दुग्ध विकास संस्थानको घोटाला प्रतिवेदन सार्वजनिक गरियोस् : चौलागाईं

काठमाडौं,२२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मधुकुमार चौलागाईंले दुग्ध विकास संस्थान (डीडीसी) भित्र भएको भनिएको अनियमितताको छानबिन प्रतिवेदन सार्वजनिक गर्न तथा दूध किसानको बक्यौता भुक्तानी सुनिश्चित गर्न सरकारसँग माग गर्नु भएको छ।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले अर्थ मन्त्रालयले दुग्ध विकास संस्थानभित्र भएको अनियमितताको छानबिन गर्न २०८१ सालमा समिति गठन गरेको र उक्त समितिले मेसिन तथा औजार खरिदमा १ करोड १७ लाख रुपैयाँको अनियमितता भएको निष्कर्षसहित प्रतिवेदन बुझाएको उल्लेख गर्नुभयो।

‘अर्थ मन्त्रालयले दुग्ध विकास संस्थानभित्र भएको अनियमितताको विषयमा छानबिन गर्न २०८१ सालमा समिति गठन गर्यो। समितिले प्रतिवेदन पनि बुझायो। त्यस प्रतिवेदनले मेसिन तथा औजार खरिदमा १ करोड १७ लाख रुपैयाँ घोटाला भएको देखाएको छ। त्यो प्रतिवेदन कुन शोकेसमा छ रु कहिले बाहिर निस्किन्छ रु र दूध किसानले कहिले भुक्तानी पाउँछन् रु’ भन्दै उनले सरकारको ध्यानाकर्षण गराउनु भयो।

त्यसैगरी, उहाँले रोजगारीका लागि भारत गएका काभ्रेको नवबुद्ध गाउँका एक नेपाली युवाको शंकास्पद मृत्युबारे पनि सरकारको ध्यानाकर्षण गराउनु भयो।

‘देशले रोजगारी दिन सकेन। काभ्रे नवबुद्धका एक युवा रोजगारीको खोजीमा भारत पुगे। यही महिनाको १३ गते उनको मृत्यु भयो। घटनालाई शंकास्पद मृत्यु भनिएको छ, परिवारले पनि शंकास्पद भनेको छ। तर सरकार बेखबर छ। घटनाको निष्पक्ष अनुसन्धानका लागि सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ उहाँले भन्नु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शिक्षा तथा खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छ : मन्त्री पोखरेल

काठमाडौं,२२ असार । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शिक्षा तथा खेलकुद क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको बताउनु भएको छ । सोमबार बसेको राष्ट्रियसभाको बैठकमा

काँकडभिट्टा नाकामा गृहमन्त्रीको छड्के निरीक्षण, प्रहरीमाथि अवैध असुलीको गुनासोपछि केरकार

काँकडभिट्टा , २२ असार ।  झापाको काँकडभिट्टा सीमा क्षेत्र र मेची भन्सार कार्यालयको अनुगमनका क्रममा गृहमन्त्री सुधन गुरुङले प्रहरीमाथि तस्करीमा संलग्नता र अवैध रकम असुलीको

एआईको तीव्र विकासबीच पत्रकारिताको भविष्यबारे बहसः सहयोगी कि चुनौती?

एआई (कृत्रिम बुद्धिमत्ता) को तीव्र विकासले विश्वभर पत्रकारिताको भविष्यबारे बहस चर्किँदै गएको छ। कतिपयले यसलाई रोजगारी खोस्ने खतरा भन्दै डर व्यक्त गरिरहे पनि चीनको कुइचोउ

झापामा कालो सिसा प्रयोग गर्ने सवारीसाधनविरुद्ध ट्राफिक प्रहरीको कडा अभियान

झापा,२२ असार।  झापामा ट्राफिक प्रहरीले कालो सिसा प्रयोग गर्ने सवारीसाधनविरुद्ध कडा अभियान सुरु गरेको छ। आपराधिक गतिविधि नियन्त्रण र सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै यो अभियान

बिर्तामोड अनारमनी ग्रिडमा प्राविधिक खराबी, अवरोधप्रति सांसदको ध्यानाकर्षण

बिर्तामोड,२२ असार। संसद बैठकमा बोल्दै सांसद प्रकाश पाठकले झापाको विर्तामोडस्थित अनारमनी ग्रिडमा आएको प्राविधिक खराबीका कारण जिल्लाका विभिन्न स्थानीय तहमा विद्युत सेवा ठप्प भएको बताएका

पूर्वी नेपालमा गृहमन्त्रीको अनुगमन‘ झापा बाहुनडाँगीदेखि सुरक्षा समीक्षासम्म के–के भयो ?

काठमाडौं ,२२ असार। गृहमन्त्री सुधन गुरुङको पूर्व भ्रमणका क्रममा विभिन्न स्थानमा अनुगमन तथा समीक्षा गरिएको छ। भ्रमणका क्रममा उहाँले सुरक्षा अवस्था, मानव–वन्यजन्तु द्वन्द्व तथा स्थानीय