ओलाङचुङगोलाका किसान ‘आलु रोपाइँ’ मा व्यस्त

 

 

ताप्लेजुङको हिमाली क्षेत्रका बस्तीमा ‘आलु रोपाइँ’को चटारो लागेको छ । हिमाली बस्तीका किसान हिमपात हुन रोकिएसँगै आलु रोपाइँमा लागेको हो । समुद्र सतहदेखि तीन हजार मिटरदेखि चार हजार २०० मिटरसम्मका उच्चाइमा पर्ने क्षेत्रका किसान अहिले आलु रोपाइँमा व्यस्त भएको फक्ताङलुङ गाउँपालिका–६ घुन्साका किसान केल्साङ शेर्पाले जानकारी दिए । उच्च हिमाली क्षेत्र भएकाले आलुबाहेक अन्य बाली हुँदैन ।

जिल्लाको हिमाली बस्ती ओलाङचुङगोला चार हजार २०० मिटर उच्चाइमा अवस्थित याङमा, फले, क्याप्लालगायत क्षेत्रमा बसोबास गर्ने किसानको आलु मुख्य खेती हो । एक घर परिवारले २० मुरी (२० पाथीको एक मुरी) अर्थात् एक हजार ६०० केजीसम्म आलुको बीउ रोप्ने गरेको शेर्पाले बताए । दश मुरी आलु रोपाइँ गर्दा ९० मुरीसम्म आलु उत्पादन हुने स्थानीय बताउँछन् ।

हिमाली क्षेत्रमा हिमपात हुन रोकिएपछि आलु रोपाइँको चटारो लाग्ने गर्दछ । चैत महिनामा रोपेको आलु असोज महिनामा खन्ने गर्दछ । घुन्सा र याङमा क्षेत्र आलु बीउको भण्डारणको रुपमा लिन सकिन्छ । यस क्षेत्रमा उत्पादन भएको आलु मङ्सिर र पुस महिनामा आलु व्यापारका लागि घुन्सा क्षेत्रमा उत्पादन भएको आलु याकमार्फ ढुवानी गरेर एक दिन लगाएर फले क्षेत्रमा भण्डारण गर्ने गर्दछ । उता याङमा क्षेत्रमा उत्पादन भएको आलु दुई दिन लगाएर चेने भन्ने ठाउँमा भण्डारण गर्ने गर्दछ । चेनेमा फक्ताङलुङ गाउँपालिकाले आलु भण्डारणका लागि संरचनासमेत निर्माण गरेको छ ।

आलुको बीउ लिनका लागि फक्ताङलुङ गाउँपालिका तल्लो क्षेत्रका किसान, फुङ्लिङ नगरपालिकालगायतका क्षेत्रका किसान तीन÷चार दिन पैदलयात्रा गरेर आलु भण्डारण क्षेत्रसम्म  पुग्ने गर्दछ । तल्लो क्षेत्रका किसानले कोदो, मकैजस्ता अन्न लिएर आलु बीउ साट्न आलु भण्डारण क्षेत्रसम्म पुग्ने गर्दा छ । तल्लो क्षेत्रका किसान आलु भण्डारण क्षेत्रमा पुगेर कोदो र आलु साटासाट गर्ने गर्दछ । हिमाली क्षेत्रमा आलुबाहेक अन्य  खेतीपाती हुँदैन । यसैले आलु र कोदो, मकैजस्ता अन्नसँग आलु साटासाट गरेको हो ।

आलु भण्डारणको रुपमा रहेको याङमा, घुन्सा, फले क्षेत्रमा गएको दुई वर्षदेखि आलु उत्पादनान ह्रास आएको घुन्साका किसान टासी तेन्जिङले बताए । विगतका वर्षहरुमा आलुको हव बनेको याङमा र घुन्सा क्षेत्र दुई वर्षयता आलु उत्पादनमा कमी आउन थालेको छ । आलु उत्पादनमा ह्रास आउन थालेसँगै आलुको बीउ जोगाउन नै मुस्किल हुँदै आएको स्थानीयको भनाइ विगतका वर्षमा याङमा र घुन्सा क्षेत्रमा उत्पादन भएको आलु बीउ जिल्लाको धेरै क्षेत्र खेती हुने गर्दथ्यो तर आलु उत्पादनमा ह्रास आउन थलेसँगै याङ र घुन्सा क्षेत्रमा मात्र सीमित हुँदै गएको शेर्पाले बताए । शेर्पाले भने, “आलु उत्पादनमा कमी आउन थालेको दुई वर्ष भयो । यहाँ उत्पादन भएको आलु बीउ जोगाउन मुस्किल भएको छ । तरकारी खानको लागि मधेसको आलु ल्याएर खाँदै आएका छौँ । आलु बीउको भण्डारण क्षेत्र याङमा र घुन्सा क्षेत्रमा आलु उत्पानमा ह्रास आएसँगै तल्लो क्षेत्रका किसानमा प्रत्यक्ष असर पुगेको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भारी वर्षाको सम्भावनाबारे मन्त्रीद्वयले लिए जानकारी

काठमान्डौ,६ असोज।गृहमन्त्री सुधन गुरुङ र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा पुग्नुभएको छ। मन्त्रीद्वयले असोज ८, ९ र १० गते

आरसीटीदेखि इम्प्लान्टसम्म, विशेषज्ञ चिकित्सकसहित गुणस्तरीय दन्त सेवा। समय बचाऔँ, पीडा घटाऔँ—गौरदह डेन्टल रोजौँ।

दाँत दुखेपछि मात्रै डेन्टल जाने बानी, अब समयमै उपचारतर्फ ध्यान दिनुपर्ने चिकित्सकको सुझाव धेरै मानिसको बानी हुन्छ—दाँत दुख्न थालेपछि मात्रै डेन्टल जाने। दाँत दुखेपछि खान,

अब लाइसेन्स घरमै पुग्ने, तीन सरकारी निकायबीच सम्झौता

काठमान्डौ,६ असोज ।सवारी चालक अनुमतिपत्र लाइसेन्स छपाइ र वितरणलाई छिटो तथा सहज बनाउन यातायात व्यवस्था विभाग, हुलाक सेवा विभाग र सुरक्षण मुद्रण केन्द्रबीच त्रिपक्षीय सम्झौता

उर्मिला थपलियाको प्रश्न र आलोचना सुन्न सरकारलाई आग्रह

काठमाडौं ,६ असोज। नेपाली कांग्रेसकी सांसद उर्मिला थपलियाले सरकारलाई नागरिकका प्रश्न र आलोचना सुन्न आग्रह गर्दै बाढीपीडित क्षेत्रको पुनर्निर्माण, अभिव्यक्ति स्वतन्त्रता र महँगी नियन्त्रणमा तत्काल

यो मेरो न्याय खोज्ने यात्रा हो: सांसद खत्री

काठमाडौं,६ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडा खत्रीले आफू कुनै राजनीतिक रहर वा पदको लालचमा संसद्मा नआएको बताउनु भएको छ । मंगलबार बसेको

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई

काठमाडौं,६ असोज। प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई दिइएको छ । प्रधानमन्त्री शाह