निकुञ्जभित्र हराएका सबै महिला सकुशल भेटिए, नेपाली सेनाद्वारा उद्धार

भीमदत्त कञ्चनपुर, ४ साउन । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न जाने क्रममा सम्पर्कविहीन भएका सबै महिलाहरू सकुशल फेला परेका छन्। नेपाली सेनासहितको संयुक्त सुरक्षा टोलीको सक्रिय खोजी तथा उद्धार अभियानपछि उनीहरू परिवारको सम्पर्कमा आएका हुन्।

गत आइतबारदेखि हराइरहेका भीमदत्त नगरपालिका–१९ बागफाँटा र दशरथ टोलका महिलाहरूको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी तथा निकुञ्ज प्रशासनले संयुक्त रूपमा व्यापक सर्च अपरेसन चलाएका थिए।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको रणसिंह दल गणका गणपति प्रमुख सेनानी प्रकाश घिमिरेका अनुसार सबै संयन्त्र परिचालन गरेर निकुञ्जभित्र खोजी कार्यलाई तीव्र बनाइएपछि महिलाहरू सुरक्षित फेला परेका हुन्।

यसअघि, आइतबार साँझदेखि निकुञ्जभित्रै हराइरहेका बेल्डाडी गाउँपालिका–२ का अन्य तीन जना महिलालाई रणसिंह दल गणका सहसेनानी सुमन जिसी नेतृत्वको टोलीले सोमबार बिहानै सकुशल उद्धार गरी परिवारको जिम्मा लगाएको थियो।

निकुञ्जभित्र च्याउ टिप्न गएका तीन वटा छुट्टाछुट्टै महिला समूह जङ्गलमा अलमलिएर सम्पर्कविहीन भएका थिए। घना जङ्गल, जङ्गली जनावरको उच्च जोखिम र कठिन भौगोलिक अवस्थाका बाबजुद सुरक्षा टोलीले रातभर अपरेसन जारी राखेको थियो।

 

निकुञ्ज प्रशासनले अनुमति बिना संरक्षित क्षेत्रभित्र प्रवेश नगर्न र वन्यजन्तुको जोखिम हुने भएकाले जङ्गली क्षेत्रमा जथाभाबी नजान सर्वसाधारणलाई कडा आग्रह गरेको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कृषि उत्पादकत्व बढाउन सिँचाइ र कृषिलाई सँगै लैजान्छौँ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं,५ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले सिँचाइ र कृषिलाई एकीकृत गर्दै कृषि उत्पादकत्व वृद्धि गर्ने तयारी भइरहेको बताउनु भएको छ। साथै,

शिक्षा मन्त्री पोखरेल र अमेरिकी कार्यवाहक राजदूत अर्बम बिच भेटवार्ता

काठमाडौं,५ साउन । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेटवार्ता गर्नु भएको छ। सिंहदरबारस्थित मन्त्रालयमा

वैदेशिक रोजगार पूर्ण रूपमा ’डिजिटल’ बनाइने, काठमाडौं धाउनु पर्ने बाध्यता हट्दै

काठमाडौं,५ साउन । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले वैदेशिक रोजगार क्षेत्रलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने तयारी भइरहेको बताउनु भएको छ ।

शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज भएको प्रधानमन्त्री बालेनको घोषणा

काठमाडौँ,५ साउन । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरेको छ । प्रधानमन्त्री बालेन शाहले सरकारले शिक्षा समता शुल्क र

कीर्तिपुरमा रोकिराखेको कारमा आगलागी, एक पुरुषको शव फेला

काठमाडौं, ५ साउन । काठमाडौंको कीर्तिपुरमा कारमा आगलागी भएको छ। मंगलबार साढे ११ बजेतिर कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा रोकि राखेको बा ५ च ३०३८ नम्बको कारमा

बाढी–पहिरोले ७ प्रमुख राजमार्ग ठप्प, ५१ सडक भने सुचारु

काठमाडौं,५ साउन। लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशभरका सात प्रमुख राजमार्ग पूर्ण रूपमा तथा १२ राजमार्ग आंशिक रूपमा प्रभावित भएका छन्। सडक विभागले