चट्याङबाट बझाङका किसानलाई लाखौंको क्षति

काठमाडौं,२४ असार । एमालेका प्रमुख सचेतक एन बहादुर महरले बझाङमा चट्याङका कारण पशुधनमा ठूलो क्षति भएको बताउनु भएको छ ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै महरले बझाङ जिल्लाको सुर्मा गाउँपालिका–२ मा असार २२ गते राति परेको चट्याङबाट रणबहादुर बोहोरा र लालचन्द्र बोहोराका करिब १०० वटा भेडा मरेको थप करिब ५० वटा घाइते भएको बताउनु भएको छ । उहाँले किसानलाई तत्काल राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गर्नु भयो ।

उहाँले भन्नु, ‘मेरो गृह जिल्ला बझाङको सुर्म गाउपालिका वडा नम्वर २ मा २२ गते राति ठुलो चट्याङ परेर रण बहादुर बोहोरा र लाल चन्द्र बोहोराको करिब १०० ओटा भोडा मरे र ५० वटा जति घाइते भएका छन् ।’

उहाँले उक्त घटनाबाट किसानलाई ३० देखि ४० लाख रुपैयाँभन्दा बढीको आर्थिक क्षति पुगेको बताउनु भयो । पशुपालन नै उनीहरूको मुख्य जीविकोपार्जनको आधार भएकाले सरकारबाट तत्काल सहयोग आवश्यक रहेको बताउनु भएको छ ।

‘३०÷४० लाख भन्दा बढीको क्षति भएको छ । उहाँहरूको जिउने आधार नै मुख्य त्यही थियो । यस प्रति म सरकारको गम्भीर ध्यान आर्कषन गराउन चाहन्छु । ती किसान हरूको क्षति पूर्तिको व्यवस्था गरियोस्,’ उहाँले भन्नु भयो, ‘कृषिलाई एउटा अर्थतन्त्रको एउटा महत्त्व पूर्ण आधारको रूपमा अगाडि बढाउन खोजी रहे
का छौँ । सरकारले कृषि प्रवद्र्धनको कुरा गरीरहेको छ । यसरी कृषि व्यवसाय गरी रहेका किसानहरूलाई सरकारले ध्यान दिनु पर्दछ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

तेलको मूल्य बढ्यो, हवाई सुरक्षामा कडाइ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको शान्ति सम्झौता र युद्धविराम समाप्त भएको घोषणा गरेसँगै विश्व अर्थतन्त्रमा त्यसको प्रत्यक्ष असर देखिन थालेको छ। मध्यपूर्वमा बढेको तनावका कारण

करोडौंको सम्पत्ति हडपेको आरोप, अभिषेक गिरीमाथि सीआईबीको अनुसन्धान

विराटनगर,२४ असार । विराटनगर–८ का अभिषेक गिरीमाथि निर्माण व्यवसायीको करोडौं रुपैयाँ बराबरको सम्पत्ति हडपेर श्रीमतीको नाममा नामसारी गरेको आरोप लागेको छ। सरकारी ठेक्का मिलाइदिने प्रलोभन

मन्त्रिपरिषद्का ८ निर्णय सार्वजनिक, गोविन्दबहादुर कार्की बने नयाँ मुख्यसचिव

काठमाडौं, २४ असार। सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका ८ वटा प्रमुख निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार बैठकले प्रधानमन्त्री तथा

कोशी सरकारको बजेट पारित

विराटनगर ,२४ असार । सत्तारुढ दलभित्रै चर्किएको असन्तुष्टिबीच कोशी प्रदेशसभाले आगामी आर्थिक वर्ष २०८३ /८४ का लागि प्रदेश सरकारले प्रस्तुत गरेको ४० अर्ब ४४ करोड

नेपाली विद्यार्थीलाई पाकिस्तानमा अध्ययन गर्ने मौका, ६ छात्रवृत्ति उपलब्ध

काठमान्डौं , २४ असार ।नेपाली विद्यार्थीले पाकिस्तानमा बीएससी इन्जिनियरिङ अध्ययनका लागि छात्रवृत्तिको अवसर पाउने भएका छन्। शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले सूचना जारी गर्दै इच्छुक

१२ हजार रुपैयाँ घुससहित वन अधिकृत रंगेहात पक्राउ

सिरहा, २४ असार । सिरहाको सब डिभिजन वन कार्यालय बन्दिपुरका प्रमुख वन अधिकृत रामकेवल राय यादव १२ हजार रुपैयाँ घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान