दमकले ल्यायो १ अर्व ५८ करोडको बजेट

दमक, असार १०। दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि एक अर्ब ५८ करोड ६९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

नगरपालिकाको १९ औँ नगरसभामा उपप्रमुख रेगिना भट्टराई प्रसाईले बजेट प्रस्तुत गर्नुभएको हो। नगर प्रमुख रामकुमार थापाको अध्यक्षतामा नगरसभा जारी रहेको छ।

प्रस्तावित बजेटमध्ये चालु खर्चतर्फ ८५ करोड ८१ लाख ५९ हजार रुपैयाँ अर्थात् ५४ प्रतिशत विनियोजन गरिएको छ।
यस्तै, पूँजीगत खर्चतर्फ ६८ करोड २२ लाख ४१ हजार रुपैयाँ अर्थात् ४३ दशमलव १ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ४ करोड ६५ लाख रुपैयाँ अर्थात् २ दशमलव ९ प्रतिशत बजेट छुट्याइएको छ।

बजेट कार्यान्वयनका लागि नगरपालिकाले आन्तरिक आम्दानीबाट ४४ करोड ३८ लाख ५५ हजार रुपैयाँ जुटाउने लक्ष्य राखेको छ। संघीय सरकारबाट ५८ करोड ९६ लाख रुपैयाँ तथा प्रदेश सरकारबाट ४ करोड ९४ लाख १८ हजार रुपैयाँ अनुदान प्राप्त हुने अनुमान गरिएको छ।

त्यस्तै, राजस्व बाँडफाँडमार्फत ३३ करोड ३४ लाख १७ हजार रुपैयाँ र जनसहभागिताबाट १ करोड रुपैयाँ जुटाइने प्रस्ताव गरिएको छ।

नगरपालिकाले पूर्वाधार विकास, सेवा प्रवाहको प्रभावकारिता, आर्थिक गतिविधि विस्तार तथा स्थानीय आवश्यकतालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको जनाएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कोशीको रोजगार मेला , ६ हजार पदमा कति युवाले पाउलान् रोजगारी ?

कोशी,१४ असोज ।कोशी प्रदेशमा युवालाई स्वदेशमै रोजगारीसँग जोड्ने उद्देश्यले ‘सीप तथा रोजगार मेला–२०८३’ बुधबारदेखि इटहरीमा सुरु भएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा इटहरीस्थित

विद्युत् कटौतीबाट झापा, इलाम, पाँचथर र ताप्लेजुङका सबै क्षेत्रमा असर

विर्तामोड ,१४ असोज। प्रसारण लाइनमा प्राविधिक काम गर्नुपर्ने भएपछि नेपाल विद्युत् प्राधिकरणले झापासहित कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन दैनिक आठ घण्टा विद्युत् आपूर्ति बन्द

हिमलुङमा बेपत्ताको खोजी र पोल्यान्डका नेपाली श्रमिकको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं,१४ असोज । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले मनाङको हिमलुङ हिमालमा हिमपहिरोमा परी बेपत्ता भएका नेपालीको खोजी गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ। बुधबार

विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग’ आयोजना हुँदै

विराटनगर ,१४ असोज। कोशी प्रदेशको राजधानी विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग २०८३ (कर्पोरेट संस्करण)’ आयोजना हुने भएको छ। विक्रम संवत् म्यानेजमेन्ट र नेपाल क्रिकेट फाउन्डेसनको

गणेश नेपालीका दाइ भन्छनः ‘सरकारले सम्झौता कार्यान्वयन नगर्दा हामीसँग मर्नुको विकल्प छैन’

काठमाडौं ,१४ असोज। महानगर प्रहरीसँगको विवाद पछि काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपालीका दाइ मदन नेपालीले सरकारले आफूहरूसँग गरेको सम्झौता कार्यान्वयन नगर्दा समस्या भएको गुनासो