सीमा सम्बन्धी अभिव्यक्तिबारे संसद्मै जवाफ दिन ओलीको माग

काठमाडौं, २५ असार । सांसद खुस्बु ओलीले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिले राष्ट्रिय स्वाभिमान प्रश्न उठाएको भएकाले संसदमै स्पष्ट जवाफ दिन माग गर्नु भएको छ ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले प्रधानमन्त्रीले दिएको गैरजिम्मेवार अभिव्यक्तिका कारण आफूहरू बोल्न बाध्य भएको बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘प्रधानमन्त्रीले दिएको गैरजिम्मेवार अभिव्यक्तिकै विषयमा बोल्न बाध्य भएको छौँ । यो हाम्रो रहर भन्दा पनि बाध्यता हो ।’

संसद्को नियमित कार्यसूची प्रभावित नहोस् र जनताका मुद्दा ओझेलमा नपरून् भन्ने जिम्मेवारीबोधका साथ संयमता अपनाएको भए पनि सरकारले त्यसलाई कमजोरीका रूपमा बुझेको जस्तो देखिएको उहाँले बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘संसद्को नियमित कार्यसूची अवरोध नहोस् र जनताको मुद्ध ओझेलमा नपरून् भन्ने जिम्मेवारबोधका साथ संयन्ता अपनायौँ । तर सरकारले त्यसलाई कमजोरी ठानेको जस्तो स्पष्ट देखियो । प्रधानमन्त्रीको एउटा अभिव्यक्ति , एउटा विचार मात्र हुँदैन त्यो राज्यको आधिकारिक धारण बन्छ ।’

ओलीले प्रधानमन्त्रीको अभिव्यक्ति व्यक्तिगत विचार मात्र नभई राज्यको आधिकारिक धारणा बन्ने उहाँले बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘नेपालको सीमा र भूमिसँग सम्बन्धी विषयमा प्रयोग हुने प्रत्येक शब्दले राष्ट्रिय स्वाभिमान र अन्तर्राष्ट्रिय सन्देश दुवै निर्धारण गर्छ । सीमा नक्साको रेखा मात्र होइन इतिहास, बलिदान, सार्वभैमीकता र भावी पुस्ताप्रतिको दायित्व हो । यसैले यस विषयमा जवाफ दिन संसदमै आउनुपर्छ ।’

नेपालको सीमा र भूमिसम्बन्धी विषयमा प्रयोग हुने प्रत्येक शब्दले राष्ट्रिय स्वाभिमान र अन्तर्राष्ट्रिय सन्देश निर्धारण गर्ने बताउँदै उहाँले सीमा नक्साको रेखा मात्र नभई इतिहास, बलिदान, सार्वभौमिकता र भावी पुस्ताप्रतिको दायित्वसँग जोडिएको विषय भएको धारणा राख्नु भयो । सीमा सम्बन्धी विवादास्पद अभिव्यक्तिबारे सरकारले संसद्मै स्पष्ट जवाफ दिनुपर्ने बताउनु भयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

२५ करोड ऋणमा ५० लाख घुस माग्ने नेपाल बैंकका पूर्वअध्यक्ष चन्द्रबहादुर विशेष अदालतबाट कसुरदार ठहर

१४ असोज, काठमाडौं । ऋण दिएबापत घुस मागेको आरोप खेपेका नेपाल बैंक लिमिटेडका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारी विशेष अदालतबाट दोषी ठहर भएका छन् । विशेष

बाढीले क्षतविक्षत भएको एक महिनापछि बेत्रावतीसम्म जोडियो सडक, रसुवागढी नाका खुलाउने प्रयास तीव्र

काठमाडौँ , असोज १४। भोटेकोशीमा आएको विनाशकारी बाढीपहिरोले सडक तथा पुलहरूमा क्षति पुर्‍याई सञ्जालबाट विच्छेद भएको एक महिनापछि बेत्रावतीसम्मको सडक पुनः जोडिएको छ । नेपाली

खर्च कटौतीको नीतिविपरीत साढे ३ करोडको विलासी गाडी किन्ने प्रक्रिया मधेस सरकारद्वारा रद्द

जनकपुरधाम , असोज १४। मधेस प्रदेश सरकारले ‘अति विशिष्ट व्यक्ति’ (भीभीआईपी) का लागि साढे ३ करोड रुपैयाँ बराबरको विलासी चारपाङ्ग्रे सवारीसाधन खरिद गर्न आह्वान गरेको