२०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा

काठमाडौं,३१ असार ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा संघीय संसदमा १६६ वटा विधेयक पेश गर्ने तयारी गरेको बताउनुभएको छ।

उहाँले उक्त आर्थिक वर्षलाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ का रूपमा घोषणा गर्दै प्रचलित कानुनको सुधार, पुनरावलोकन तथा नयाँ कानुन निर्माणलाई प्रभावकारी रूपमा अघि बढाइने जानकारी दिनुभयो

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री गौतमले विधायन ऐन, २०८१ को व्यवस्थाअनुसार सम्बन्धित मन्त्रालयसँग छलफल गरी आगामी आर्थिक वर्षका लागि विधेयकको प्राथमिकतासहितको वार्षिक कार्यतालिका तयार गरी संघीय संसदमा पठाइएको बताउनुभएको छ।

उहाँले भन्नुभयो, ‘विधायन ऐन २०८१ को दफा ३ मा सम्बन्धित मन्त्रालयले आगामी आर्थिक वर्षमा तर्जुमा गर्नुपर्ने विधेयक पहिचान गरी प्रत्येक वर्षको जेठ महिनाभित्र विधेयकको प्राथमिकताक्रम खुलाई कानुन मन्त्रालयमा पठाउनुपर्ने व्यवस्था छ। प्राप्त विवरणका आधारमा सम्बन्धित मन्त्रालयसँग असार २४ र २५ गते छलफल गरी आर्थिक वर्ष २०८३/८४ का लागि संघीय संसदमा पेश गरिने १६६ वटा विधेयकको प्राथमिकतासहितको कार्यतालिका तयार गरिएको छ। उक्त कार्यतालिका आजै संघीय संसदमा पठाइएको छ र प्रतिनिधिसभाका सभामुख तथा राष्ट्रियसभाका अध्यक्षलाई समेत सूची बुझाइएको छ।’

मन्त्री गौतमका अनुसार आगामी आर्थिक वर्ष संसदमा पेश गरिने १६६ विधेयकमध्ये ९७ वटा नयाँ विधेयक र ६९ वटा प्रचलित ऐन संशोधनसम्बन्धी छन्। तीमध्ये ६४ वटा पहिलो, ४५ वटा दोस्रो र ५७ वटा तेस्रो प्राथमिकतामा राखिएका छन्।

उहाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट १५, अर्थ मन्त्रालयबाट १५, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट ४, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट ४, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट १७, कृषि, वन तथा वातावरण मन्त्रालयबाट १३, गृह मन्त्रालयबाट ११, परराष्ट्र मन्त्रालयबाट ४, पूर्वाधार विकास मन्त्रालयबाट १६, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट ८, महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयबाट ७, युवा, श्रम तथा रोजगार मन्त्रालयबाट ५, रक्षा मन्त्रालयबाट १, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयबाट ४, शिक्षा तथा खेलकुद मन्त्रालयबाट ९, सूचना तथा सञ्चार मन्त्रालयबाट ६, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट ११ तथा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट १६ वटा विधेयक तयारीको क्रममा रहेको जानकारी दिनुभयो।

‘प्रचलित कानुनको सुधार तथा नयाँ कानुन निर्माणलाई थप प्रभावकारी रूपमा अगाडि बढाउन, प्रचलित ऐनको खारेजी, संशोधन, संहिताकरण र एकीकरण गर्ने तथा नयाँ कानुन बनाउनुपर्ने विधेयकको पहिचान गर्न आर्थिक वर्ष २०८३/८४ लाई कानुन सुधार तथा निर्माण वर्षका रूपमा घोषणा गरेका छौं। साथै प्रचलित कानुनहरूको पुनरावलोकन तथा सुधारका लागि उच्चस्तरीय कानुन सुधार समिति गठन गर्ने तयारी भइरहेको छ,’ उहाँले भन्नुभयो।

मन्त्री गौतमले कानुन सुधार वर्ष भएकाले कार्यतालिकामा समावेश नभएका तर आवश्यक पर्ने विधेयक पनि विधायन ऐन, २०८१ अनुसार संसदमा पेश गर्न सकिने बताउनुभयो। आवश्यकता अनुसार विधेयकको प्राथमिकतामा समेत हेरफेर गर्न सकिने उहाँको भनाइ थियो।

उहाँले विधेयक तर्जुमाको अवस्थालाई नियमित रूपमा अनुगमन गर्न ‘गभर्नमेन्ट बिल ट्र्याकिङ सिस्टम’ सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो।

‘विधेयक अनुगमन प्रणाली (गभर्नमेन्ट बिल ट्र्याकिङ सिस्टम) सञ्चालनमा ल्याउने तयारी गरेका छौं। त्यसैगरी ‘नो योर ल, मेक योर ओन ल’ सुझाव पोर्टलमार्फत आम नागरिक तथा सरोकारवालाबाट सुझाव संकलन गरिरहेका छौं। हालसम्म करिब ४०० वटा महत्त्वपूर्ण सुझाव प्राप्त भइसकेका छन्। ती सुझावहरूको अध्ययन, विश्लेषण र सरोकारवालासँग छलफल गरी कानुन संशोधन तथा नयाँ कानुन निर्माण प्रक्रियामा समावेश गर्ने काम भइरहेको छ,’ उहाँले भन्नुभयो।

मन्त्री गौतमले संघीय संसदमा विधेयक निर्माण, छलफल र पारित गर्ने प्रक्रियालाई थप व्यवस्थित, नियमित र समयमै सम्पन्न गर्न सभामुख, संसदीय समितिका सभापति तथा संसद सचिवालयसँग आवश्यक समन्वय गरिने पनि बताउनुभयो।

उहाँले कानुन निर्माण प्रक्रियालाई सहभागितामूलक, पारदर्शी र प्रभावकारी बनाउने सरकारको लक्ष्य रहेको उल्लेख गर्दै त्यसका लागि सबै पक्षको सहयोग आवश्यक रहेको धारणा राख्नुभयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आत्मदाहका समाचार सम्प्रेषण गर्दा डब्लुएचओको मिडिया गाइडलाइन पालना गर्न आवश्यक 

  काठमाडौं । पछिल्लो समय देशमा आत्मदाहका घटना बढ्न थालेका छन् । पछिल्लो सात दिनयता देशका विभिन्न स्थानमा आत्मदाहका चारवटा घटना सार्वजनिक भएपछि मानसिक स्वास्थ्य,

इलाम चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ

इलाम ,३१ असार । इलामको चुलाचुली गाउँपालिकाका एक इन्जिनियर ६ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का

प्रधानमन्त्रीलाई संसद प्रति उत्तरदायी बन्न सांसद गुरुङको आग्रह

काठमाडौं,३१ असार । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बन्न आग्रह गर्दै सदनमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने माग गर्नु भएको

इलामका जीर्ण सडक तत्काल मर्मत गर्न सांसद निष्कल राईको माग

काठमाडौं, ३१ असार । नेपाली कांग्रेसका सांसद निष्कल राईले इलाम जिल्लाको सडक पूर्वाधारको दयनीय अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल मर्मत तथा पुनर्निर्माण गर्न माग गर्नुभएको

२०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा

काठमाडौं,३१ असार ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा संघीय संसदमा १६६ वटा विधेयक पेश गर्ने तयारी

युवाहरूमा आशा जगाउन र कर्मचारीको माग सम्बोधन गर्न सांसद शर्माको आग्रह

काठमाडौं,३१ असार । नेपाल कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्मा ले पछिल्लो समय देशमा लगातार भइरहेका आत्मदाहका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता घटना रोक्न सरकारले