मेची राजमार्ग भासिँदा पूर्वका तीन जिल्ला सडक सम्पर्कविहीन, सयौँ यात्रु अलपत्र

इलाम,२५ असार । निरन्तरको वर्षा र कमजोर भूबनोटका कारण इलाम नगरपालिका–९ स्थित माइखोला (राजदुवाली) क्षेत्रमा मेची राजमार्गको सडक भासिएपछि बिहीबार बिहानदेखि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

पूर्वी पहाडी जिल्लाहरूको ‘लाइफलाइन’ मानिने यो राजमार्ग बन्द हुँदा इलाम, पाँचथर र ताप्लेजुङको झापासँगको मुख्य सडक सम्पर्क विच्छेद भएको छ।
राजमार्ग अवरुद्ध भएपछि मालवाहक ट्रक, एम्बुलेन्स र यात्रुवाहक सवारीसाधन बाटोमै रोकिएका छन्। तराईबाट पहाडतर्फ आउने सवारी माइखोला बजार क्षेत्रमा र पहाडबाट झापातर्फ जाने सवारी गोलाखर्क भञ्ज्याङमा रोकिएका छन्। यात्रुहरू जोखिमपूर्ण बाटो हिँडेर पार गर्न बाध्य भएका छन्।
सडक अवरुद्ध हुँदा आकस्मिक उपचारका लागि झापा वा विराटनगर लैजानुपर्ने बिरामीहरू सबैभन्दा बढी प्रभावित भएका छन्। एम्बुलेन्स अघि बढ्न नसक्दा बिरामीलाई स्ट्रेचरमा बोकेर हिलो र जोखिमपूर्ण बाटो पार गराउनुपर्ने अवस्था सिर्जना भएको छ।

यता, इलाम र पाँचथरका कृषकहरूले उत्पादन गरेको दूध, तरकारीलगायत छिट्टै कुहिने कृषि उपज बजारसम्म पु¥याउन नसक्दा लाखौँ रुपैयाँ बराबरको क्षति हुने चिन्ता बढेको छ। सम्बन्धित निकायले सडक खुलाउने प्रयास गरिरहेको भए पनि वर्षा नरोकिएकाले तत्काल सञ्चालनमा ल्याउन चुनौती देखिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विद्युत नियमन आयोगले तोक्यो आगामी आर्थिक वर्षको प्रसारण शुल्क

काठमाडौं , असोज १५। विद्युत नियमन आयोगले आर्थिक वर्ष २०८३/८४ का लागि राष्ट्रिय विद्युत प्रसारण ग्रिडको प्रसारण शुल्क निर्धारण गरेको छ । आयोगले विद्युत उत्पादनदेखि

राष्ट्रपति पौडेलसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौं , असोज १५। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित कार्यक्रममा

लाइफलाइन अस्पताल र माङ्सेबुङ गाउँपालिकाबीच स्वास्थ्य सम्झौता

दमक, १५ असोज । इलामको माङ्सेबुङ गाउँपालिका र दमकमा रहेको लाइफलाइन अस्पतालबीच गाउँपालिकावासीलाई स्वास्थ्य सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ।   बिहीबार अस्पतालमा आयोजित

पाथीभरा कुलिनरी आट्र्सका विद्यार्थीले दसैँको झझल्को यसरी देखाए

    दमक, १५ असोज । दमकमा होटल म्यानेजमेन्ट अध्ययन गराउँदै आएको पाथीभरा कुलिनरी आट्र्सका विद्यार्थीहरूले बिहीबार दसैँ विशेष कार्यक्रम आयोजना गरेका छन्।   दसैँको