फिफा विश्वकप

कडा अमेरिकी नियमका कारण इरानी टोली संकटमा

एजेन्सी,१२ असार । जारी फिफा विश्वकप फुटवल प्रतियोगितामा इरानको राष्ट्रिय टोलीले सकसपूर्ण अवस्थाको सामना गरिरहेको छ । अमेरिकाले लगाएको कडा यात्रा नियमहरूबीच प्रतिस्पर्धा गरिरहनु परेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । नियमअनुसार टोलीले खेल सुरु हुनुभन्दा २४ घण्टाभन्दा पहिले अमेरिका प्रवेश गर्न पाउँदैन र खेल सकिएलगत्तै देश छोड्नुपर्छ । इरानी अधिकारीहरूका अनुसार यस्ता व्यवस्थाले टोलीको प्रदर्शनमा प्रतिकूल असर पारिरहेको छ।

 

अमेरिकी नियमअनुसार इरानी खेलाडीहरू प्रत्येक खेलअघि अधिकतम एक दिनअघि मात्र अमेरिका प्रवेश गर्न सक्छन् र खेल समाप्त हुनेबित्तिकै फर्किनुपर्छ । इरानी अधिकारीहरूले यी प्रतिबन्धहरूले टोलीको अभियानलाई कमजोर बनाएको र यसलाई ‘राजनीतिक पूर्वाग्रहयुक्त हस्तक्षेप’ भएको भन्दै आफ्नो टोलीलाई विश्वकपकै ‘सबैभन्दा बढी उत्पीडित’ टोलीको रुपमा व्याख्या गरेको छ । प्रतियोगिता सुरु हुनुअघि अमेरिकाले इरानी खेलाडीहरूलाई भिसा दिए पनि केही सहयोगी कर्मचारीलाई प्रवेश अनुमति अस्वीकार गरेको थियो। त्यसपछि टोलीले अमेरिकाको एरिजोनामा राख्ने भनिएको आफ्नो आधार शिविर परिवर्तन गरी मेक्सिकोको टिजुआनामा सारेको छ । अहिले टोली खेल हुने दिन मात्र अमेरिका प्रवेश गर्छ ।

 

इरानी समर्थकहरूका अनुसार यस्ता अवरोधहरू केवल खेल रणनीतिमा सीमित नभइ खेलमा राजनीति हावी भएको देखाउँछ । तेहरानका बासिन्दा आर्टिनले चाइना ग्लोबल टेलिभिजन नेटवर्कसँगको अन्तर्वार्तामा भने, ‘राजनीति फुटबलसँग गाँसिएको छ, जबकि त्यस्तो हुनुहुँदैन। तर इरानका जनता आफ्नो राष्ट्रिय टोलीको पूर्ण समर्थन छन् । तर त्यसले खेलाडी र सर्वसाधारणमाथि परेको राजनीतिक दबाब कम गर्दैन।’ इरानको फुटबल महासंघले विश्वकप आयोजकहरूमाथि आफ्नो प्रतिनिधिमण्डलमाथि अन्यायपूर्ण यात्रा प्रतिबन्ध लगाएको आरोप लगाउने गरेका छन् । एक अर्थशास्त्री साथै विश्वविद्यालयका प्राध्यापक तथा इरानका पूर्व राष्ट्रिय गोलरक्षक होसेन राघफारले त्यस्ता कदमहरु गैरकानुनी भएको बताउनु हुन्छ।

 

‘ट्रम्पले सुरुदेखि नै इरानको राष्ट्रिय फुटबल टोलीलाई धम्की दिनु भएको थियो । उनीहरूको सुरक्षाको ग्यारेन्टी गर्न नसक्ने बताउनु भएको थियो । यस्ता अभिव्यक्तिहरू अन्तर्राष्ट्रिय खेलकुदको व्यवस्था र निष्पक्ष प्रतिस्पर्धाका आधारभूत सिद्धान्तहरूको स्पष्ट उल्लंघन हुन्,’ उहाँले भन्नु भएको छ् । राष्ट्रिय टोलीले भोगिरहेको दबाब इरानी जनताले दैनिक रूपमा सामना गरिरहेको आर्थिक कठिनाइको प्रतिबिम्ब पनि हो । हालै हटाइएको अमेरिकाको नौसैनिक नाकाबन्दीका कारण इरानको तेल आम्दानीमा असर परेको र जसले देशको आर्थिक संकटलाई अझ गहिरो बनाउँदै लगेको छ ।

 

सन् २०२६ को फिफा विश्वकप अहिलेसम्मकै सबैभन्दा ठूलो विश्वकप हो । जसमा कीर्तिमानी ४८ टोली सहभागी छन्। जुन ११ देखि जुलाई १९ सम्म आयोजना हुने यस प्रतियोगिताको संयुक्त आयोजना मेक्सिको, क्यानडा र संयुक्त राज्य अमेरिकाले गरेका छन्।(सीसीटीभीप्लस)

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पदाधिकारी चयनका लागि मतदान अन्तिम चरणमा

काठमाडौं,१२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो चरणको निर्वाचनमा पदाधिकारी चयनका लागि मतदान प्रक्रिया अन्तिम चरणमा पुगेको छ। मतदान शुक्रबार केही

कडा अमेरिकी नियमका कारण इरानी टोली संकटमा

एजेन्सी,१२ असार । जारी फिफा विश्वकप फुटवल प्रतियोगितामा इरानको राष्ट्रिय टोलीले सकसपूर्ण अवस्थाको सामना गरिरहेको छ । अमेरिकाले लगाएको कडा यात्रा नियमहरूबीच प्रतिस्पर्धा गरिरहनु परेको

डिजिटल मतदान मार्फत टोली नेता छान्दै विद्यार्थी

दमक, १२ असार । अगाडि चुनावको ब्यालेट बक्स (मतपेटी) राखिएको छ, तर भित्र मतपत्र खसाल्नु भने पर्दैन। मतपेटीको ठाउँमा सजिएको छ ल्यापटप। विद्यार्थीहरू लाइनबद्ध भएर

शनिबार समूह जी, एच र आईका ६ खेल हुँदै

काठमाडौं,१२ असार । फिफा विश्वकपअन्तर्गत भोलि समूह ‘जी’, ‘एच’ र ‘आई’ का महत्त्वपूर्ण खेलहरू हुँदैछन्। समूह चरणको प्रतिस्पर्धा थप रोमाञ्चक बन्दै गइरहेका बेला विभिन्न टोलीहरू

धान दिवसले देख्ला त किसानको पिडा ?

काठमाडौं,१२ असार । सरकारले यस वर्षको २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८३ ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नारासहित विविध कार्यक्रम

रास्वपाको नेतृत्व अपरिपक्व रहेको ऐन महरको टिप्पणी

काठमाडौं, १२ असार । नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा देखिएको उपस्थिति र व्यवस्थापनलाई लिएर गम्भीर प्रश्न उठाउनु