कोशी सरकारको बजेट पारित

विराटनगर ,२४ असार । सत्तारुढ दलभित्रै चर्किएको असन्तुष्टिबीच कोशी प्रदेशसभाले आगामी आर्थिक वर्ष २०८३ /८४ का लागि प्रदेश सरकारले प्रस्तुत गरेको ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको बजेट पारित गरेको छ । बजेट पारित गराउन सत्तारुढ नेकपा (एमाले) र नेपाली कांग्रेसले आफ्ना सांसदलाई ह्वीप जारी गर्नुपरेको हो ।

मुख्यमन्त्री तथा मन्त्रीहरूको निर्वाचन क्षेत्रमा मात्रै बजेट केन्द्रित गरिएको भन्दै सत्तापक्षकै सांसदहरूले विरोध जनाएका थिए। केही सांसदले हस्ताक्षर अभियानसमेत चलाएपछि प्रदेशसभा बैठक पटक–पटक स्थगित भएको थियो । सांसदहरूको असन्तुष्टि बढेपछि सरकारले विभिन्न मन्त्रालयबाट १ अर्ब रुपैयाँ बजेट कटौती ९सरेन्डर० गरेर सन्तुलन मिलाउने प्रतिबद्धता जनाएको थियो । त्यसपछि कांग्रेस र एमालेले आफ्ना सांसदलाई अनिवार्य उपस्थित भई बजेटको पक्षमा मतदान गर्न ह्वीप जारी गरेका थिए। सोही सहमतिपछि बुधबार बजेट बहुमतले पारित भएको हो । पारित बजेटअनुसार चालुतर्फ १३ अर्ब ९७ करोड ६३ लाख रुपैयाँ, पुँजीगततर्फ २० अर्ब ७५ करोड ९९ लाख रुपैयाँ, वित्तीय व्यवस्थातर्फ १५ करोड रुपैयाँ तथा वित्तीय हस्तान्तरणका लागि ५ अर्ब ५६ करोड ३६ लाख रुपैयाँ विनियोजन गरिएको छ । बजेट कार्यान्वयनका लागि आन्तरिक राजस्वबाट ५ अर्ब ५० करोड रुपैयाँ, राजस्व बाँडफाँटबाट १२ अर्ब ८७ करोड रुपैयाँ, संघीय सरकारको वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब १२ करोड रुपैयाँ जुटाइने अनुमान गरिएको छ ।

यस्तै, सशर्त अनुदानबाट ५ अर्ब ९५ करोड रुपैयाँ, समपूरक अनुदानबाट ६४ करोड रुपैयाँ, विशेष अनुदानबाट ५५ करोड रुपैयाँ, रोयल्टीबाट ४१ करोड रुपैयाँ तथा सोझै भुक्तानी शीर्षकबाट २० करोड रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ । बाँकी ५ अर्ब रुपैयाँ नगद मौज्दातबाट व्यवस्थापन गरिने बजेट वक्तव्यमा उल्लेख छ । प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गरेको थियो। बजेट सार्वजनिक भएदेखि नै स्रोत बाँडफाँट र योजनाको वितरणलाई लिएर सत्तापक्षभित्र असन्तुष्टि देखिएको थियो । अन्ततः दलहरूको ह्वीप र १ अर्ब रुपैयाँ बजेट पुनःसमायोजन गर्ने प्रतिबद्धतापछि बजेट पारित भएको हो

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

तेलको मूल्य बढ्यो, हवाई सुरक्षामा कडाइ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको शान्ति सम्झौता र युद्धविराम समाप्त भएको घोषणा गरेसँगै विश्व अर्थतन्त्रमा त्यसको प्रत्यक्ष असर देखिन थालेको छ। मध्यपूर्वमा बढेको तनावका कारण

करोडौंको सम्पत्ति हडपेको आरोप, अभिषेक गिरीमाथि सीआईबीको अनुसन्धान

विराटनगर,२४ असार । विराटनगर–८ का अभिषेक गिरीमाथि निर्माण व्यवसायीको करोडौं रुपैयाँ बराबरको सम्पत्ति हडपेर श्रीमतीको नाममा नामसारी गरेको आरोप लागेको छ। सरकारी ठेक्का मिलाइदिने प्रलोभन

मन्त्रिपरिषद्का ८ निर्णय सार्वजनिक, गोविन्दबहादुर कार्की बने नयाँ मुख्यसचिव

काठमाडौं, २४ असार। सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका ८ वटा प्रमुख निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार बैठकले प्रधानमन्त्री तथा

कोशी सरकारको बजेट पारित

विराटनगर ,२४ असार । सत्तारुढ दलभित्रै चर्किएको असन्तुष्टिबीच कोशी प्रदेशसभाले आगामी आर्थिक वर्ष २०८३ /८४ का लागि प्रदेश सरकारले प्रस्तुत गरेको ४० अर्ब ४४ करोड

नेपाली विद्यार्थीलाई पाकिस्तानमा अध्ययन गर्ने मौका, ६ छात्रवृत्ति उपलब्ध

काठमान्डौं , २४ असार ।नेपाली विद्यार्थीले पाकिस्तानमा बीएससी इन्जिनियरिङ अध्ययनका लागि छात्रवृत्तिको अवसर पाउने भएका छन्। शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले सूचना जारी गर्दै इच्छुक

१२ हजार रुपैयाँ घुससहित वन अधिकृत रंगेहात पक्राउ

सिरहा, २४ असार । सिरहाको सब डिभिजन वन कार्यालय बन्दिपुरका प्रमुख वन अधिकृत रामकेवल राय यादव १२ हजार रुपैयाँ घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान