कनकाई नदीबाट बालकको जीवितै उद्धार, अवस्था गम्भीर

झापा,२० असार।झापाको कनकाई नदीमा बग्दै गरेका एक बालकको स्थानीयवासी र प्रहरीको सक्रियतामा उद्धार गरिएको छ।
शनिबार दिउँसो २ बजे कनकाई नगरपालिका–२ भुरुङ्गास्थित नदीमा बग्दै गरेका अन्दाजी ९ वर्षीय सुनिल लिम्बूलाई स्थानीयले देखेर नदीबाहिर निकालेका थिए। घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट प्रहरी वरिष्ठ नायव निरीक्षक रवि राईको नेतृत्वमा खटिएको टोलीले बालकलाई तत्काल उपचारका लागि कनकाई नगर अस्पताल पठाएको छ।
हाल अस्पतालमा उपचाररत बालकको अवस्था गम्भीर रहेको र उनको स्थायी ठेगाना खुल्न बाँकी रहेकाले आफन्तको खोजी भइरहेको प्रहरीले जनाएको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गौरादहमा २२ उत्कृष्ट विद्यार्थी, शिक्षक र पूर्व शिक्षकहरू एकैसाथ सम्मानित

तीनवटै पक्षलाई आ–आफ्नो ठाउँबाट थप जिम्मेवार बन्न र उत्कृष्ट नतिजा दिन ठूलो प्रोत्साहन तथा ऊर्जा मिल्ने नगरपालिकाको विश्वास