरेकाे १३ केजी चाँदीका गरगहना लुटपाट  भएकाे थियाे ।

लुटपाटकाे सुचना पाएसँगै खोजतलासमा खटिएको कार्यालयकाे प्रहरी टोलीले लुटपाटमा संलग्न मध्ये ४ जनालाई चाँदीका गहनासहित नियन्त्रणमा लिएको कार्यालयले जनाएका छ ।

घटनामा संग्लग्न अर्का एक जना फरार रहेको र उनको समेत खोजतलास भईरहेको तथा पक्राउ परेका ब्यक्तिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको  कार्यालयले जनाएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकारहरुको हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम

दमक,१६ जेठ । दमक ८ स्थित कस्मिक पार्टी प्यालेसमा नेपाल पत्रकार महासंघ झापा शाखाद्वारा पत्रकारका ११ वटा संगठन बीच आयोजित पत्रकारिताःहाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब

बजेटमार्फत विद्युतमा लगाइएको ५% भ्याट फिर्ता गर्न कुलमानको जोडदार माग

काठमाडौं,१६ जेठ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट मार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्ता

सरकारले ल्याएको बजेटको प्रसाईंद्वारा कडा आलोचना

काठमाडौं,१६ जेठ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शनिबार पत्रकार सम्मेलन गर्दै वर्तमान सरकारले ल्याएको बजेटको कडा आलोचना गर्नु भएको छ। उहाँले बजेट गरिबको लागि नभई

झापाको दमकमा बोराभित्र महिलाको शङ्कास्पद शव फेला

दमक, १६ जेठ । झापाको दमकमा बोराभित्र बाँधिएको अवस्थामा एक महिलाको शङ्कास्पद शव फेला परेको छ। दमक नगरपालिका वडा नम्बर १० सेतुमाडीस्थित रतुवा खोलाको पुलमुनि

एभरेस्ट टुरिजम अवार्ड शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’, अन्यलाई सम्मान

काठमाडौं,१६ जेठ । एभरेस्ट टुरिजम अवार्ड २०२६ को अवसरमा सगरमाथा आरोही पेर्टेम्बा शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मान गरिएको छ । पूर्वराष्ट्रपति डा।रामवरण यादवको

हदबन्दीसम्बन्धी कानुनी तत्काल सम्बोधन गर्न माग

काठमाडौं,१६ जेठ । नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णु प्रसाद घिमिरेले हदबन्दीसम्बन्धी कानुनी जटिलताका कारण घरजग्गा तथा आवास क्षेत्रमा करिब दुई खर्ब रुपैंयाँ