बाँदर, बँदेल र हात्तीको आतंक नियन्त्रण गर्न सांसद शर्माको सरकारसँग माग

काठमाडौं ,२२ असार। नेपाली कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्माले बाँदर, बँदेल र हात्तीको बढ्दो आतंकका कारण किसानहरू गाउँ छाड्न बाध्य भएको बताउनु भयो ।

सोमबार बसेको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उहाँले किसानले वर्षभरि खानका लागि लगाएको अन्नबाली खेतबारीमै नष्ट गर्ने मात्र नभइ घरभित्र भण्डारण गरेर राखिएको अन्नसमेत बाँदरले खाइदिएर दुख दिएको बताउनु भयो ।

उहाँले भन्नु भयो , ‘देशभर बाँदर र बँदेलको समस्याले गरिखाने किसानहरू गाउँ छाडेर हिँड्न बाध्य भएका छन् । किसानले वर्षभरी खानको लागि लगाउने अन्नबाली खेतबारीमा मात्र पसेर होइन, घर भित्र राखेको अन्नबाली समेत पसेर खाइदिने गरेको छ ।’

‘एक्लै हिड्डुल गर्दा पनि बाँदरको आक्रमण हुने गरेकाले एक्लै हिड्न डराउनपर्ने अवस्था छ,’ उनले भनिन् ‘बाँदर बँदेल र हत्तीको नियन्त्रण गर्न सरकारले तुरुन्त कदम चालोस् ।’

उहाँले बाँदर, बँदेल र हात्तीलाई तत्काल नियन्त्रण गर्नको लागि प्रभावकारी कदम चाल्न आग्रह गर्नुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गौरादहमा २२ उत्कृष्ट विद्यार्थी, शिक्षक र पूर्व शिक्षकहरू एकैसाथ सम्मानित

तीनवटै पक्षलाई आ–आफ्नो ठाउँबाट थप जिम्मेवार बन्न र उत्कृष्ट नतिजा दिन ठूलो प्रोत्साहन तथा ऊर्जा मिल्ने नगरपालिकाको विश्वास