राईको अभिव्यक्तिपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं, २४ असार । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। बुधबार बसेको बैठकमा नेकपा एमालेका सांसद राजेन्द्र कुमार राईको अभिव्यक्तिपछि विवाद उत्पन्न भएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित भएको छ।

बैठकमा बोल्ने क्रममा सांसद राईले सभामुखलाई सम्बोधन गर्दै, ‘म सभामुखलाई एउटा निवेदन गर्न चाहन्छु, तपाईं कान सुन्नुहुन्छ कि सुन्नुहुन्नरु’ भन्दै प्रश्न गर्नु भएको थियो ।

सांसद राईको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सभामुखले संसद्को मर्यादा कायम राख्न आग्रह गर्नुभयो। उहाँले सभा र सभाध्यक्षको अपहेलना हुने गरी अभिव्यक्ति नदिन निर्देशन दिँदै आफ्ना भनाइ मर्यादाभित्र रहेर राख्न भन्नु भयो।सभामुखले सांसद राईलाई भाषा सुधार गरेर बोल्न समय दिनु भएको थियो। तर, पुनः बोल्ने क्रममा राईले सभामुखले आफूले राख्न खोजेको कुरा नसुनेर अपहेलना हुने गरी धारणा राखेको भन्दै आपत्ति जनाउनु भयो। उहाँले ‘पाँच वर्ष तपाईंले संसद् चलाउन सक्नुहुन्न’ भन्ने आशयको अभिव्यक्ति दिनु भएको थियो।

त्यसपछि सभामुखले बैठक स्थगित गर्नुभएको हो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गौरादहमा २२ उत्कृष्ट विद्यार्थी, शिक्षक र पूर्व शिक्षकहरू एकैसाथ सम्मानित

तीनवटै पक्षलाई आ–आफ्नो ठाउँबाट थप जिम्मेवार बन्न र उत्कृष्ट नतिजा दिन ठूलो प्रोत्साहन तथा ऊर्जा मिल्ने नगरपालिकाको विश्वास