दमक नगरको बजेट : यी हुन ५ प्राथमिकता

दमक, असार १०। दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट तथा कार्यक्रममार्फत विकास, रोजगारी, शिक्षा, स्वास्थ्य, वातावरण र सुशासनलाई प्राथमिकतामा राखेको जनाएको छ।

नगरपालिकाको १९ औँ नगरसभामा उपप्रमुख रेगिना भट्टराई प्रसाईले बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी वर्षका लागि नगरका विकास गतिविधि पाँच प्रमुख आधारमा केन्द्रित गरिने जानकारी दिनुभयो।
उहाँका अनुसार गुणस्तरीय तथा दिगो पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकतामा राखिएको छ। यससँगै स्थानीयस्तरमा रोजगारी सिर्जना गर्दै आर्थिक समुन्नति हासिल गर्ने लक्ष्य लिइएको छ।

त्यस्तै, शैक्षिक गुणस्तर अभिवृद्धि, सामाजिक विकास तथा गुणस्तरीय स्वास्थ्य पूर्वाधार विस्तारलाई पनि नगरपालिकाले विशेष प्राथमिकता दिएको छ। बढ्दो प्राकृतिक विपद्को जोखिमलाई मध्यनजर गर्दै विपद् व्यवस्थापन तथा वातावरणीय सन्तुलन कायम गर्ने कार्यक्रमलाई समेत बजेटले समेटेको छ।
नगरपालिकाले सुशासन प्रवर्द्धन गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने प्रतिबद्धता पनि व्यक्त गरेको छ।
उपप्रमुख प्रसाईले सार्वजनिक गर्नुभएको बजेट तथा कार्यक्रमले समृद्ध, सुरक्षित र व्यवस्थित दमक निर्माणका लागि विकासका बहुआयामिक क्षेत्रलाई समेट्ने प्रयास गरेको नगरपालिकाको भनाइ छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कोशीको रोजगार मेला , ६ हजार पदमा कति युवाले पाउलान् रोजगारी ?

कोशी,१४ असोज ।कोशी प्रदेशमा युवालाई स्वदेशमै रोजगारीसँग जोड्ने उद्देश्यले ‘सीप तथा रोजगार मेला–२०८३’ बुधबारदेखि इटहरीमा सुरु भएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा इटहरीस्थित

विद्युत् कटौतीबाट झापा, इलाम, पाँचथर र ताप्लेजुङका सबै क्षेत्रमा असर

विर्तामोड ,१४ असोज। प्रसारण लाइनमा प्राविधिक काम गर्नुपर्ने भएपछि नेपाल विद्युत् प्राधिकरणले झापासहित कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन दैनिक आठ घण्टा विद्युत् आपूर्ति बन्द

हिमलुङमा बेपत्ताको खोजी र पोल्यान्डका नेपाली श्रमिकको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं,१४ असोज । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले मनाङको हिमलुङ हिमालमा हिमपहिरोमा परी बेपत्ता भएका नेपालीको खोजी गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ। बुधबार

विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग’ आयोजना हुँदै

विराटनगर ,१४ असोज। कोशी प्रदेशको राजधानी विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग २०८३ (कर्पोरेट संस्करण)’ आयोजना हुने भएको छ। विक्रम संवत् म्यानेजमेन्ट र नेपाल क्रिकेट फाउन्डेसनको

गणेश नेपालीका दाइ भन्छनः ‘सरकारले सम्झौता कार्यान्वयन नगर्दा हामीसँग मर्नुको विकल्प छैन’

काठमाडौं ,१४ असोज। महानगर प्रहरीसँगको विवाद पछि काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपालीका दाइ मदन नेपालीले सरकारले आफूहरूसँग गरेको सम्झौता कार्यान्वयन नगर्दा समस्या भएको गुनासो