विराटनगर कांग्रेसका नेता अभिषेक गिरी सीआईबीको घेरामा ,किन लगियो रातारात काठमाडौं?

विराटनगर २३ असार । जिल्ला अदालत मोरङले हाजिरी जमानीमा छाड्न आदेश दिए पनि विराटनगरका कांग्रेस नेता अभिषेक गिरी थुनामुक्त हुन पाएनन्। अदालतको आदेशपछि सोमबार राति केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उहाँलाई काठमाडौं लगेको हो।
मोरङमा आपराधिक लाभ, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान चलिरहेका बेला सीआईबीले ठगी र आपराधिक विश्वासघातसम्बन्धी छुट्टै मुद्दामा पक्राउ अनुमति लिएर गिरीलाई नियन्त्रणमा लिएको जनाएको छ।

सीआईबीका अनुसार गिरीमाथि करोडौं रुपैयाँ बराबरको आर्थिक कारोबारमा ठगी र विश्वासघात गरेको आरोप छ। घरजग्गा खरिद, ठूलो रकमको चेक कारोबार तथा व्यवसायीसँगको लेनदेनसम्बन्धी उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ।
गिरीलाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतबाट अनुमति लिइएको बताइएको छ। उनलाई विराटनगर विमानस्थलबाट बुद्ध एयरमार्फत काठमाडौं लगिएको थियो। विमानस्थलमा गिरीले आफूलाई कुटपिट र यातना दिएको आरोप लगाउँदै आफ्नो ज्यान जोखिममा रहेको दाबी गरेका थिए।
यसअघि मोरङ प्रहरीले असार १३ गते गिरीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको थियो। सोमबार जिल्ला अदालत मोरङका न्यायाधीश टंकबहादुर महतको इजलासले म्याद थप अस्वीकार गर्दै हाजिरी जमानीमा छाड्ने आदेश दिएको थियो। तर अदालतबाट बाहिरिएलगत्तै सीआईबीले उनलाई पुनः नियन्त्रणमा लिएको हो।

सीआईबीले अहिले गिरीको आर्थिक कारोबार, सम्पत्तिको स्रोत, बैंकिङ विवरण र व्यवसायीसँगको लेनदेनमाथि अनुसन्धान गरिरहेको जनाएको छ।
गिरी यसअघि अपहरण तथा शरीर बन्धक मुद्दामा नौ वर्ष कैद भुक्तान गरी २०७९ सालमा जेलमुक्त भएका थिए। जेलबाट छुटेपछि उनी नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भएका थिए। पछिल्लो समय उनी विराटनगरका राजनीतिक गतिविधिमा सक्रिय देखिँदै आएका थिए।
प्रहरीले भने गिरीमाथिको अनुसन्धान आर्थिक अपराध र अन्य गतिविधिसँग जोडिएका विषयमा समेत विस्तार हुन सक्ने जनाएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रेडक्रसका सवारी र चिन्ह दुरुपयोग गरे कारबाही हुने

काठमाडौं,२३ असार । नेपाल रेडक्रस सोसाइटीले संस्थाका सवारी साधन, एम्बुलेन्स तथा रेडक्रस चिन्हको अनधिकृत प्रयोग नगर्न चेतावनी दिएको छ। रेडक्रसका सवारी साधन व्यक्तिगत, पारिवारिक, व्यावसायिक

२.४ अर्ब डलर सहयोग गर्ने एडिबीको घोषणा,६० वर्षे साझेदारी थप सुदृढ बनाइने

काठमाडौं,२३ असार । एसियाली विकास बैंक (एडिबी) ले सन् २०२९ सम्म नेपालमा आफ्नो सहयोग बढाउँदै कुल २।४ अर्ब अमेरिकी डलर पुर्‍याउने भएको छ। नेपाल भ्रमणमा

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा।देवेन्द्र खत्री नियुक्त

काठमाडौं,२३ असार । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा।देवेन्द्र खत्री नियुक्त भएका छन् । प्रधानमन्त्री तथा आयोगका अध्यक्ष बालेन शाहले डा।खत्रीलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन्

विराटनगर कांग्रेसका नेता अभिषेक गिरी सीआईबीको घेरामा ,किन लगियो रातारात काठमाडौं?

विराटनगर २३ असार । जिल्ला अदालत मोरङले हाजिरी जमानीमा छाड्न आदेश दिए पनि विराटनगरका कांग्रेस नेता अभिषेक गिरी थुनामुक्त हुन पाएनन्। अदालतको आदेशपछि सोमबार राति

काँकडभिट्टा तस्करी प्रकरण स् दुई डीएसपीसहित ११ प्रहरी अनुसन्धानमा

काँकडभिट्टा ,२३ असार । गृहमन्त्री सुदन गुरुङले झापाको काँकडभिट्टा सीमा नाका र मेची भन्सार कार्यालयको निरीक्षणका क्रममा तस्करीबारे गुनासो सुनेपछि दुई डीएसपीसहित ११ जना प्रहरी

सार्वजनिक लेखा समितिमा महिला नेतृत्वको माग

काठमाडौं ,२३ असार। प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा समितिको आन्तरिक कार्यविधि पारित तथा बेरुजु छलफल उपसमिति गठनबारे छलफलका क्रममा महिला सांसदले उपसमितिको संयोजकमा महिलाको सुनिश्चित