चर्को ट्राफिक जरिवाना खारेजको माग गर्दै यातायात मजदुर संघ

काठमाडौं,२२ असार । ट्रेड युनियन कांगे्रससँग आबद्ध रहेको नेपाल यातायात मजदुर संघले सरकारले प्रस्ताव गरेको ट्राफिक जरिवाना साथै हालको सडक सुरक्षाको अवस्थालाई लिएर आपत्ति जनाएको छ । साथै संघले विभिन्न आभियानहरुपनि संचालन गरेको छ ।

ईन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेशन बेलायतले अघि सारेको सुरक्षित सडक तथा मर्यादित कामका सन्दर्भमा आइएलओको मार्गनिर्देशनलाई लिएर विश्वव्यापी रुपमा संचालित अभियान नेपालमा पनि आयोजना गरिएको हो ।

असार १५ देखि २२ गते सम्मको एक हप्ते अभियानका क्रममा यातायात मजदुरहरुलाई सम्मान र मर्यादित काम हुनुपर्ने, सामाजिक सुरक्षा लागु हुनुपर्ने, यातायात मजदुरहरुको स्थानीय सरकारमा पंजीकरण हुनुपर्ने, हाल प्रस्तावित जरिवाना रकम खारेज गर्नुपर्ने, सडक सुरक्षित हुनुपर्ने, न्यायोचित पारिश्रमिक हुनुपर्ने, रोजगारीको सुनिश्चितता हुनुपर्नेलगायतका मागहरु संघले अघि सारेको हो ।

त्यस्तै, सबै सरोकारवाला समावेश राष्ट्रिय यातायात नीति सम्मेलन हुनुपर्ने, त्रिपक्षीय संवाद बढाउनुपर्ने , काम गर्ने समयावधि तोकिनुपर्ने, आयातित सवारी साधनहरुमा एक प्रतिशत भंसार शुल्क लगाएर यातायात मजदुर कल्याणकारी कोष गठन गरिनुपर्ने लगायतका १३ बुँदे मागहरु राखेर विभिन्न स्थानमा अभियान संचालन गरिएको हो ।

१३ बुँदे माग लेखिएको प्यानर तथा प्लेकार्ड बोकेर संघका प्रतिनिधिहरुले कार्यस्थल वा वसपार्क, टिकट काउन्टरलगायतका स्थानमा सचेतना जगाएका थियो । सो क्रममा कोणसभा, डस्टविन वितरण, रक्तदान र सरसफाइका कामहरु गरेको थियो ।

एक हप्ते उक्त अभियानका क्रममा संघका राष्ट्रिय अध्यक्ष धर्मराज भण्डारीको नेतृत्वमा संसदको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेललाई भेटेर संघका तर्फबाट १३ बुँदे ज्ञापन पत्र बुझाएको थियो ।

अभियानका क्रममा सडक दुर्घटना न्यूनीकरण, सामाजिक सुरक्षा, स्थानीय तहमा पंजीकरण, प्रस्तावित जरिवाना खारेज , सुरक्षित सडकलगायतका विषयमा छलफल भएको थियो । ज्ञापन पत्र बुझदै सभापति गजुरेलले सम्बन्धित विषयहरुप्रति गम्भीर रहेको प्रतिक्रिया दिए ।

अभियानका क्रममा कोणसभा, रक्तदान, आँखाको स्वास्थ्य जाँच, सार्वजनिक साधनहरुमा डस्टविन वितरण गरिएको थियो । सन् २०२३ बाट निरन्तर यातायात मजदुरहरुका विभिन्न मुद्दाहरु चलाइरहेको अभियान फेडेरेशनको अगुवाईमा आबद्ध युनियनहरुले विभिन्न गतिविधिहरु संचालन गर्दै आइरहेका छन् । दुर संघद्धारा चर्को ट्राफिक जरिवाना खारेज तथा सुरक्षित सडकको माग

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शिक्षा तथा खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छ : मन्त्री पोखरेल

काठमाडौं,२२ असार । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शिक्षा तथा खेलकुद क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको बताउनु भएको छ । सोमबार बसेको राष्ट्रियसभाको बैठकमा

काँकडभिट्टा नाकामा गृहमन्त्रीको छड्के निरीक्षण, प्रहरीमाथि अवैध असुलीको गुनासोपछि केरकार

काँकडभिट्टा , २२ असार ।  झापाको काँकडभिट्टा सीमा क्षेत्र र मेची भन्सार कार्यालयको अनुगमनका क्रममा गृहमन्त्री सुधन गुरुङले प्रहरीमाथि तस्करीमा संलग्नता र अवैध रकम असुलीको

एआईको तीव्र विकासबीच पत्रकारिताको भविष्यबारे बहसः सहयोगी कि चुनौती?

एआई (कृत्रिम बुद्धिमत्ता) को तीव्र विकासले विश्वभर पत्रकारिताको भविष्यबारे बहस चर्किँदै गएको छ। कतिपयले यसलाई रोजगारी खोस्ने खतरा भन्दै डर व्यक्त गरिरहे पनि चीनको कुइचोउ

झापामा कालो सिसा प्रयोग गर्ने सवारीसाधनविरुद्ध ट्राफिक प्रहरीको कडा अभियान

झापा,२२ असार।  झापामा ट्राफिक प्रहरीले कालो सिसा प्रयोग गर्ने सवारीसाधनविरुद्ध कडा अभियान सुरु गरेको छ। आपराधिक गतिविधि नियन्त्रण र सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै यो अभियान

बिर्तामोड अनारमनी ग्रिडमा प्राविधिक खराबी, अवरोधप्रति सांसदको ध्यानाकर्षण

बिर्तामोड,२२ असार। संसद बैठकमा बोल्दै सांसद प्रकाश पाठकले झापाको विर्तामोडस्थित अनारमनी ग्रिडमा आएको प्राविधिक खराबीका कारण जिल्लाका विभिन्न स्थानीय तहमा विद्युत सेवा ठप्प भएको बताएका

पूर्वी नेपालमा गृहमन्त्रीको अनुगमन‘ झापा बाहुनडाँगीदेखि सुरक्षा समीक्षासम्म के–के भयो ?

काठमाडौं ,२२ असार। गृहमन्त्री सुधन गुरुङको पूर्व भ्रमणका क्रममा विभिन्न स्थानमा अनुगमन तथा समीक्षा गरिएको छ। भ्रमणका क्रममा उहाँले सुरक्षा अवस्था, मानव–वन्यजन्तु द्वन्द्व तथा स्थानीय