लगानीकर्ताको गुहार, ‘माग बढाउने वातावरण नबनाए बजार चल्दैन’,छलफलमा बालेनले के भने?

काठमान्डौं , ४ साउन ।  सेयर बजारमा देखिएको निरन्तर दबाब, घट्दो लगानीकर्ता मनोबल र बजारमा माग पक्ष कमजोर भएको भन्दै लगानीकर्ताहरूले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) समक्ष सुधारका लागि विभिन्न सुझाव राखेका छन्।
सोमबार प्रधानमन्त्री शाहसँग भएको भेटमा सेयर लगानीकर्ताहरूले बजारमा बढिरहेको सेयर आपूर्तिलाई सन्तुलनमा ल्याउन माग पक्ष बलियो बनाउने नीति आवश्यक रहेको बताएका छन्। उनीहरूले पुँजी बजारमा देखिएका समस्या समाधान गरी लगानीकर्ताको विश्वास बढाउने वातावरण बनाउन सरकारको सक्रिय भूमिका आवश्यक रहेको धारणा राखेका छन्।

सेयर लगानीकर्ता अम्बिका प्रसाद पौडेलले भेटपछि बजारमा देखिएका विद्यमान समस्या, कर प्रणाली सुधार र लगानीकर्ताको मनोबल बढाउने विषयमा प्रधानमन्त्रीसँग छलफल भएको जानकारी दिनु भएको छ।
उहाँका अनुसार अहिले बजारमा सेयर आपूर्ति बढिरहेको अवस्थामा त्यसअनुसार माग सिर्जना हुन सकेको छैन। त्यसका लागि संस्थागत लगानीकर्ताको भूमिका विस्तार गर्ने, बजारमा नयाँ लगानीकर्ता आकर्षित गर्ने र नीतिगत सुधार गर्नुपर्ने विषय प्रधानमन्त्रीसमक्ष राखिएको छ।

नेपाल उद्योग वाणिज्य महासंघ पुँजीबजार फोरमका सभापति प्रियराज रेग्मीले ब्रोकर कम्पनीलाई मार्जिन लेन्डिङ सञ्चालन गर्न आवश्यक व्यवस्था गर्नुपर्ने, गैरआवासीय नेपालीलाई सहज प्रक्रियाबाट नेपाली पुँजी बजारमा ल्याउनुपर्ने र नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई आधुनिक प्रविधियुक्त बनाउनुपर्ने सुझाव दिएको बताए।

लगानीकर्ताले नेप्सेको पुनर्संरचना, दक्ष जनशक्ति विकास, नयाँ लगानीका औजारको विस्तार तथा बजारलाई अन्तर्राष्ट्रिय स्तरअनुसार प्रतिस्पर्धी बनाउनुपर्ने विषयसमेत उठाएका छन्।
त्यस्तै, धितोपत्र बोर्डको कार्यशैली सुधार गर्नुपर्ने, हाल कायम रहेको १० कित्ते नीतिको पुनरावलोकन गर्नुपर्ने र योग्य संस्थागत लगानीकर्तामार्फत बुक बिल्डिङ प्रक्रियाबाट आईपीओ निष्कासन गर्ने व्यवस्था प्रभावकारी बनाउनुपर्ने माग पनि राखिएको छ।

बजारमा कारोबार रकम र लगानीकर्ताको आत्मविश्वास बढाउन इन्ट्रा–डे कारोबार सुरु गर्नुपर्ने सुझावसमेत प्रधानमन्त्रीलाई दिइएको छ।
छलफलका क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले लगानीकर्ताका सुझावहरू ध्यानपूर्वक सुनेको र पुँजी बजारलाई अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा विकास गर्न सरकार गम्भीर रहेको बताएका छन्।
प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत पुँजी परिचालनसँगै रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तार गर्न सकिने भन्दै नियामक निकायका प्रमुख तथा बजार सञ्चालकहरूसँग थप छलफल गरी आवश्यक सुधारका कदम चाल्ने प्रतिबद्धता जनाएको बताइएको छ।

अब लगानीकर्ताले उठाएका मागमध्ये कति विषय तत्काल सम्बोधन हुन्छन् र कति विषय केवल छलफलमै सीमित हुन्छन् भन्ने कुरा सरकारको आगामी कदमले स्पष्ट गर्नेछ। सेयर बजार सुधारका लागि नीति, नियमन र लगानीकर्ताको विश्वास तीनै पक्ष सँगसँगै अघि बढ्नुपर्ने आवश्यकता देखिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कृषि उत्पादकत्व बढाउन सिँचाइ र कृषिलाई सँगै लैजान्छौँ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं,५ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले सिँचाइ र कृषिलाई एकीकृत गर्दै कृषि उत्पादकत्व वृद्धि गर्ने तयारी भइरहेको बताउनु भएको छ। साथै,

शिक्षा मन्त्री पोखरेल र अमेरिकी कार्यवाहक राजदूत अर्बम बिच भेटवार्ता

काठमाडौं,५ साउन । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेटवार्ता गर्नु भएको छ। सिंहदरबारस्थित मन्त्रालयमा

वैदेशिक रोजगार पूर्ण रूपमा ’डिजिटल’ बनाइने, काठमाडौं धाउनु पर्ने बाध्यता हट्दै

काठमाडौं,५ साउन । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले वैदेशिक रोजगार क्षेत्रलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने तयारी भइरहेको बताउनु भएको छ ।

शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज भएको प्रधानमन्त्री बालेनको घोषणा

काठमाडौँ,५ साउन । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरेको छ । प्रधानमन्त्री बालेन शाहले सरकारले शिक्षा समता शुल्क र

कीर्तिपुरमा रोकिराखेको कारमा आगलागी, एक पुरुषको शव फेला

काठमाडौं, ५ साउन । काठमाडौंको कीर्तिपुरमा कारमा आगलागी भएको छ। मंगलबार साढे ११ बजेतिर कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा रोकि राखेको बा ५ च ३०३८ नम्बको कारमा

बाढी–पहिरोले ७ प्रमुख राजमार्ग ठप्प, ५१ सडक भने सुचारु

काठमाडौं,५ साउन। लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशभरका सात प्रमुख राजमार्ग पूर्ण रूपमा तथा १२ राजमार्ग आंशिक रूपमा प्रभावित भएका छन्। सडक विभागले