एमालेको पकड रहेको धनकुटामा गठबन्धन गरेरै भए पनि एमालेलाई पराजित गराउने दाउमा

 

 

 

धनकुटा, । स्थानीय तह निर्वाचन नजिकिएसँगै यहाँ क्रियाशील राजनीतिक पार्टीले आफ्ना गतिविधिलाई तीव्रता दिएका छन् । चुनावमा आफ्नो पक्षमा मत परिणाम पार्ने होडबाजीमा राजनीतिक पार्टीहरुले आ–आफ्नो सक्रियता बढाएका हुन् । नेकपा (एमाले)को पकड रहेको धनकुटामा सरकार सम्बद्ध दल गठबन्धन गरेरै भए पनि एमालेलाई पराजित गर्दै गठबन्धनका उम्मेदवारलाई विजयी गराउने दाउमा रहेका छन् । एमालेले आफ्नो विरासत जोगाउन निकै सक्रियता बढाइरहेको छ ।

तीन नगरपालिका र चार गाउँपालिका रहेको धनकुटामा गएको निर्वाचनमा ६० मध्ये ४३ वडासहित सबै पालिका तहमा एमालेले विजयी हासिल गरेको थियो । राजनीतिक दलले केन्द्रीय स्तरका प्रभावशाली नेता जिल्लस्तरीय कार्यक्रममा निमन्त्रणा गराएर जनतालाई आफ्नो प्रभावमा राख्ने अधिकतम प्रयास गरिरहेका छन् । यस पटकको निर्वाचनमा गठबन्धन गरेरै भए पनि आफ्ना उम्मेदवारलाई विजयी गराउने नेपाली कांग्रेसका सभापति दिनेश राईले बताउनुभयो ।

सत्तारुढ दलले गठबन्धन गरेरै भए पनि एमालेले धनकुटाका ६० मध्ये ५२ वडामा र सातवटै तहमा विजयी हासिल गर्ने एमालेका जिल्ला अध्यक्ष इन्द्रमणि पराजुलीले जिकिर गर्नुभयो । गएको निर्वाचनमा झरेको मत परिणामलाई हेर्दा सरकार सम्बद्ध दलबीच गठबन्धन हुँदा एमालेभन्दा गठबन्धन निकै मतले अगाडि रहेकाले पनि गठबन्धन दलका उम्मेदवार विजयी हुने नेकपा (माओवादी केन्द्र)का नेता ऋषिराम ढुङ्गानाले बताउनुभयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढी–पहिरो प्रभावितको उद्धार र राहत तत्काल गर्न कांग्रेसको माग

काठमाडौँ , १० भदौ। नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले रसुवाबाट सुरु भएको विनाशकारी बाढी र पहिरोले देशभर शोकको वातावरण सिर्जना गरेको बताउनु भयो।प्रतिनिधि सभाको

तत्काल राष्ट्रिय विपद् घोषणा गर्न सरकारसँग एमालेको माग

काठमाडौँ,१० भदौ । नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरले रसुवाको भोटेकोशी लगायतका क्षेत्रमा आएको भीषण बाढीका कारण उत्पन्न सङ्कटलाई मध्यनजर गर्दै तत्काल राष्ट्रिय विपद्

बाढीको जोखिमले काठमाडौंबाट धादिङ, रसुवा र चितवन जाने गाडि काठमाडौंमै रोकिए

काठमान्डौ,१० भदौ।  चीनतर्फबाट आएको भीषण बाढी भोटेकोशी हुँदै त्रिशूली नदीतर्फ आउन थालेपछि काठमाडौं उपत्यकाबाट धादिङ, रसुवा र चितवनतर्फ जाने सवारीसाधन रोकिएको छ । उपत्यका ट्राफिक

बाढीले प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा

काठमान्डौ,१० भदौ। सरकारले तिब्बत क्षेत्रबाट आएको बाढीले प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा

बाढी प्रभावित रसुवा र नुवाकोटलाई १–१ करोड तथा धादिङलाई ५० लाख पठाउँदै सरकार

काठमान्डौ,१० भदौ।  बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा आपत्कालीन व्यवस्थापनका लागि सरकारले रसुवा र नुवाकोटलाई एक–एक करोड तथा धादिङ जिल्लालाई ५० लाख रुपैयाँ पठाउने

टिमुरे भन्सार क्षेत्रमा मानिस पुरिएको आशंका : खोज्न ड्रोन र तालिमप्राप्त कुकुर परिचालन

काठमाडौं,१० भदौ । रसुवाको टिमुरे स्थित भन्सार कार्यालय भएको स्थान आसापासमा मानिसहरू पुरिएको आशंका गरिएको छ ।पुरिएकाहरू लोकेट गर्न सशस्त्र प्रहरीले ड्रोनसहित टिम पठाउन लागेको