इतिहास र अग्रजको सम्मान नयाँ पुस्ताले गर्नुपर्छ : माधव नेपाल

काठमाडौं,१७ साउन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधव नेपालले जननायक तुलसीलाल अमात्यको २९औँ स्मृति दिवसका अवसरमा जेनजी आन्दोलनका क्रममा महत्वपूर्ण ऐतिहासिक दस्तावेज, सरकारी भवन तथा विभिन्न नेताका घरमा आगजनी भएको उल्लेख गर्दै त्यसबाट मुलुकको राजनीतिक र बौद्धिक सम्पदामा क्षति पुगेको बताउनु भएको छ ।

उहाँले जेनजी आन्दोलनका क्रममा विभिन्न महत्वपूर्ण दस्तावेज, नेताहरूका घर तथा सरकारी भवनमा आगजनी भएको भन्दै उक्त घटनाको असर विभिन्न संस्थाले पनि भोग्नुपरेको बताउनु भयो ।

उहाँले नेकपा एमालेको पुस्तकालय तथा त्यहाँ रहेका बहुमूल्य पुस्तकसमेत आगजनीबाट नष्ट भएको उल्लेख गर्नु भयो ।

उहाँले भन्नु भयो, ‘जेनजी आन्दोलनमा निकै नै महत्वपूर्ण दस्तावेजहरू जलाइए, विभिन्न नेताहरूका घरहरू जलाइए, सरकारका विभिन्न भवनहरू जलाइए । यसरी विनाशलीला नै रचाउने काम भयो । यसको असर यो प्रतिष्ठानले पनि भोग्नुपर्यो। सबैभन्दा दुःखद कुरा भनेको प्रतिष्ठानसँग रहेको सामग्री पनि नष्ट हुनु हो । त्यसपछि नेकपा एमालेसँग भएको पुस्तकालय र पुस्तकालयमा रहेका अत्यन्तै बहुमूल्य पुस्तकहरू पनि सबै जलाइए ।’

माधव नेपालले मुलुकको राजनीति र इतिहासमा योगदान पुर्याएका अग्रज व्यक्तित्वहरूको सम्मान गर्नुपर्नेमा जोड दिनु भयो । नयाँ पुस्ताले इतिहास र त्यसमा योगदान दिने व्यक्तित्वलाई चिन्न, बुझ्न र सम्मान गर्न नसक्नु दुःखद विषय भएको उहाँको भनाइ थियो ।

उहाँले भन्नु भयो, ‘मुलुकको राजनीतिमा, मुलुकको इतिहासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने, हाम्रो आजको सान र मानलाई अगाडि बढाउने ती योद्धाहरूलाई हामी सबैले सम्मान गर्नुपर्छ । जुन देशमा नयाँ पुस्ताहरूले पुरानो पुस्ताको सम्मान गर्न सक्दैनन्, इतिहासमा महत्वपूर्ण योगदान गर्ने को हुन्, को होइनन् भन्ने कुरा बुझ्न पनि सक्दैनन्, तिनीहरूको कदर पनि गर्न जान्दैनन् भने त्योभन्दा लाजमर्दो कुरा अरू केही हुन सक्दैन ।’

उहाँले समाजमा बढ्दो हिंसा र आगजनीका घटनाप्रति चिन्ता व्यक्त गर्दै अरूको घर, सम्पत्ति तथा परिवारमाथि हुने हिंसाको पीडा आफूलाई परेको भए कस्तो हुन्थ्यो भन्ने सोच्न आवश्यक रहेको बताउनु भयो । समाजमा सहिष्णुता, सम्मान र जिम्मेवारीको संस्कार विकास गर्नुपर्नेमा उनले जोड दिनु भयो ।

उहाँले भन्नाुभयो भयो, ‘हामीले कस्तो पुस्ता जन्माएका छौं? कस्तो पुस्ता हुर्काएका छौंरु कस्तो संस्कार दिएका छौं? कस्तो संस्कृति सिकाएका छौं? यो आफैंलाई पनि सोध्न मन लाग्छ । हामी सबैले आफूले आफैंलाई सोधौं । आत्ममन्थन गरौं । वास्तवमा ठीक कति भयोरु बेठीक कति भयोरु अरूको घर जलाउनेले सम्झिऊन्, उनीहरूको आफ्नै घर जलेको भए के हुन्थ्योरु अरूको परिवारमाथि हातपात गर्ने कामहरू भए, जलाउने कामहरू भए, हात काट्नुपर्ने स्थिति बन्यो, त्यही आफ्नै परिवारका सदस्यहरूमाथि भएको भए के हुन्थ्योरु यति पनि सोच्न नसक्ने हो भने के भन्नु मैले ।’

उहाँले सबैलाई आत्ममन्थन गर्दै सही र गलत कार्यको समीक्षा गर्न तथा हिंसा र विनाशको संस्कृतिबाट टाढा रहन आग्रह गर्नु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

किसान नेता तुलसीलाल र भीमदत्तको विरासत अघि बढाऔँः ओली

काठमाडौं,१७ साउन । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कम्युनिष्ट आन्दोलन तथा किसान आन्दोलनका अग्रणी व्यक्तित्व तुलसीलाल अमात्य र अमर शहीद

गौरादहमै सुरु भयो आधुनिक डेन्टल इम्प्लान्ट सेवा

दमक, १७ साउन । स्वस्थ दाँत केवल मुस्कानको सुन्दरता होइन, स्वस्थ जीवनको आधार पनि हो। दाँतले हामीलाई सहज रूपमा खाना चपाउन, स्पष्ट बोल्न र आत्मविश्वासका

काठमाडौं उपत्यकामा एकै दिन १,१७७ सवारी कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार १ सय ७७ सवारी साधनलाई कारबाही गरेको छ। कार्यालयका

तुलसीलालले पार्टी निर्माणदेखि किसान आन्दोलनसम्म ऐतिहासिक भूमिका खेल्नुभयो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं,१७ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तुलसीलाल अमात्यको २९औँ स्मृति दिवसका अवसरमा उहाँको योगदानको स्मरण गर्दै सामाजिक न्याय, लोकतन्त्र र जनताको अधिकारका लागि संघर्ष गर्ने

इतिहास र अग्रजको सम्मान नयाँ पुस्ताले गर्नुपर्छ : माधव नेपाल

काठमाडौं,१७ साउन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधव नेपालले जननायक तुलसीलाल अमात्यको २९औँ स्मृति दिवसका अवसरमा जेनजी आन्दोलनका क्रममा महत्वपूर्ण ऐतिहासिक दस्तावेज, सरकारी भवन

पेम्बा गुरुङको भनाई, व्यवस्थाको विकल्प अर्को व्यवस्था हुन सक्दैन

तनहुँ,१७ साउन । संविधान सभा सदस्य पेम्बा गुरुङ भोटेले वर्तमान संविधान राजनीतिक दलहरूबिचको सम्झौताको दस्ताबेज भएकाले यसको निष्ठापूर्वक र इमानदार कार्यान्वयनमै मुलुकको भविष्य रहेको बताउनु