प्रधानमन्त्रीको सीमा अभिव्यक्ति सच्याउन श्रम संस्कृति पार्टीको माग

काठमाडौं,२५ असार । श्रम संस्कृति पार्टीका सांसद पूर्ण प्रसाद लिम्बुले प्रधानमन्त्रीले सीमा सम्बन्धी दिएको अभिव्यक्ति तत्काल सच्याउनुपर्ने बताउनु भएको छ ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद लिम्बुले प्रधानमन्त्रीले जेठ १७ गते दिएको सीमा सम्बन्धी अभिव्यक्ति छिटोभन्दा छिटो सच्याउनुपर्ने विषयमा आफ्नो पार्टीको अडान यथावत रहेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नु भयो, ‘सम्माननीय सभामुख महोदय, सम्माननीय प्रधानमन्त्रीज्यूले जेठ १७ गते सीमासम्बन्धी दिनुभएको अभिव्यक्ति छिटोभन्दा छिटो सच्याइयोस् भन्ने हाम्रो पार्टीको अडान यथावत रहेको जानकारी गराउँदछौँ। धन्यवाद ।’

श्रम संस्कृति पार्टीले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिप्रति असहमति जनाउँदै त्यसलाई सच्याउन सरकारसँग पुनः आग्रह गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

२५ करोड ऋणमा ५० लाख घुस माग्ने नेपाल बैंकका पूर्वअध्यक्ष चन्द्रबहादुर विशेष अदालतबाट कसुरदार ठहर

१४ असोज, काठमाडौं । ऋण दिएबापत घुस मागेको आरोप खेपेका नेपाल बैंक लिमिटेडका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारी विशेष अदालतबाट दोषी ठहर भएका छन् । विशेष

बाढीले क्षतविक्षत भएको एक महिनापछि बेत्रावतीसम्म जोडियो सडक, रसुवागढी नाका खुलाउने प्रयास तीव्र

काठमाडौँ , असोज १४। भोटेकोशीमा आएको विनाशकारी बाढीपहिरोले सडक तथा पुलहरूमा क्षति पुर्‍याई सञ्जालबाट विच्छेद भएको एक महिनापछि बेत्रावतीसम्मको सडक पुनः जोडिएको छ । नेपाली

खर्च कटौतीको नीतिविपरीत साढे ३ करोडको विलासी गाडी किन्ने प्रक्रिया मधेस सरकारद्वारा रद्द

जनकपुरधाम , असोज १४। मधेस प्रदेश सरकारले ‘अति विशिष्ट व्यक्ति’ (भीभीआईपी) का लागि साढे ३ करोड रुपैयाँ बराबरको विलासी चारपाङ्ग्रे सवारीसाधन खरिद गर्न आह्वान गरेको