पेम्बा गुरुङको भनाई, व्यवस्थाको विकल्प अर्को व्यवस्था हुन सक्दैन

तनहुँ,१७ साउन । संविधान सभा सदस्य पेम्बा गुरुङ भोटेले वर्तमान संविधान राजनीतिक दलहरूबिचको सम्झौताको दस्ताबेज भएकाले यसको निष्ठापूर्वक र इमानदार कार्यान्वयनमै मुलुकको भविष्य रहेको बताउनु भएको छ ।

पोलिटिकल साइन्स सोसाइटी नेपालद्वारा तनहुँमा आयोजित ‘राजनीति शास्त्र शिक्षाको आवश्यकता र महत्त्व तथा बदलिँदो परिवेशमा राजनीतिक दलको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै संविधानसभा सदस्य गुरुङले सो कुरा बताउनु भएको हो ।

सम्बोधनका क्रममा नेता गुरुङले संविधानमा त्रुटि खोजेर मात्रै पूर्णता प्राप्त नहुने भन्दै राजनीतिक व्यवस्था र संविधानको निरन्तर विकल्प खोज्दै जाने प्रवृत्तिले मुलुकलाई सही गन्तव्यमा नपु¥याउने चेतावनी दिनुभयो ।

‘राजनीतिक दलको विकल्प अर्को राजनीतिक दल हुन सक्छ, तर व्यवस्थाको विकल्प हत्तपत्त अर्को व्यवस्था हुन सक्दैन,’ उहाँले भन्न्ुा भयो, ‘विकल्पमाथि विकल्प मात्रै खोज्दै जाने हो भने त्यसले कुनै सकारात्मक परिणाम दिँदैन । असहमति मात्रै जनाइरहने हो भने हामी कहिल्यै पूर्णताको विन्दुमा पुग्न सक्दैनौँ ।’

नेता गुरुङले कुनै पनि दर्शन वा विचार शतप्रतिशत पूर्ण नहुने उल्लेख गर्दै नेपालको सन्दर्भमा तिनको व्यावहारिक कार्यान्वयन हुन नसक्दा समस्या पैदा भएको उल्लेख गरे कार्ल मार्क्सले परिकल्पना गरेको मार्क्सवाद युरोप केन्द्रित भए पनि नेपालमा मदन भण्डारीले त्यसलाई परिमार्जन गरी ’जनताको बहुदलीय जनवाद’का रूपमा व्याख्या गरेको प्रसङ्ग उल्लेख गर्दै उनले सिद्धान्त र व्यवहारबिचको दूरीलाई औँल्याउनु भएको हो ।

त्यस्तै, नेपाली कांग्रेसको सन्दर्भमा चर्चा गर्दै उहाँले भन्न्ुा भयो, ‘संविधानको प्रस्तावनामा हामीले समाजवादतर्फको गन्तव्य भनेका छौँ, तर हाम्रो बाटो पूर्ण रूपमा पुँजीवादतर्फ गइरहेको छ । लिने कार्यदिशा र हिँड्ने बाटो एक ठाउँमा नमिल्दा नै देशले दुःख भोग्नुपरेको हो ।’

बदलिँदो राजनीतिक परिदृश्यबारे चर्चा गर्दै भोटेले तनहुँका स्थानीय राजनीतिकर्मीहरूलाई केन्द्रको भर नपरी जिल्लाको वास्तविक आवश्यकता र आफ्नो भूमिका पहिचान गर्न आग्रह गर्नु भयो ।

तनहुँमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जितेको प्रसङ्ग जोड्दै उहाँले भन्नु भयो, ‘विगतमा बिपी कोइराला र रामचन्द्र पौडेलको अखाडाका रूपमा रहेको तनहुँ क्षेत्र नम्बर १ मा कांग्रेसले लामो इतिहास बोकेको स्थान गुमाएको छ । समय र स्थितिलाई बुझ्न नसक्दा यस्ता परिणाम आउँछन् । यसमा स्थानीय नेता कार्यकर्ताहरूले गम्भीर समीक्षा गर्नुपर्छ ।’

गुरुङले राजनीति गर्नेहरू स्वयं आत्मनिर्भर हुनुपर्ने र राजनीतिलाई पेसा नभई सेवा र कर्तव्यका रूपमा लिनुपर्नेमा जोड दिनु भयो । राजनीति शास्त्रका बौद्धिक वर्ग र नेताहरूले आफ्नो आचरणमा सुधार गर्दै मुलुकलाई सही दिशा दिन आत्म समीक्षा गर्नुपर्ने समय आएको उहाँको भनाई थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

किसान नेता तुलसीलाल र भीमदत्तको विरासत अघि बढाऔँः ओली

काठमाडौं,१७ साउन । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कम्युनिष्ट आन्दोलन तथा किसान आन्दोलनका अग्रणी व्यक्तित्व तुलसीलाल अमात्य र अमर शहीद

गौरादहमै सुरु भयो आधुनिक डेन्टल इम्प्लान्ट सेवा

दमक, १७ साउन । स्वस्थ दाँत केवल मुस्कानको सुन्दरता होइन, स्वस्थ जीवनको आधार पनि हो। दाँतले हामीलाई सहज रूपमा खाना चपाउन, स्पष्ट बोल्न र आत्मविश्वासका

काठमाडौं उपत्यकामा एकै दिन १,१७७ सवारी कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार १ सय ७७ सवारी साधनलाई कारबाही गरेको छ। कार्यालयका

तुलसीलालले पार्टी निर्माणदेखि किसान आन्दोलनसम्म ऐतिहासिक भूमिका खेल्नुभयो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं,१७ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तुलसीलाल अमात्यको २९औँ स्मृति दिवसका अवसरमा उहाँको योगदानको स्मरण गर्दै सामाजिक न्याय, लोकतन्त्र र जनताको अधिकारका लागि संघर्ष गर्ने

इतिहास र अग्रजको सम्मान नयाँ पुस्ताले गर्नुपर्छ : माधव नेपाल

काठमाडौं,१७ साउन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधव नेपालले जननायक तुलसीलाल अमात्यको २९औँ स्मृति दिवसका अवसरमा जेनजी आन्दोलनका क्रममा महत्वपूर्ण ऐतिहासिक दस्तावेज, सरकारी भवन

पेम्बा गुरुङको भनाई, व्यवस्थाको विकल्प अर्को व्यवस्था हुन सक्दैन

तनहुँ,१७ साउन । संविधान सभा सदस्य पेम्बा गुरुङ भोटेले वर्तमान संविधान राजनीतिक दलहरूबिचको सम्झौताको दस्ताबेज भएकाले यसको निष्ठापूर्वक र इमानदार कार्यान्वयनमै मुलुकको भविष्य रहेको बताउनु