दमकमा रतुवा र मावाको किनारका बस्ती हटाइने

दमक, १० असोज । दमक नगरपालिकाले बाढीको जोखिममा रहेका क्षेत्रका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने निर्णय गरेको छ।

शुक्रबार दमक नगरपालिकामा बसेको विपद् व्यवस्थापन समितिको बैठकले रतुवा र मावा खोलाको किनारमा बसोबास गर्दै आएका बस्ती तथा घरहरूलाई सुरक्षित स्थानमा सार्ने निर्णय गरेको हो।

नगरपालिकाका विपद् सम्बन्धी फोकल पर्सन अनन्त शेनेहाङले बाढीको जोखिमलाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको जानकारी दिनुभयो।

उहाँका अनुसार बाढीको जोखिममा रहेका बस्तीबाट स्थानान्तरण गरिएका नागरिकलाई नगरका विभिन्न स्थानमा रहेका सार्वजनिक भवनमा राख्ने तयारीसमेत गरिएको छ।

नगरपालिकाले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्दै आएका नागरिकलाई सुरक्षित स्थानमा सर्न सार्वजनिक सूचना जारी गर्ने र पत्राचार गर्ने काम गरिरहेको जनाएको छ।

आग्रह गर्दा पनि जोखिमयुक्त स्थानमै बसिरहेमा प्रहरी तथा नगर प्रहरी परिचालन गरी जोखिममुक्त स्थानमा सार्ने तयारीसमेत गरिएको फोकल पर्सन शेनेहाङले बताउनु भयो।

उहाँले बाढीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै नगरपालिकाले पूर्वतयारीका काम अघि बढाएको जानकारी दिनुभयो।

यस विषयमा उज्यालो खबरले गरेको कुराकानीको अडियो अन्तर्वार्ता तलको लिंकमार्फत सुन्न सकिनेछ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा रतुवा र मावाको किनारका बस्ती हटाइने

दमक, १० असोज । दमक नगरपालिकाले बाढीको जोखिममा रहेका क्षेत्रका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने निर्णय गरेको छ। शुक्रबार दमक नगरपालिकामा बसेको विपद् व्यवस्थापन समितिको

कोशी ब्यारेजमा पानीको बहाव अत्यधिक बढ्यो, ४३ ढोका खोलिए

सुनसरी |१० असोज| कोशी ब्यारेजमा पानीको बहाव अत्यधिक बढेको छ। अहिले बिहानको  विवरणअनुसार ब्यारेजमा ३ लाख १६ हजार ७ सय ९५ क्युसेक पानीको बहाव मापन

तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान

  काठमाडौं । १० असोज |  नेपाल मौसम पूर्वानुमान महाशाखाले असोज ९ गतेदेखि असोज ११ गते बिहानसम्म लागू हुने गरी तीन जिल्लाका विभिन्न पालिकामा भारी