इलाम चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ

इलाम ,३१ असार । इलामको चुलाचुली गाउँपालिकाका एक इन्जिनियर ६ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्।

पक्राउ पर्नेमा चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।
अख्तियारको टोलीले उनलाई झापाको दमक नगरपालिका–१ स्थित एक खाजाघरबाट बुधबार पक्राउ गरेको हो। अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार खड्कालाई सेवाग्राहीबाट लिएको ६ लाख रुपैयाँसहित नियन्त्रणमा लिइएको हो।

अख्तियारका अनुसार इन्जिनियर खड्काले पुलको रिडिजाइन स्वीकृत गराइदिने तथा ठेक्काको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीलाई दुःख तथा हैरानी दिई घुस रकम माग गरेका थिए।
घुस रकम लिँदै गरेको सूचनाका आधारमा अख्तियारको टोलीले निगरानी गरी उनलाई नियन्त्रणमा लिएको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गौरादहमा २२ उत्कृष्ट विद्यार्थी, शिक्षक र पूर्व शिक्षकहरू एकैसाथ सम्मानित

तीनवटै पक्षलाई आ–आफ्नो ठाउँबाट थप जिम्मेवार बन्न र उत्कृष्ट नतिजा दिन ठूलो प्रोत्साहन तथा ऊर्जा मिल्ने नगरपालिकाको विश्वास