उखु किसानको अनुदान रकम तत्काल भुक्तानी गर्न सांसद शाहको सरकारसँग माग

काठमाडौं ,२४ असार। नेपाली कांग्रेसका सांसद अभिषेक प्रताप शाहले उखु किसानलाई सरकारले उपलब्ध गराउनुपर्ने अनुदान रकम तत्काल भुक्तानी गर्न माग गर्नु भएको छ ।

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शाहले बर्दियाको राजापुर नगरपालिका–५ बदालपुरस्थित राजापुर सुगर एण्ड केमिकल इन्डस्ट्रि प्रालिले किसानबाट खरिद गरेको उखुको रकम भुक्तानी गरिसकेको भए पनि सरकारले दिने अनुदान रकम अझै उपलब्ध नगराएको बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘बर्दियाको राजापुर नगरपालिका वडा–५ बदालपुरमा २०८० साल भदौ २५ गते उद्योग विभाग, त्रिपुरेश्वर काठमाडौंमा दर्ता भएको राजापुर सुगर एण्ड केमिकल इन्डस्ट्रि प्राइभेट लिमिटेडले २०८२ साल पुस २२ गतेदेखि चैत १२ गतेसम्म किसानहरूसँग लाखौँ क्विन्टल उखु खरिद गरेको छ ।’

सांसद शाहले कम्पनीले किसानलाई प्रति क्विन्टल ६२० रुपैयाँका दरले तिर्नुपर्ने सम्पूर्ण रकम भुक्तानी गरिसकेको उल्लेख गर्दै नेपाल सरकारले उखु कृषक अनुदानबापत उपलब्ध गराउनुपर्ने प्रतिक्विन्टल ७० रुपैयाँ रकम भने अझै भुक्तानी नगरेको बताउनु भयो ।

उहाँले कृषि मन्त्रालयको कार्यविधि २०७५ को दोस्रो संस्करण २०७६ अनुसार किसानले पाउनुपर्ने अनुदान रकम उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनु भयो ।

‘मन्त्रालय आफै उक्त रकम भुक्तानीका लागि आनाकानी गरिरहेको छ । तसर्थ उक्त रकम भुक्तानीका लागि पहल गरी यथाशीघ्र किसानको रकम निकासा गर्न सभामुखमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ उहाँले भन्नु भयो ।

 

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

तेलको मूल्य बढ्यो, हवाई सुरक्षामा कडाइ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको शान्ति सम्झौता र युद्धविराम समाप्त भएको घोषणा गरेसँगै विश्व अर्थतन्त्रमा त्यसको प्रत्यक्ष असर देखिन थालेको छ। मध्यपूर्वमा बढेको तनावका कारण

करोडौंको सम्पत्ति हडपेको आरोप, अभिषेक गिरीमाथि सीआईबीको अनुसन्धान

विराटनगर,२४ असार । विराटनगर–८ का अभिषेक गिरीमाथि निर्माण व्यवसायीको करोडौं रुपैयाँ बराबरको सम्पत्ति हडपेर श्रीमतीको नाममा नामसारी गरेको आरोप लागेको छ। सरकारी ठेक्का मिलाइदिने प्रलोभन

मन्त्रिपरिषद्का ८ निर्णय सार्वजनिक, गोविन्दबहादुर कार्की बने नयाँ मुख्यसचिव

काठमाडौं, २४ असार। सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका ८ वटा प्रमुख निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार बैठकले प्रधानमन्त्री तथा

कोशी सरकारको बजेट पारित

विराटनगर ,२४ असार । सत्तारुढ दलभित्रै चर्किएको असन्तुष्टिबीच कोशी प्रदेशसभाले आगामी आर्थिक वर्ष २०८३ /८४ का लागि प्रदेश सरकारले प्रस्तुत गरेको ४० अर्ब ४४ करोड

नेपाली विद्यार्थीलाई पाकिस्तानमा अध्ययन गर्ने मौका, ६ छात्रवृत्ति उपलब्ध

काठमान्डौं , २४ असार ।नेपाली विद्यार्थीले पाकिस्तानमा बीएससी इन्जिनियरिङ अध्ययनका लागि छात्रवृत्तिको अवसर पाउने भएका छन्। शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले सूचना जारी गर्दै इच्छुक

१२ हजार रुपैयाँ घुससहित वन अधिकृत रंगेहात पक्राउ

सिरहा, २४ असार । सिरहाको सब डिभिजन वन कार्यालय बन्दिपुरका प्रमुख वन अधिकृत रामकेवल राय यादव १२ हजार रुपैयाँ घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान