हुलाक सेवालाई आधुनिकीकरण गर्नुपर्छ : सञ्चारमन्त्री

काठमाडौं,१६ असार । सूचना तथा सञ्चारमन्त्री डा।विक्रम तिमिल्सिनाले हुलाक सेवालाई आधुनिकीकरण नगरी प्रभावकारी सेवा प्रवाह सम्भव नहुने बताउनु भएको छ ।

हुलाक सेवाको आधुनिकीकरण सम्बन्धी उच्चस्तरीय संवाद कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले सरकारले हुलाकमार्फत सबै प्रकारका कागजात तथा पार्सल समयमै गन्तव्यमा पुर्याउने प्रतिबद्धता जनाउनु भएको हो ।

उहाँले हुलाक सेवा विभाग तथा यस क्षेत्रमा सेवा प्रदान गरिरहेका निजी सेवा प्रदायकसँग सहकार्य गर्दै देखिएका समस्याको समाधानका लागि सरकार अघि बढेको जानकारी दिनु भयो ।

उहाँले भन्नु भयो, ‘स्वेच्छिक हिसाबले चाहेको बेला हामी हुलाकबाट हरेक किसिमका कागजात र पार्सल समयमै पुर्याउन सरकार प्रतिबद्ध छ । त्यसका लागि हुलाक सेवा विभाग र यससम्बन्धी सेवा दिने निजी सेवा प्रदायकसँग पनि सहकार्य गरेर के–के समस्या परेका छन्, ती सुनेर समाधानका लागि हामी अगाडि आएका छौँ । अब हुलाक सेवालाई आधुनिकीकरण नगरी, सबल वा प्रभावकारी नबनाई र सेवा प्रवाहमा लाग्ने समय नघटाई हुलाक लोकप्रिय सेवा प्रदायकका रूपमा रहन सक्दैन ।’

मन्त्री तिमिल्सिनाले हुलाक सेवालाई आधुनिक, सबल र प्रभावकारी बनाउनुका साथै सेवा प्रवाहको समय घटाउन आवश्यक रहेको उल्लेख गर्दै त्यसो नगरे हुलाक लोकप्रिय सेवा प्रदायकका रूपमा टिक्न नसक्ने धारणा राख्नु भयो ।

उहाँले नागरिकको सोच, समयको महत्व र अपेक्षाअनुसार डेलिभरी प्रणालीलाई पुनः डिजाइन गरी सेवा सञ्चालन गर्न सके सफलता हासिल गर्न सकिने बताउनु भयो।

साथै, हुलाकलाई परम्परागत सेवामा मात्र सीमित नराखी समयानुकूल रूपान्तरण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सरकारको हस्तक्षेपले एन्फा प्रतिबन्धमा पर्यो :ओली

काठमाडौं,१६ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खेलकुदले समाजको शारीरिक तथा मानसिक स्वास्थ्य, सभ्यता, संस्कृति र समग्र विकासको स्तर प्रतिबिम्बित गर्ने महत्वपूर्ण माध्यम

मन्त्री रावल, मधेशका मुख्यमन्त्री र सांसद रहबर अन्सारीबीच छलफल

काठमाडौं, १६ असार । स्थानीय तहमा देखिएका समस्या समाधान तथा संघ–प्रदेश–स्थानीय तहबीचको समन्वयलाई प्रभावकारी बनाउने विषयमा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री

उषा रजकले मध्यरातको फोनलाई लिएर उठाइन् प्रश्न, डिजिटल क्रिएटरमाथि ह्यारेसमेन्टको आरोप

काठमान्डौं ,१६ असार ।  नेपाली चलचित्रकी अभिनेत्री उषा रजकले सामाजिक सञ्जालमार्फत आफूलाई मध्यरातमा पटक–पटक फोन गरेर मानसिक तनाव दिएको भन्दै एक पुरुषको च्याट र कल

झापामा डुबान क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

झापा ,१६ असार ।  जल तथा मौसम विज्ञान विभागले असार १६ र १७ गते पूर्वी तराईसहित देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना देखाएपछि

काटियो नतिर्न उद्योगहरूको विद्युत लाइन

काठमाडौं,१६ असार । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवको निर्देशनपछि वर्षौँदेखि उठ्न नसकेको औद्योगिक क्षेत्रको झन्डै साढे ४२ करोड रुपैयाँ भाडा बक्यौता दुई साताभित्रै

हुलाक सेवालाई आधुनिकीकरण गर्नुपर्छ : सञ्चारमन्त्री

काठमाडौं,१६ असार । सूचना तथा सञ्चारमन्त्री डा।विक्रम तिमिल्सिनाले हुलाक सेवालाई आधुनिकीकरण नगरी प्रभावकारी सेवा प्रवाह सम्भव नहुने बताउनु भएको छ । हुलाक सेवाको आधुनिकीकरण सम्बन्धी