सरकारले सार्वजनिक गर्यो शासकीय सुधारका १०० कार्य सूचीको प्रगति विवरण

काठमाडौं,२० असार । सरकारले शासकीय सुधारका १०० कार्यसूचीअन्तर्गत हालसम्म भएका कामहरु सार्वजनिक गरेको छ । सरकारले सेवा प्रवाह, सूचना प्रविधि, डिजिटल शासन तथा नेपाल टेलिकमको सेवा सुधारमा उल्लेखनीय उपलब्धि हासिल भएको जनाएको हो । सरकारका अनुसार २०८३ असार १६ गतेसम्म २३ लाख ७५ हजार १८१ वटा (८२ प्रतिशत) स्मार्ट सवारी चालक अनुमतिपत्र छपाइ सम्पन्न भएको छ । नयाँ आवेदनका हकमा यातायात व्यवस्था विभागबाट विवरण प्राप्त भएको २४ घण्टाभित्रै लाइसेन्स छाप्ने व्यवस्था समेत लागू गरिएको छ ।

 

डिजिटल अपराध नियन्त्रणतर्फ २६ वटा दर्ता भएका बेटिङ एप र २ लाख ४८ हजार ६७६ वटा अवैध अनलाइन सट्टेबाजी तथा जुवाका डोमेन लिंक बन्द गरेको छ । सरकारले ‘राष्ट्रिय विज्ञापन नीति, २०८३’ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ भने सूचना प्रविधि, साइबर सुरक्षा र कृत्रिम बुद्धिमत्ता सम्बन्धी विधेयकको मस्यौदा तयार पारेर प्रक्रिया अगाडि बढाइएको जनाएको छ । सेवा प्रवाहलाई छिटो बनाउन प्रसारण इजाजत तथा चलचित्र जाँचपास जस्ता सेवाको समय ३–७ दिनबाट घटाएर १–३ दिन मा सीमित गरिएको छ । हुलाक सेवामार्फत २ लाख ६ हजारभन्दा बढी राहदानी जिल्ला प्रशासन कार्यालयसम्म ढुवानी गरिएको छ भने ५ हजार ७२८ राहदानी सेवाग्राहीको घरमै पु¥याइएको छ ।

 

त्यस्तै, ८ लाखभन्दा बढी सवारी चालक अनुमतिपत्र सम्बन्धित कार्यालयसम्म ढुवानी गरिएको र ७ जिल्लाका १ हजार ८९ सेवाग्राहीलाई लाइसेन्स घरमै वितरण गरिएको जानकारी दिइएको छ । हुलाक सेवामार्फत स्वास्थ्य नमुना, शैक्षिक प्रमाणपत्र वितरण तथा देशभरका ५० हुलाक कार्यालयलाई ‘स्मार्ट हुलाक’ मा रूपान्तरण गर्ने काम पनि अघि बढाइएको सरकारले जनाएको छ । नेपाल टेलिकमतर्फ ग्राहकले डाटा प्याकेजको ९० प्रतिशत खपत भएपछि सूचना प्राप्त गर्ने, आवश्यक परे ‘पे एज य’ गो सेवा बन्द गर्न सक्ने, स्वतः नवीकरण हुने प्याकेज, फोरजी सेवाको गति ५९.७ प्रतिशतले वृद्धि, अनलाइन गुनासो प्रणाली, आवेदन जस्ता सुधार लागू गरिएको उल्लेख गरेको छ ।

 

सूचना प्रविधितर्फ सबै सरकारी वेबसाइटलाई अपाङ्गतामैत्री बनाइएको, नागरिक एपमार्फत राहदानी, प्रहरी प्रतिवेदन र सवारी चालक अनुमति पत्रका लागि आवेदन दिने सुविधा थपिएको तथा विभिन्न प्रमाणपत्र र लोक सेवा आयोगको प्रवेशपत्र डाउनलोड गर्न सकिने व्यवस्था मिलाइएको छ । यस्तै, संघ, प्रदेश र स्थानीय तहका ७०४ सरकारी निकायलाई एकीकृत कार्यालय व्यवस्थापन प्रणालीमा आबद्ध गरिएको सरकारले उल्लेख गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

२०२० को निर्वाचनमा २४ हजार गैरनागरिकले मतदान गरेको ट्रम्पको दाबी

काठमाडौं,३ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा २४ हजारभन्दा बढी गैरअमेरिकी नागरिकले अवैध रूपमा मतदान गरेको दाबी गर्नु भएको छ्

प्रशिक्षार्थी चिकित्सकको भत्ता र कार्यअवधिबारे सरोकारवालासँग छलफल

काठमाडौं,३ भदौ । प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता, काम गर्ने अवधि, उनीहरूको व्यावसायिक दक्षता तथा चिकित्सा शिक्षाको गुणस्तर बढाउने लगायतका विषयमा छलफल भएको छ

पाथीभरामा एकै वर्षमा ४ करोड ८२ लाख बढी भेटी संकलन

ताप्लेजुङ,३ भदौ । ताप्लेजुङमा अवस्थित पाथीभरामा एक वर्षमा चार करोड ८२ लाख बढी भेटी संकलन भएको छ । गत साउन महिनादेखि असार महिना सम्ममा चार

पाथीभरामा साउन महिनामा ३ लाख १८ हजार भेटी संकलन

पाथीभरा,२ भदौ । प्रसिद्ध तीर्थस्थल पाथीभरामा साउन महिनामा ३ लाख १८ हजार ५ सय रुपैयाँ भेटी संकलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिका अनुसार उक्त

जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि

काठमाडौं,२ भदौ । जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि गरिएको छ ।मंगलबार अन्त्येष्टिअघि श्रेष्ठको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि विजेश्वरीस्थित नेपाल भाषा मंका खलःको प्राङ्गणमा राखिएको थियो।

निष्पक्षतामा प्रश्न नउठ्ने गरी काम गर्छौं : सभापति थापा

काठमाडौं,२ भदौ ।नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनलाई निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्नुपर्ने बताउनु भएको छ। मंगलबार पार्टी कार्यालयमा आयोजित प्रशिक्षण कार्यक्रममा