प्रधानमन्त्री बालेन शाहमाथि नीति बदलिएको आरोप

काठमान्डौं,७ साउन । जसले विदेशी कूटनीतिज्ञसँग ’वान–अन–वान’ भेट नगर्ने भन्दै राष्ट्रवादको नारा दिएका थिए, अहिले उनै प्रधानमन्त्री बालेन शाहमाथि नीति बदलिएको आरोप लागेको छ।“
प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनलाई परराष्ट्र मन्त्रालयलाई जानकारी नै नदिई दिल्ली पठाइएको दाबी गरिएको छ। त्यहाँ भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग गोप्य भेट भएको भनिए पनि त्यसको आधिकारिक अभिलेख नेपाल सरकारसँग छैन।

यति मात्र होइन, अब प्रधानमन्त्री बालेनले भारत र चीनका राजदूतसँग पनि छुट्टाछुट्टै ’वान–अन–वान’ भेट गर्ने तयारी गरिरहेको दाबी गरिएको छ। जबकि यसअघि भारतीय विदेश सचिव विक्रम मिस्री र अमेरिकी विशेष दूतसँग भेट्न उनले अस्वीकार गरेका थिए।

प्रश्न उठ्न थालेको छ— के यो राष्ट्रवादको नीति परिवर्तन हो, कि बदलिँदो राजनीतिक परिस्थितिको बाध्यता?
विश्लेषकहरूका अनुसार यसको पछाडि तीन कारण देखिन्छन्— भारतसँग सम्बन्ध सुदृढ गर्ने प्रयास, बढ्दो घरेलु आलोचनाबाट बाहिर निस्कने रणनीति, र पार्टीभित्र शक्ति सन्तुलन कायम गर्ने चाहना।
उता अर्थतन्त्रमा पनि प्रधानमन्त्री आफैं सक्रिय देखिएका छन्। निजी क्षेत्र, उद्योगी, लगानीकर्ता र व्यवसायीसँग लगातार भेटघाट भइरहेका छन्। कतिपयले यसलाई अर्थ मन्त्रालयलाई नै ’बाइपास’ गर्ने शैलीको रूपमा व्याख्या गरेका छन्।

समता कर फिर्ता लिने निर्णयदेखि सेयर बजारका लगानीकर्तासँगको सक्रिय संवादसम्म प्रधानमन्त्रीका पछिल्ला कदमले एउटा संकेत भने स्पष्ट दिएका छन्— सरकार आफ्नो प्रारम्भिक शैलीबाट नयाँ राजनीतिक र कूटनीतिक बाटोतर्फ अघि बढिरहेको देखिन्छ।
अब सबैभन्दा ठूलो प्रश्न— यो परिवर्तन देशको हितका लागि हो, कि बढ्दो दबाबको परिणाम? यसको जवाफ आगामी दिनका निर्णयहरूले दिनेछन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाबुले भोट हालेर गए, तर हाम्रो नागरिकता नै बनेन

दमक, ८ साउन । झापाको गौरीगञ्ज गाउँपालिका–३ मा बस्ने धुतुरो मुखिया ३२ वर्षको हुनुभयो । तर, उहाँको जीवनको एउटा ठूलो सपना अझै अधुरै छ। त्यो

‘सीमा सुरक्षा कडा बनाउन नियमित छड्के अनुगमन गर्दैछु’: गृहमन्त्री

काठमाडौं,८ साउन । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा गृहमन्त्री सुधन गुरुङले दक्षिणी सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन आफूले सिमावर्ती नाकामा नियमित रूपमा

वामपन्थी आन्दोलन र सुरक्षा निकायका कमजोरी बारे प्रचण्डको प्रश्न

काठमाडौं,८ साउन । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालै देखिएको राजनीतिक घटनाक्रमले नेपालको राजनीतिक नेतृत्व, सुरक्षा संयन्त्र तथा वामपन्थी आन्दोलनका कमजोरीबारे

न्यायपालिकामा हस्तक्षेप नगर्न नेपाल सरकारलाई अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाहरूको चेतावनी

काठमाडौं,८ साउन । अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाहरूले नेपाल सरकारलाई सर्वोच्च अदालतमा हुने नियुक्ति तथा अदालतको संरचनामा हस्तक्षेप नगर्न चेतावनी दिएका छन्। उनीहरूले यसलाई न्यायपालिकाको स्वतन्त्रतामाथिको गम्भीर

आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनको छलफल सुरु

काठमाडौं,८ साउन। नेपालमा इन–भिट्रो फर्टिलाइजेसन (आईभीएफ) सेवालाई सुरक्षित, गुणस्तरीय र व्यवस्थित बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आवश्यक कानुनी तथा नीतिगत छलफल गरेको छ। स्वास्थ्य

दमक बजारका सडक मर्मत गरिदिन मेयर थापाको तारन्तार पत्र, तर देखिएन उपलब्धि

दमक, ८ साउन । दमक नगरपालिकाभित्र निर्माणाधीन सडक तथा ढल व्यवस्थापन आयोजनाहरू लामो समयदेखि अलपत्र परेपछि दमक नगरपालिकाका नगरप्रमुख रामकुमार थापाले सम्बन्धित निकायलाई पटक–पटक पत्राचार