झापामा कालो सिसा प्रयोग गर्ने सवारीसाधनविरुद्ध ट्राफिक प्रहरीको कडा अभियान

झापा,२२ असार।  झापामा ट्राफिक प्रहरीले कालो सिसा प्रयोग गर्ने सवारीसाधनविरुद्ध कडा अभियान सुरु गरेको छ।

आपराधिक गतिविधि नियन्त्रण र सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै यो अभियान सञ्चालन गरिएको हो।

तीन दिनको अवधिमा ४२ वटा चार पाङ्ग्रे सवारीसाधनबाट कालो सिसा हटाइएको ट्राफिक प्रहरीले जनाएको छ। अभियानअन्तर्गत चालकहरूलाई कालो सिसा प्रयोग नगर्न र अनिवार्य रूपमा सेतो सिसा प्रयोग गर्न आग्रह गरिएको छ।

कालो सिसा प्रयोगले अपराध गतिविधि सहज हुने र सुरक्षा चुनौती बढ्ने भन्दै ट्राफिक प्रहरीले कडाइ गरिएको जनाएको छ। सवारी तथा यातायात ऐन, २०४९ अनुसार अनुमति बिना सवारीमा हेरफेर गर्न पाइँदैन।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गौरादहमा २२ उत्कृष्ट विद्यार्थी, शिक्षक र पूर्व शिक्षकहरू एकैसाथ सम्मानित

तीनवटै पक्षलाई आ–आफ्नो ठाउँबाट थप जिम्मेवार बन्न र उत्कृष्ट नतिजा दिन ठूलो प्रोत्साहन तथा ऊर्जा मिल्ने नगरपालिकाको विश्वास