६३ वटा स्थललाई सामान्यमा

इलाममा  २९ वटा मतदानस्थललाई अति संवेदनशीलमा

 

 

 

 

 

 

इलाम : स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा जिल्ला सुरक्षा समितिले इलामका २९ वटा मतदानस्थललाई अति संवेदनशीलमा राखेको छ। यस्तै, ५९ वटा मतदानस्थललाई संवेदनशील र ६३ वटा स्थललाई सामान्यमा राखिएको जिल्ला सुरक्षा समिति प्रमुख तथा इलामका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाले बताए।

सुरक्षाका दृष्टिले जिल्लाका १५१ वटै मतदान स्थलको अवस्था विश्लेषण गरेर अति संवेदनशील, संवेदनशील र सामान्यमा छुट्याइएको बताइएको छ।

‘कतिपय नजिक र सुविधा सम्पन्न स्थानहरुमै रहेका मतदानस्थल पनि अति संवेदनशीलमा परेका छन्, कति टाढा र सीमा क्षेत्रमा पर्ने स्थलहरु पनि छन्।’ प्रजिअ ढुङ्गानाले भने ‘अब एकिकृत सुरक्षा योजना तयार भएपछि र निर्वाचन अधिकृत तथा मतदान अधिकृत खटाइएपछि मात्र सुरक्षाकर्मी पनि खटिनेछन्।’

यता, जिल्लामा रहेका ५५० बढी नेपाल प्रहरी, एक हजार १९८ म्यादी प्रहरी आउँदो निर्वाचनमा खटिने इलामका प्रहरी उपरिक्षक महेन्द्रकुमार श्रेष्ठले बताए। ‘नेपाल प्रहरी, शसस्त्र र नेपाली सेना बीच एकिकृत सुरक्षा योजना बन्दै छ, यो योजना बनेपछि मात्र निर्वाचनमा खटिने सुरक्षाकर्मीको संख्या आउनेछ।’

अति संवेदनशील भनिएको ठाउँमा आवश्यकताको आधारमा ११ जनाभन्दा बढी सुरक्षाकर्मी खटाइने छ। अति संवेदनशील हुनुपर्ने तर सदरमुकाम नजिक भएका, तत्काल थप सुरक्षाकर्मी परिचालन गराउन सकिने मतदान स्थललाई संवेदनशील तथा सामान्य मतदान स्थलको रूपमा राखिएको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न क्रस रिभर बैंकको नयाँ अभियान

काठमाडौं,१३ असार । अमेरिकाको अत्याधुनिक वित्तीय पूर्वाधार निर्माणमा अग्रणी संस्था क्रस रिभर बैंकले नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न एक अभियान सुरु गरेको छ। हाल नेपालमा

धनुषामा पेस्तोल र गोलीसहित दुई जना पक्राउ

जनकपुर,१३ असार । धनुषामा पेस्तोलसहित २ जना पक्राउ परेका छन् । जिल्लाको जनकपुरधाम उपमहानगरपालिका ०९ थापा चोकस्थित एक होटलबाट शनिबार –आज) पेस्तोल, इगल र्याप्टर लेखिएको

राप्रपा महाधिवेशन मंसिर २६ देखि २८ सम्म काठमाडौंमै हुने, मिति सर्दैनः राजेन्द्र लिङ्देन

काठमाडौं,१३ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा नै हुने बताउनु भएको

फुटबलरकी श्रीमतीसहित ९२० भन्दा बढीको मृत्यु!

काराकास,१३ असार । भेनेजुएलामा आएको विनाशकारी भूकम्पमा एक आमाले आफ्नी सानी छोरीलाई बचाउने क्रममा ज्यान गुमाउनु भएको छ। स्थानीय सञ्चारमाध्यम र भेनेजुएलाका फुटबलर हेक्टर बेलोका

लुकाकु बने विश्वकपमा बेल्जियमका लागि सर्वाधिक गोल गर्ने खेलाडी

काठमाडौं,१३ असार । बेल्जियमका अनुभवी फरवार्ड रोमेलु लुकाकु फिफा विश्वकप इतिहासमा बेल्जियमबाट सर्वाधिक गोल गर्ने खेलाडी बन्नु भएको छ। क्यानडाको भ्यानकुभरमा शनिबार सम्पन्न फिफा विश्वकप