घरबारविहीनतामुक्त समाज निर्माणको अभियानमा HDNP, अक्टोबर १० मा अन्तर्राष्ट्रिय फन्डरेजर गाला

आत्मनिर्भरता, रोजगारी तथा कल्याणकारी कार्यक्रमलाई विस्तार गर्ने लक्ष्य

अमेरिका । १२ असोज | घरबारविहीनता अन्त्य गर्ने अभियानसहित शिक्षा, स्वास्थ्य र जीविकोपार्जनका क्षेत्रमा काम गर्दै आएको हेल्प फर डेस्परेट एन्ड निडी पिपल इन्टरनेसनल, एचडीएनपीले अन्तर्राष्ट्रिय फन्डरेजर गाला आयोजना गर्ने भएको छ।
एचडीएनपीका संस्थापक देवी आचार्य ‘डेभिड’ले जारी गर्नुभएको सन्देशअनुसार ‘द फ्युचर इज ब्राइटर ह्वेन वी बिल्ड इट टुगेदर’ भन्ने सन्देशसहित आगामी अक्टोबर १० तारिख गाला आयोजना गर्न लागिएको हो।

‘बाइट इन्टु द फ्युचर’ विषयमा आयोजना हुने कार्यक्रम अमेरिकाको टेक्ससस्थित लेक आर्लिङ्टनमा साँझ ६ बजे सुरु हुनेछ।

एचडीएनपीले डलास–फोर्ट वर्थ क्षेत्रमा घरबारविहीन व्यक्तिलाई खाना उपलब्ध गराउने, वर्षमा चार पटक रक्तदान कार्यक्रम सञ्चालन गर्ने तथा ५०० वटा स्लीपिङ ब्याग र ब्ल्याङ्केट वितरण गर्ने लक्ष्य राखेको छ।

त्यस्तै, स्थानीय संस्थासँग सहकार्य गर्दै शिक्षा, स्वास्थ्य र जीविकोपार्जनका कार्यक्रममार्फत विपन्न समुदायलाई आत्मनिर्भर बनाउन काम गरिरहेको एचडीएनपीले जनाएको छ।

‘डेस्टिनेसन विदाउट होमलेसनेस’, अर्थात् घरबारविहीनतामुक्त गन्तव्य निर्माण गर्ने अभियानका लागि सहयोग जुटाउने उद्देश्यले आयोजना हुन लागेको गालामा सहभागी हुन तथा अभियानमा सहकार्य गर्न संस्थापक आचार्यले आह्वान गर्नुभएको छ।

एचडीएनपीले आगामी दिनमा आत्मनिर्भरता, रोजगारी तथा कल्याणकारी कार्यक्रमलाई विस्तार गर्ने लक्ष्यसमेत अघि सारेको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गौरादहमा २२ उत्कृष्ट विद्यार्थी, शिक्षक र पूर्व शिक्षकहरू एकैसाथ सम्मानित

तीनवटै पक्षलाई आ–आफ्नो ठाउँबाट थप जिम्मेवार बन्न र उत्कृष्ट नतिजा दिन ठूलो प्रोत्साहन तथा ऊर्जा मिल्ने नगरपालिकाको विश्वास