दमकका महिला उद्यममा पहिला

आफै झोला बनाएर बेचेर आन्मनिर्भर बन्दै दमकका महिलाहरु

दमक/
दमक २ की गोमा घिमिरे । उहाँ विभिन्न कपडा काटेर सिलाई गर्न जान्ने हुनुन्छ । तर उहाँलाई अझै हाते झोला बनाउन मन लाग्यो । त्यहि भएर दमक वडा नं २ को कार्यालयले आयोजना गरेको तालिममा झोला सिलाउने तालिममा सहभागी हुनु भएको छ । उहाँले तालिम लिएको एक महिना पुरा भइसक्यो । अझै १० दिन सम्म उहाँले यो तालिम लिनु हुने छ ।

अहिलेनै उहाँ हाते झोला जत्रो र जस्तो पनि सिलाउन जान्ने हुनु भएको छ । बजारमा यस प्रकारको झोला निकै राम्रो मुल्यमा बिक्रि भएको उहाँले देख्नु भएको छ । त्यसैले अव उहाँले पनि आफ्नै उत्पादनको हाते झोला दमकको बजारमा चाँडै ल्याउदै हुनुहुन्छ । झोला सिलाएर बिक्रि गरेर उहाँले आफ्नो घरको दैनिक खर्च टार्ने र श्रीमानले कमाउनु भएको कमाई बचत गर्ने योजनामा हुनुहुन्छ ।

यही ठाउँकी माया कोइराला पनि झोला सिउने सिप सिकिरहनु भएको छ । उहाँको घरमा झोला सिउने मेसिन पनि छ । त्यसैले उहाँ तालिम लिने ठाउमा सिकेका सिपलाई घरमा भएर पनि अभ्यास गर्नु हुन्छ । १० प्रकारका हाते झोला बनाउन उहाँले सिकिसक्नु भएको छ । यतीमात्रै उत्पादन गरेर बजारमा लैजादा पनि कमाई हुन सक्ने उहाँको विस्वास छ । तर बजार प्रतिस्पर्धी भएकोले अहिले सिकेकोले मात्र आफुहरुलाई पर्याप्त नहुने र अझ यस सम्बन्धीको बृहत तालीम भए बजारमा प्रतिस्पर्धा गर्न सहज हुने कोईरालाको भनाई छ ।

कपडा हालेर बोक्न मिल्ने जेब्रा झोला,महिलाहरुले हातमा बोक्ने विभिन्न आकार र प्रकारका हाते पर्स, तरकारी बोक्ने कपडाको झोला लगायतका झोलाहरु बनाउन यहाँका २० जना महिलाहरुले सिक्नु भएको छ । महिलाहरुलाई आत्मनिर्भर बनाउन र स्वरोजगार बनाउन सिटिइभिटी लेभलका विभिन्न सिपमुलक तालिमहरु महिलाहरुलाई प्रदान गर्दै आएको तालिम प्रादायक सस्था भूमिका सिपमुलक तालिम केन्द्रकी सञ्चालीका भूमिका दाहाल पोखरेलेले बतउनु भयो ।

वडाले महिला लक्षीत कार्यक्रम मात्रै दर्जनौ गरेको छ । हरेक वर्ष सिप सिकार महिलाहरुलाई सिपयूक्त बनाउँदै महिलाहरुलाई रोजगार र स्वरोजगारमा वडा कार्यालयले उन्मुख गराइरहेको छ । सामान्य खर्च माग्न पनि श्रीमान वा परिवारका अभिभावकसँग मागीरहन नपरोस भनेर वडाले यस प्रकारको तालिमहरु सञ्चालन गरेको वडाध्यक्ष प्रजापति सापकोटाले बतउनु भयो ।

यो तालिम वडाको वार्षिक कार्यक्रम अन्तगर्त भएको हो । २ लाख रुपैँया हुँदै गरेको तालिम सुरुमा एक महिना मात्रै गर्ने भनिएको थियो ।तर सिक्ने कुरा नसकिएपछि तालिम थप १० दिन थपेर ४० दिन पुर्याइएको छ ।

झापाको दमकका महिलाहरुलाई विभिन्न प्रकारका तालीमहरु दिइरहिएको छ । आवश्यकता र मागका आधारमा नगरपालिकाले वडा स्तरमै कार्यक्रम सञ्चालन गरिरहेको छ । लक्षीत वर्गसम्म कार्यक्रमको पहुँच पुगोस भनेर कार्यक्रमलाई वडा स्तरमा बिस्तार गरिएको हो । दमकमा ‘दमकका महिला उद्यममा पहिला’भन्ने कार्यक्रम जनप्रतिनिधी आएदेखीनै सञ्चालन हुँदै आएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रास्वपाको दस्तावेजमाथी सुदन किराँतीको टिप्पणी : सुदन किराँती

काठमाडौं,११ असर । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री सुदन किराँतीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशनमा प्रस्तुत दस्तावेजमाथि गम्भीर बहस नगरी ताली

बाल विकासलाई प्राथमिकतामा राख्न मुख्यमन्त्री कार्कीको जोड

विराटनगर,११ असार । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रारम्भिक बाल विकासमा गरिएको लगानीले समग्र समाजको भविष्य निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने बताउनु भएको छ । कोसी

बाजुरामा असारे रोपाइँको चटारो

बाजुरा,११ असार । बाजुरामा यतिवेला असारे रोपाईँको चटारो छ । बर्षायामको समय सुरु भए पश्चात् यहाँका किसानहरु दिनरात खेतबारीको काममा व्यस्त छन् । रोपाईँ हुने

मदन भण्डारीको स्मृतिमा दमकमा हुदैछ बृहत् रक्तदान कार्यक्रम

दमक, ११ असार । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा झापाको दमकमा रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ। मदन भण्डारी फाउण्डेशन झापाको आयोजनामा तथा नेपाल

रविले मतदान गरेसंगै पहिलो चरणको मतदान सम्पन्न

काठमाडौं,११ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितनवमा जारी महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि भइरहेको निर्वाचन सम्पन्न भएको छ । पार्टी सभापति रवि लामिछानेले

बर्ड फ्लुका कारण ६० करोड रुपैयाँभन्दा धेरैको क्षति : डा. उमेश दाहाल

काठमाडौं । नेपालमा पछिल्ला तीन महिनादेखि फैलिरहेको बर्ड फ्लु संक्रमण अहिले विशेषगरी काठमाडौं उपत्यकामा केन्द्रित बनेको छ । पशुसेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार